Butwal Today

रुपन्देहीमा ग्याष्ट्रो कोर टु पोइन्ट जिरो कार्यक्रम 

३१ जेष्ठ २०८३, आइतबार
अ+
अ-

बुटवल । रुपन्देहीको तिलोत्तमामा नेपाल र भारतका वरिष्ठ चिकित्सकहरूको अनुभव आदानप्रदान कार्यक्रम ग्याष्ट्रो कोर टु पोइन्ट जिरो २०२६ सम्पन्न भएको छ ।

स्वास्थ्य क्षेत्रमा विश्वमा भित्रिएका आधुनिक चिकित्सा पद्धतिमा भएको विकास, आविष्कार र गुणस्तरीय उपचार विधिबारे अन्तर्संवाद गर्ने उद्देश्यले ग्याष्ट्रो सेन्टर बुटवलको संयोजनमा शनिबार रुपन्देहीमा दोस्रो पटक ग्याष्ट्रो कोर टु कार्यक्रम भएको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले कार्यक्रमको उद्घाटन गर्दे स्वास्थ्य मन्त्री घिमिरेले प्रविधिमैत्री गुणस्तरीय स्वास्थ्य सेवा आजको आवश्यकता भएको बताए ।

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पुर्‍याउने उद्देश्यले प्रदेश सरकारले योजना बनाएको उल्लेख गर्दै उनले नेपालमा आयुर्वेद जीवनशैलीको विकास गर्दै प्रदेशलाई आरोग्य पर्यटनको हवका रूपमा विकास गर्ने बताए ।

नेपलीज सोसाईटी अफ ग्याष्ट्रोइन्ट्रोलोजिष्टका अध्यक्ष तथा पुर्व डिन प्रो। डा। शषी शर्मा, लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठक, डाक्टर आविष्कार पराजुली, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पुर्व उपकुलपति ग्याष्ट्रोइन्ट्रोलोजिष्ट प्रा.डा.भुपेन्द्र बस्नेत, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा विष्णु गौतम, लगायतले स्वास्थ्य क्षेत्रमा भएको नवीनतम विकास र यसले ल्याएको उपलब्धि, गुणस्तरीय उपचार सेवालगायतका विषयमा अन्तर्संवाद, छलफल र जिज्ञासा आदान प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?