जितसँगै बिधान र पबिनले नगद ८० हजार र कप मेडल हात पारेका छन्, भने उपविजेता बनेका लाफा समूहका बिबेक र बलरामले ५० हजार र कप मेडलमा चित बुझाएका छन्। त्यस्तै, तेस्रो स्थानमा लाफाका विनोद पौडेल र अरबि क्षीपाली जोडी तथा सुजन थापा र राम मल्ल ठकुरी धादिङले तेस्रो पुरस्कार हात पारेका छन्।
भेटान्स तर्फ भएको फाइनल खेलमा तनहुँका केवल न्यौपाने र मान बहादुर राना को जोडीले उपाधि जितेका छन्। उनीहरूले कास्कीका सम्भु लेष्ट र राजेन्द्र वाग्लेलाई हराउँदै नगद ३० हजार, कप मेडल र प्रमाणपत्र हात पारेका छन्। उपविजेता बनेका राजेन्द्र र सम्भु ले नगद २० हजार र कप मेडल हात पारेका छन्। तेस्रो स्थानका बुटबल ब्याडमिन्टन क्लबका गोपाल टन्डन र असोक प्रधानको टिम र बुटबल ब्याडमिन्टन क्लबका पंकज ज्ञवाली र दिलीप गौचनले जितेका छन्।
भुपु तर्फको प्रतियोगितामा चितवनका बेल लीष र कुसल गुरुङले उपाधि हात पारेका छन्। उनीहरूले नगद ३० हजार र कप मेडल हात पारेका थिए। चितवनका कै योबहादुर गुरुङ र लोसन तामाङले उपविजेता बन्न सफल भएका थिए। प्रतियोगितामा पाल्पाका खेम सारू, डम्बर राना र पुरन घर्ती र थन्क सुयबशी तेस्रो भएका थिए।
यसैगरी, सुपर भेटान्स तर्फ बुटबलका राजु गुरुङ र सुदिप योजनले उपाधि जितेका छन्। उनीहरूले ३० हजार नगद, कप मेडल र प्रमाणपत्र हात पारेका छन्। त्यस्तै, ३० ओभर के खेलमा कास्कीका बिसाल खडका र सुरज महजनको जोडीले उपाधि जितेका छन्। उनीहरूले नगद ३० हजार र कप मेडल हात पारेका छन्।
क्लबका अध्यक्ष बबिन थापाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका कास्कीका बिधान अधिकारीलाई सम्मानित गर्ने कुरा बताए।
पुरस्कार वितरण कार्यक्रममा बुटबल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, बुटबल ८ का वडा अध्यक्ष यज्ञ प्रगेनी, कानूनी सल्लाकार कृष्ण रोक्का, वरिष्ठ उपाध्यक्ष ज्ञानु सारू, सचिव टिप राना लगायतले बोलेका थिए।