ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

२० मंसिर २०८२, शनिबार
२० मंसिर २०८२, शनिबार

कपिलवस्तु, २० मंसिर

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका युवायुवती पछिल्लो समय व्यवसायिक कुक बन्ने सपना बोकेर सिपमूलक तालिममा आकर्षित भएको देखिन्छ। शुद्धोधन–१ प्रगतिनगरका ८ कक्षा पास सागर न्यौपाने पनि यही समूहका एक उत्साही प्रशिक्षार्थी हुन्।

अघिल्लो महिना देखिनै उनले ‘खानाको परिकार बनाउने’ विषयमा तालिम सुरु गरेका छन्। पढाइले मात्र राम्रो रोजगारी नपाइने ठम्याएर उनले कुकिङ सीपलाई भविष्यको पेसा बनाउने लक्ष्य राखेका हुन्। यसअघि चलाएको सानो खाजा पसलमा ग्राहकको माग अनुसारका परिकार बनाउन नसकेपछि सागरले औपचारिक तालिमको आवश्यकता महसुस गरेका थिए।

दैनिक १० किलोमिटर टाढाको लबनीस्थित तालिम केन्द्र पुगेर बिहान १० देखि दिउँसो ४ बजेसम्म तालिममा सहभागी हुने सागरले अहिले समोसा, पराँठा, अण्डाबाट बन्ने पोच, सनिसाइड अप, मुर्गी गातावनी सुपदेखि तरकारी काट्ने दक्षता समेत सिकिसकेका छन्। “शिक्षा कम छ, तर सिप राम्रो भए स्वदेशमै रोजगारी पाइन्छ भन्ने बुझेर यो तालिम रोजेको हुँ,” उनले भने।

सागरजस्तै शुद्धोधन–४ मधुनगरकी पूजा कलवार पनि पारिवारिक जिम्मेवारीका कारण ९ कक्षा पछाडि पढाइ जारी राख्न नसकेकी युवती हुन्। सानैमा आमाबाबुको निधनपछि दुई भाइको जिम्मेवारी सम्हाल्दै आएकी पूजाले कुकिङ सीपले घरमै बसेर आयआर्जन गर्न सकिने बताइन्। “हाम्रो क्षेत्रमा कार्यक्रम–भोजमा अरु जिल्ला र भारतबाट कुक बोलाउने चलन छ। अब हामी नै स्थानीय रूपमा सेवा दिन सक्छौं,” उनले भनिन्।

त्यस्तै, शुद्धोधन–४ मोतीभारीका सनोज धोबी पनि पछिल्लो ३० दिनदेखि तालिममा सक्रिय छन्। आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका सनोजले ‘शिक्षाले मात्र होइन, सिपले जीवन सार्थक बन्छ’ भन्दै तालिम रोजेको बताए।

६५ दिने यो कुकिंग सीप विकास तालिममा सहभागीलाई खाद्य सुरक्षा, भान्साको स्वच्छता, भाँडाकुडा व्यवस्थापन, नेपाली, थारु, चाइनीज, बर्गर, स्यान्डविच, बिरयानी लगायत विविध परिकार बनाउने सीप सिकाइँदै आएको प्रशिक्षक राजनराज जोशीले जानकारी दिए। “कुकिङ सीप नेपाल मात्र होइन, विश्वभर प्रयोग हुने सीप हो। यहाँ सिकेको सिपले युवालाई आत्मनिर्भर बनाउने विश्वास लिएको छु,” जोशीले भने।

बिएमजेड र डब्लुएचएचको सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्र र फरवार्ड नेपालले सञ्चालन गरेको ‘सुधारिएको खाद्य प्रणाली परियोजना (NPL 1083–22)’ अन्तर्गत माग आधारित रूपमा २० युवा–युवतीका लागि तालिम सञ्चालन गरिएको परियोजनाका नागरिक समाज परिचालन तथा वकालत अधिकृत अशोक चन्द्र लम्सालले बताए। उनका अनुसार भुमिहीन तथा विपन्न परिवारका सदस्यलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

शुद्धोधनका युवायुवतीले देखाएको उत्साहले गाउँमै सीप सिकेर आत्मनिर्भर बन्न सकिने सम्भावना थप उज्यालो बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?