© २०२३
वास्तवमा पुल भनेको दुई किनारालाई जोडने एउटा साधन हो । यसलाई खास गरेर नदी, खोला, सोता वा अन्य ताल तलैया लगायतका स्थानमा बनाउने गरिन्छ । पुल विभिन्न किसिमका हुन्छन् । पक्की पुल, झोलुङ्गे पुल, काठे पुल वा बाँसको पुल वा कच्ची पुल आदि । पहिलेको जमानामा खोला वा नदीहरूमा तुइन बनाइन्थ्यो । यो पनि एक प्रकारको पुल नै हो । कतै यसलाई साँघु समेत भन्ने गरिन्छ । यही साँघुलाई कतै कतै फट्के भन्ने गरेको सुनिन्छ । साँघु कतै काठ वा कतै ढुंगाको समेत बनाउने गरिन्छ । प्रायः गरेर साँघु वा फट्के हिंउँदको समयमा बनाउने गरिन्छ । बाँसको पुल समेत हिउँदमा प्रयोग गर्नका लागि बनाउने गरिन्छ । साँघु वा फड्के बनाएको केही वर्ष भित्रै ती साँघु वा फड्के विस्थापित गरी कतै कतै काठे पुल पनि बनाइयो । केही समय यही काठे पुलको चल्ती आयो । काठे पुलहरू ठूला खोलामा बनाउन त्यति सम्भव थिएन र छैन पनि । पक्की पुल बनाउने प्रचलन आएदेखि धेरै स्थानमा अन्य पुलहरू विस्थापित भए तर अहिलेपनि नेपालमा तुइन, झोलुङ्गे पुल वा काठे पुलहरू केही बाँकी नै छन् । ठाउँ हेरेर अनि विकास प्रेमी नेतृत्व हेरर विविभन्न स्थानमा पक्की पुलहरू बनेका छन् ।
जतिवेला नदीका दुई किनारा जोडने कुनै साधन थिएन, त्यतिवेला धेरै नेपालीहरूले ज्यान गुमाएका थिए । कति स्थानमा त एक दुई मात्र नभएर हुल समेत खोलामा फसेर ज्यान गुमाएको सुनियो । हुन त अहिले पनि यो क्रम पुरै रोकिएको छैन । किनभने कतिपय नदी खोलाका घाटहरूमा अहिलेपनि पुल बनेका छैनन् । अव हुलका हुलको भन्दा पनि छिटफुटरूपमा दुर्घटना हुन भने रोकिएको छैन । कतिपय सोताहरूमा पनि पुल पुलेसा कुनैपनि छैनन् । अनि कामको चटारोमा यात्रा गर्नेक्रममा आजभोली पनि धेरैले ज्यान गुमाएका खवर सुन्न र पढ्न पाइन्छ । जुन कुरा सुन्नु नपर्ने थियो । हामीले यतिन्जेल नदी खोला तथा सोता माथिका पुलका वारेमा चर्चा ग¥यौं तर कुरा यत्तिमा मात्र सिमित हुँदैन । हामीले देखेका पुलहरूमा आकासे पुलहरू पनि छन् । जो बाटोको माथिबाट बनाइन्छ । यसरी बनाइका पुलहरूलाई आकासे पुल भनिन्छ । आकासे पुलहरू सबै खोला, सोता, नदी वा ताल तथा बाटोको माथिबाट समेत बनाइएका छन् भने कतिपय खोला तथा सोताहरूमा पानी मुनी पुल बनाइएका छन् । सबैभन्दा जोखिम पुल भनेको यही पानी मुनीको पुल हुनेरहेछ । खोलाको वालुवामा गाडी नफसोस भनेर पानी मुनी पुल बनाइएको हुनुपर्दछ । जसलाई कजवे भन्ने गरिन्छ । प्रायः यी कजवेहरू हिंउँदमा पानी सुख्खा हुने खोलाहरूमा बनाइएका छन् भने थोरै पानी बग्ने खोलाहरूमा पनि यस्ता कजवे बनाउने गरेको पाइन्छ । यही कजवेमा चाहे हिंउँदेयाम होस् चाहे वर्षायाममा होस केही दिनसम्म पानी परेन भने त्यो कजवेमा लेउ जम्दो रहेछ अनि त पैदल हिंडने यात्रु होस या होसियारीपूर्वक चलाउन नजान्ने गाडीहरू समेत धेरै संख्यामा दुर्घटनामा परेको देख्ने यिनै आँखा हुन् । पानी मुनीको पुलहरू निकै खतरा निम्त्याउने खालका हुँदा रहेछन् । धेरै कजवेले धेरै धनजनको नोक्सान गरेका उदाहरण धेरै रहेका छन् ।
