© २०२३
बुटवल, २० माघ ।
नेपालको शिक्षालाई प्रविधिमैत्री र प्रभावकारी बनाउन नीतिगत परिवर्तन आवश्यक रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । नेपाल स्टिम एलायन्सको आयोजनामा शनिबार सम्पन्न बुटवल सम्मेलन २०२५ मा बोल्ने बक्ताहरुले आजको आवश्यता अनुसार प्रविधिमैत्री शिक्षा बनाउने गरि सरकार लाग्नुपर्ने सुझाव दिए ।
कार्यक्रमको लुम्बिनी प्रदेशका माननिय विष्णु पन्थीले उद्घाटन गर्दै प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको बताए । नयाँ प्रविधिहरूलाई शिक्षण पद्दतिमा समावेश गर्न नीति परिवर्तनको आवश्यकता रहेको भन्दै यसबाट ब्यवहारिक र दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताए ।
कार्यक्रममा शिक्षाविद डा. राम हरि लामिछानेले विद्यार्थीहरूको जीवनमा प्राविधिक सीपहरूको लक्ष्य र भूमिका विषयमा आफनो प्रस्तुति दिदै सरकार यस विषयमा गम्भिर हुनुपर्ने बताए ।
कार्यक्रममा नेपालको आइबी कार्यक्रमका प्रशिक्षक मंगोलिका चक्रवर्तीले कक्षा कोठामा प्रगतिशील शिक्षण सिकाइ पद्दतिको बारेमा चर्चा गर्दै नवीनतम शिक्षण विधिहरूबारे जानकारी दिईन ।
कार्यक्रममा नेपाल स्टेम एलायन्सका शैक्षिक प्रमुख दिपर्सन श्रेष्ठले बुटवलका विद्यार्थीहरू मानवी र प्रवेशद्वारा तयार गरिएका प्रोजेक्टहरू उजागर गर्ने विशेष सत्र संचालन गर्दै कोडिङ कार्यक्रम र यसको फाइदा बारे प्रकाश पारे ।
नेपाल स्टिम एलाएन्सका संस्थापक एवम प्रमुख कार्यकारी अधिकृत सुशील बुढाथोकीले आधुनिक विश्वमा कोडिङ र प्राविधिक सीपहरूको प्रवृत्ति तथा बुटवलसँगको तुलना विषयमा जानकारी प्रस्तुत गर्दै नेपाल स्टेम एलायन्स प्रविधि शिक्षामा रहेको खाडललाई कम गर्दै विद्यार्थीहरू र शिक्षकहरूलाई नवीनतम डिजिटल युगमा अघि बढ्न आवश्यक सीप प्रदानको प्रतिबद्धता गरे । सम्मेलनबाट शिक्षक, विद्यार्थी, राजनीतिक नेतृत्वहरुलाई शिक्षामा प्रविधिको एकीकरणका विषयमा छलफल गर्न महत्वपूर्ण मंच उपलब्ध गराएको उनले बताए ।
कार्यक्रममा कोडिङ ओलम्पियाड नेपालका कार्यक्रम संयोजक सुसन डंगोलले कोडिङ ओलम्पियाड नेपालको यात्रा र कोडिङ ओलम्पियाड नेपाल २.० को आधिकारिक रूपमा सुरुवातका ईतिहास बताए ।
लुम्बिनी वल्र्ड स्कूलका प्रधानाध्यापक विष्णु प्रसाद ढकालले दुई बर्षको अवधिमा कोडिङ कक्षा स्कुल पाठ्यक्रमको सफल कार्यान्वयनको अनुभव र विद्यार्थीहरुमा आएको सिकाई विकासबारे प्रकाश पारे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका नव–निर्वाचित प्याब्सन अध्यक्ष लालहरी पाण्डे, नेपाल स्टेम एलायन्सका प्रविधि तथा मार्केटिङ सल्लाहकार सौगात बास्तोला, नेपाल स्टेम एलायन्सका प्रमुख सल्लाहकार राजेन्द्र घिमिरेले सिकाईको नया आयामको रुपमा भएको बताए ।
कन्फेरेन्समा ६०० भन्दा बढीको उपस्थिती रहेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी