ट्रेंडिंग:

>> महोत्तरीका स्थानीय तहको कार्यसम्पादन निक्कै कमजोर, विधुतीय प्रविष्टिमा शुन्य अंक >> ज्ञानेन्द्र शाहीलाई विष्णु रिमालले भने- यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन >> युक्रेन रुससँग अमेरिकी योजना अनुसार युद्धविराम गर्न तयार >> कमल थापाले बोलाए पार्टीको पदाधिकारी बैठक >> आज कति पुग्यो सुनचाँदीको मुल्य ? >> ज्ञानेन्द्र शाहीको आरोप: आदित्यनाथको फोटो विष्णु रिमालले राख्न लगाएको पाइयो >> कस्तो छ आजको विदेशी मुद्राको विनिमयदर ? >> मुहानश्रोत संकलन केन्द्रमै अटोमेटिक क्लोरिनेशन >> प्रतापपुरको सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई >> युएसआईडी सहयोगमा भ्रष्टाचारीको कनेक्सन >> पूर्वराजालाई स्वागत गर्दा फोहोरमैला गरेको भन्दै काठमाडौँ महानगरको राप्रपालाई एक लाख जरिवाना >> पालिका अस्पताल सञ्चालनमा वेवास्ता >> लुम्बिनी प्रदेशमा सडक सञ्जाल गुरुयोजना: कुरा जहिले, काम कहिले ? >> वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दै >> बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २७ वर्षीय युवक एयरपोर्टबाट पक्राउ >> ‘देवगाव’ प्राचीन स्थल ! >> सडकमा फोहोर गरेको भन्दै महानगरद्वारा राप्रपालाई एक लाख जरीवाना >> पश्चिमी वायुको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना >> सरकारी लेटरहेडमै पूर्वराजालाई ‘श्री ५’ को सम्बोधन, मन्त्रालयले सोध्यो २४ घण्टे स्पष्टीकरण >> सैनामैना गोल्डकपः अभिषेक चर्च रजहर फाइनलमा प्रवेश >> दार्जिलिङ घुम्न लैजाने भन्दै महाराष्ट्रको कोठी पुर्‍याएर दुई महिला डेढ लाखमा बिक्री >> पूर्वराजाको स्वागतमा राजावादीले बोके आदित्यनाथको तस्वीर >> पीएम कपमा लुम्बिनी, एपीएफ र कर्णालीको विजयी शुरुवात >> गेटा मेडिकल कलेज चाँडै विश्वविद्यालयमा स्तरोन्नति हुन्छ- प्रधानमन्त्री ओली >> पूर्वराजा ज्ञानेन्द्रको त्रिभुवन विमानस्थलमा भव्य स्वागत >> चैतको पहिलो सातादेखि तिलोत्तमा गोल्डकप >> मानव बेचबिखन मुद्दामा सर्वाधिक खोजीमा रहेका व्यक्ति ६ वर्षपछि पक्राउ >> युगाण्डाविरुद्ध नेपालको संघर्षपूर्ण एक विकेटको जित >> सेयर बजारमा सामान्य गिरावट >> गणतन्त्रवादीहरु एकजुट हुन चित्रबहादुर केसीको प्रस्ताव >> नेकपा माओवादीको पदाधिकारी बैठक स्थगित >> इलाम र सुनसरीमा लागूऔषधसहित चार जना पक्राउ >> युगाण्डाले नेपाललाई दियो ७६ रनको लक्ष्य >> च्याम्पियन्स ट्रफी: फाइनलमा न्यूजील्याण्डले टस जित्यो, भारतले पहिला बलिङ गर्ने >> फागुन २७ बाट बुटवलमा मेयर कप हुदै >> इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता शुरु हुने >> सुडानमा हैजाको प्रकोप: २ हप्तामा ९२ जनाको मृत्यु >> टेकुको ढलमा फसेका व्यक्तिको उद्धार >> राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम शुरु, सुरक्षा व्यवस्था कडा >> भारत-पाकिस्तान सीमामा यात्रा नगर्न अमेरिकाले जारी गर्यो ट्राभल एडभाइजरी >> लुम्बिनीमा प्रादेशिक सडक सञ्जाल गुरुयोजना टुंग्याउन छलफल >> गाैरमा सिंहकाे पक्ष र बिपक्षमा नाराबाजी जारी >> कर्णाली प्रदेशका तीन हिमाली जिल्लामा तारा एअरको उडान बन्द >> नेपालले युगाण्डाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै >> सुनको मुल्यमा सामान्य वृद्धि >> रवि लामिछाने तारिख बुझ्न कास्कीमा >> सकियो त्रिपिटक पाठ समारोह >> पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा स्वागत गर्न राजेन्द्र लिङदेन जादै >> विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन >> सिद्धार्थ क्रिकेट रंगशालामा प्रधानमन्त्री कप शुरु

केन्द्रीय बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै

२० माघ २०८१, आईतवार
२० माघ २०८१, आईतवार

काठमाडौं, २० माघ ।

नेपाल राष्ट्र बैंकले आज माघ २० गते बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने घोषणा गरेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल नझर्न दिने उद्देश्यले यो कदम उठाएको हो। राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्दै आज माघ २० गते २१ दिने अवधिको बोलकबोल प्रक्रिया आरम्भ गर्ने जनाएको छ। यससँगै, राष्ट्र बैंकले गत पुस २८ गते लिएको ४० अर्ब रकम आज परिपक्क भएपछि थप ४० अर्ब रुपैयाँ तान्ने भएको हो।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गरेर पैसा बजारबाट खिचिरहेको छ। यो कदम अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको अवस्थालाई नियन्त्रणमा राख्नका लागि हो। ३ प्रतिशतभन्दा माथि जान सक्ने अवस्था आएमा तरलता बजारमा पठाउने र ३ प्रतिशतभन्दा तल गइरहेको खण्डमा बजारबाट पैसा खिच्ने व्यवस्था गरिएको छ।इच्छुक बैंक र वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। यसका लागि साँवा र ब्याज भुक्तानी मिति फागुन ११ गते निर्धारण गरिएको छ। ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ। बैंक र वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँसम्मको आवेदन दिन सक्नेछन्।

यसअघि, माघ १५ गते केन्द्रीय बैंकले ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको थियो। यसमा १२ बैंकहरूले २५ आवेदन मार्फत १५ अर्ब ५० करोड रुपैयाँ जम्मा गरेका थिए, जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो।अब सम्म, राष्ट्र बैंकले चालु आर्थिक वर्षको माघ १५ गतेसम्म निक्षेप संकलन उपकरणमार्फत ४४ पटकमा १६ खर्ब ९३ अर्ब २० करोड रुपैयाँ उठाएको छ, जसमध्ये २ खर्ब ६ अर्ब ५५ करोड रुपैयाँ फिर्ता हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?