खोला वा नदी पार गर्नका लागि नेपालका विभिन्न खोला वा नदीमा बनाइएका तुईनहरू बढ्ता खतरायुक्त भएकाले वर्तमान प्रधानमन्त्री के.पी शर्मा वलीले यसअघि प्रधानमन्त्री भएको सयममा तुईन विस्थापित गर्ने योजनामा पहिलो दस्तखत गर्नुभएको थियो । कतिले यसलाई हास्यास्पद भने त कतिले के के भने भने । आखिर नेपालबाट धेरै तुईनहरू विस्थापित समेत भए । केही काम गर्न बाँकी थियो । केपी ओलीको राजिनामा माग्न लागियो अनि त केही समयपछि त सत्ता साझेदारी दलबाट नै अविश्वासको प्रस्ताव ल्याउने तयारी भयो । सत्ता साझेदार दलले केपी शर्मा ओलीको खुट्टा तान्न लागे अनि आफूले सत्ताबाट खुट्टा झिके । त्यो समयमा केपी ओलीलाई यति समस्यामा पारियो कि त्यो पनि त्यही बचवेको यात्रा जस्तै बनाइयो । अस्थिर साथीहरूको साथ संगतले केपी शर्मा ओलीले पदबाट राजिनामा दिनुपर्ने वाध्यता आइलाग्यो ।
केपी शर्मा ओली पदबाट बाहिरिएपछि उनी भन्दा पछाडि आएका सरकारले तुइन विस्थापितको कामलाई निरन्तरता दिन चाहेनन् । त्यही कारणले तिनै तुइनले धेरै नेपालीको ज्यान लिंदै छ । उनीहरूका लागि त्यो हाँसोको विषय बन्न पुग्यो । केपी ओलीलाई सत्ताबाट हुत्याउने ठालुहरू झन कति खुशी भएका होलान र कति हाँसेका होलान ? यस्ता संवेदनशील कुरामा समेत चनाखो भइदैन । केपी ओली अहिले सरकारको नेतृत्वमा हुनुहुन्छ । अहिलेको सरकारलाई अपवित्र गठवन्धनबाट जन्मिएको भन्न लागिएको छ । वर्तमान सरकारलाई अपवित्र वा अवैधानिक देख्नेहरूले सत्ता सञ्चालन गरेको समयमा ती तुईन विस्थापित गर्न सकेको भए कमसेकम विकासप्रेमीको जामा लगाउने अवसर मिल्थ्यो होला । आफूले पनि गरेर देखाउन नसक्ने अनि अरूले गरेको पनि नसहनेहरू आफैमा हाम्रा खोलाका कजवे जस्तै हुन जस्तो लाग्छ । वर्षाको समयमा पनि केही समय वा केही साता पानी परेन र भेल आएन भने पानी मुनीको पुलमा लेउ लागेर चिप्लने हुन्छ । अनि कजवे खतरायुक्त हुन जान्छ । अरूले राम्रो काम गरेको देख्न नसहनेहरूको मनमा पनि जतिवेला पनि आफै सत्तामा पुग्न मन लाग्छ । केही समय सत्ता बाहिर रहनु परेको खण्डमा उनीहरूको मनमा कजवेमा जस्तै लेउ लाग्न थाल्छ । अनि कहिले कसलाई चिप्लाएर कता पल्टाइदिन्छन त कहिले कसलाई पल्टाएर कता पल्टाई दिन्छन् ।
आखिर जो जता पल्टिएपनि कजवेले लिने आनन्द रहेछ । यो दृश्यले कजवे हाँस्दो रहेछ । त्यस्तै आनन्द र हाँसो उनीहरूले प्राप्त गर्दा रहेछन् ।वास्तवमा सबैभन्दा भरपर्दो राजनीतिक दलहरू आफ्नै खुट्टामा दृढतापूर्वक उभिने भनेको खोला तथा नदीहरूमा पक्की पुलहरू निर्माण गर्नु हो । अव समय निकै फेरिएको छ । जस्तोसुकै स्थानमा भएपनि साँघु बनाउँछु वा तुइन बनाउँछु भन्यो भने राम्रो हुँदैन । त्यस्तै राम्रो नभएजस्तै अवको निर्वाचनमा पनि खुट्टा र मन दह्रा भएका दलहरू कसैको बैशाखी टेकेर नभई एक्लै निर्वाचन लडने हिम्मत गर्नुपर्दछ । यसअघि नेपालका राजनीतिक दलहरू गठवन्धनबाट चुनाव लडे त्यो चुनावले पनि दह्रो खुट्टा भएको भरपर्दो सरकार दिन सकेन । ती सरकारहरू पनि त्यही तुहिन वा कजवे भन्दा फरक खालका रहेनन् । कर्णालीमा एउटा पिलरमा पुल अडेको छ । आखिर कर्णालीको पानी माथि सहज तरिकाले पुल निर्माण भएको छ । दैनिकरूपमा सयौँ मात्र होइन हजारौ गाडीहरू गुडन सक्छन् । कर्णालीमा पुल बनेको निकै वर्ष वित्यो तर अहिलेसम्म टसमस गरेको छैन । जुन पुल विश्वको नमूनाको पुल हो । यही पुल हेर्नका लागि पर्यटकहरूको भीड प्रायः देख्ने गरिन्छ । पुल जहाँ बने पनि उपयोगी बन्नुपर्दछ । सरकार जसको बनेपनि जनप्रिय काम गर्ने खालको हुनुपर्दछ । पुल आकासे बने पनि, काठे बने पनि, पक्की बने पनि नागरिकलाई एक किनाराबाट अर्को किनारासम्म सहजै पुग्ने वातावरण बन्नुपर्दछ । लोकतन्त्रको खास मर्म दृढ शैली हो । अब बन्ने सरकार वा बनेको सरकार यस्तै दृढ शैलीको बनोस यही कामना छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी