ट्रेंडिंग:

>> एमाले रुपन्देहीमा भाँडभैलो, खानेपानी निर्वाचनको रिसिवी साँध्न भद्र सहमति तोडेर मनोनयन >> आउँदो आर्थिक वर्षको बजेटका लागि १९ खर्ब रुपैयाँको सीमा निर्धारण >> प्रकृतिका बुवा सुनिल भन्छन्– मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस् >> प्रधानमन्त्रीसँगको प्रश्नोत्तरले विश्व हाँस्यो : सुदन किराती >> हराउदै काष्ठकला संस्कृति, लोप हुदै पेशा >> उडिसा घटनावाट आफ्नै विश्वबिधालय बलियो बनाउनु पर्छ भन्ने सन्देश दिएको छः शिशिर खनाल >> प्रकृति लम्साल घटनाले प्रतिनिधिसभामा आक्रोश, सत्य तथ्य छानबिनको माग >> केआइआइटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही >> अमेरिका पठाइदिन्छु भन्दै साढे चार लाख ठगी गर्ने शर्मिला विष्ट पक्राउ >> त्रिविकाे वार्षिक क्यालेन्डर कडाईका साथ कार्यान्वयन गरिने >> भारतका विश्वविद्यालयमा नेपाली विद्यार्थी असुरक्षित भएकै हुन् ? >> ३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता >> बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? >> भुर्तेल बने दीप गायन तारा >> डल्फिन पोलिप्लास्टलाई गुणस्तर प्रमाण >> राष्ट्रियस्तरको भलिबल रोल्पामा >> ट्रक व्यवसायीको माग सम्बोधनमा ढिलाई >> ब्राह्मणवाद र जातीयताको सन्दर्भमा बौद्ध शिक्षा >> सरकारलाई विकासको चिन्ता छः प्रधानमन्त्री >> शिवराजका विपन्न परिवारलाई ‘सुरक्षित आवास’ >> सवारी दुर्घटनामा परेर ६ महिनामा १२ सय ३३ जनाको मृत्यु >> रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता, साढे ८ करोड बिगो >> रुपन्देही प्रहरीद्वारा चोरीमा संलग्न पाँचजना पक्राउ >> मुक्त कमलरीले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे ज्ञापनपत्र  >> द प्याडलर्स (भारत) को सास्कृतिक राईड शुरु >> जिल्लास्तरीय ब्याडमिन्टनको उपाधि होराईजनलाई >> चौधौं पटक हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान >> उपाधिका लागि आयोजक लखन र देवदह भिड्ने >> नहरपुर र मोतिपुर विजयी >> देश विकासका लागि सरकार र पार्टी दुबैको ध्यान पुगेको छः प्रधानमन्त्री >> केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो >> रोहिणीका वडाध्यक्षले कर्मचारी कुटे >> भारतको उडिसामा नेपाली बिधार्थी माथी भएको धरपकडमा प्रधानमन्त्रीको चासो >> मेयर कप छात्र छात्रा फुटबल प्रतियोगिता सुरू (फोटो फिचर) >> नेप्से परिसुचक झन्डै ३० अंकले वृद्धि >> अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट ‘डिस्चार्ज’, मेयर आचार्य अझै केही दिन अस्पतालमै रहने >> अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुुपर्छ : प्रधानमन्त्री >> नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत >> अनेरास्ववियुले भैरहवा बहुमुखी क्याम्पस प्रमुखलाई बुझायो १० बुँदे ध्यानाकर्षणपत्र >> कुम्भमेलाबाट फर्किँदै गर्दा गाडी दुर्घटना, देवदह रुपन्देहीका ३ जनाको मृत्यु >> प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन >> जनकपुरबाट ५७ लाखसहित हुन्डी कारोबारी पक्राउ >> परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता >> गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आज >> नेपालले पायो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधि >> सुनको भाउ आज प्रतितोला १२ सयले बढ्यो >> एलआइसी नेपालको सेयर लिलामी भर्ने आज अन्तिम दिन >> अदभुत पिठशक्ति शिवलिंगा : १ इन्चबाट ४ फिट पुग्यो >> वायु प्रदूषण नियन्त्रणमा लापरवाही >> खस्किदै सरकारी सेवाको प्रभावकारिता

डढेलोको बढ्दो ग्राफ र हिँड्नुपर्ने बाटो

१७ माघ २०८१, बिहीबार
१७ माघ २०८१, बिहीबार

काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगलमा यही माघ ८ गतेदेखि लागेको भिषण डढेलो नियन्त्रण गर्न सेना नै परिचालन गर्नुप¥यो । हेलिकप्टरबाट समेत पानी फ्याकेर ५ दिनमा डढेलो नियन्त्रण गरिएको थियो । त्यतिन्जेल १०० हेक्टर भन्दा बढी क्षेत्रको वन खरानी भएको बताईन्छ । तराईमा शितलहर चलेकोले अहिले डढेलो लागेको नदेखिएको भएपनि पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको कमीले गर्दा हिमाली क्षेत्रमा समेत डढेलो लागेका खबर आईरहेका छन् । दोलखाको गौरीशंकर संरक्षण क्षेत्र अन्तर्गतको वनमा माघको पहिलो सातामा नै डढेलो लागेको थियो । हरेक वर्ष गर्मी मौसम शुरु हुनासाथ देशमा डढेलोेका घटनाहरू बढ्नु नियमित प्रक्रिया जस्तै भएपनि यो वर्ष हिउँदे वर्षा नभएकोले गर्दा पुष महिनादेखि नै देशका विभिन्न स्थानमा डढेलो लागेका खबरहरू आईरहेका छन् । यहि जनवरी १ यता नेपालका १०५ स्थानमा डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीमा देखिएको छ । डढेलोको प्रकोप अहिले उच्च पहाडी र हिमाली क्षेत्रमा देखिएको छ । पछिल्ला २७ दिनमा कर्णाली प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा ४१ वटा र बागमती प्रदेशमा १५ वटा डढेलोका घटना रेकर्ड गरिएको छ । यो वर्ष तराईमा हिउदमा पानी नपरेकोले यहा शितलहरको प्रभाव कम हुनासाथ डढेलो बढ्ने निश्चित देखिन्छ ।

लुम्बिनी प्रदेशमा डढेलो
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले तयार गरेको राष्ट्रिय भू–क्षेत्र अनुगमन प्रणाली प्रतिवेदन २०२४ अनुसार लुम्बिनी प्रदेशको कूल क्षेत्रफल १९ लाख १९ हजार ४१७ हेक्टर मध्ये १० लाख ४९ हजार ४०८ हेक्टर भूभाग वनले ओगटेको छ । जुन क्षेत्रफल प्रदेशको कूल क्षेत्रफलको ५४.७ प्रतिशत हो । तराईमा घना वन बाँकी रहेका बाँके र बर्दिया राष्ट्रिय निकुन्जको पुरै भाग र ढोरपाटन शिकार आरक्षको केहि भूभाग समेत यसै प्रदेशमा पर्ने भएकोले यहाँ वनको अवस्था सन्तोषजनक छ । लुम्बिनी प्रदेशको चुरेमा प्रदेशको ४५ प्रतिशत र मध्य पहाडमा ३४ प्रतिशत वन रहेको छ । हिउँदपछि निकै कम पानी पर्ने यो क्षेत्रमा धेरै डढेलो लाग्ने गरेका तथ्यांकहरूले देखाउँछन । वन तथा भूसंरक्षण विभाग र ईसिमोडले २०१९ मा गरेको एक अध्ययन अनुसार डढेलोका हिसाबले नेपालका १३ जिल्ला अति संवेदनशील र ११ जिल्ला संवेदनशील देखिएका छन् । अति संवेदनशील जिल्लामा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, अर्घाखाँची र पाल्पा छन् भने संवेदनशील जिल्लामा दाङ, प्युठान र नवलपरासी (पश्चिम) रहेका छन् । वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीबाट प्राप्त दैनिक डढेलो प्रतिवेदनलाई विश्लेषण गर्दा सन् २०२४ जनवरी १ देखि सन् २०२५ जनवरी २७ सम्मको अवधिमा लुम्बिनी प्रदेशका विभिन्न वनहरूमा १ हजार २७० पटक डढेलो लागेको देखिन्छ । सबैभन्दा बढी डढेलो बाँकेमा १६५ स्थान, बर्दिया २२७ स्थान, दाङमा २७६ स्थान र कपिलवस्तुमा ८२ स्थानमा डढेलो लागेको रेकर्ड छ । पहाडी जिल्लाहरूमा प्युठानमा १५३ वटा, अर्घाखाँचीमा ९१, पाल्पामा ८७ वटा स्थानमा डढेलो लागेको देखिन्छ । गत वर्ष सबैभन्दा बढी डढेलो विगतका वर्षहरूमा जस्तै बाँके र बर्दिया राष्ट्रिय निकुन्जमा लागेको पाईएको छ । निकुन्ज र मध्यवर्ती क्षेत्रमा मात्र ३४९ पटक डढेको लागेको थियो । एक वर्षयताको डढेलो सम्बन्धि तथ्यांकहरूलाई केलाउँदा तराई र तराईसँग जोडिएका चुरे पहाडमा बढी डढेलो लाग्ने गरेको देखिन्छ । अर्घाखाँचीको शितगंगा नगरपालिका, कपिलवस्तु जिल्लाको बाणगंगा र शिवराज, दाङ्गको गढवा, राजापुर र बंगलाचुली, लमही प्युठानको माण्डवी र स्वर्गद्वारी, रोल्पाको त्रिवेणी, बाँकेको राप्तीसोनारी र वैजनाथ गाउँपालिका धेरै डढेलो लाग्ने क्षेत्रहरू हुन् ।

असर कति ?
लुम्बिनी प्रदेशको चुरे र भावर क्षेत्रमा अत्यधिक डढेलो लागिरहँदा त्यसको प्रत्यक्ष असर चुरे नजिकका वस्तीहरूमा खानेपानीको आपूर्तिमा परिरहेको छ । खानेपानीका संरचनाहरू जल्ने मात्र नभई पानीका मूलहरू सुक्ने र गर्मीमा पानि उपलब्धता कम हुने गरेको छ । जलाधार क्षेत्रहरू सुख्खा हुँदा चुरेबाट उत्पन्न भएका नदीहरू छिटो सुक्दा सिचाईमा समस्याहरू देखापरिरहेका छन् । लुम्बिनी प्रदेशमा डढेलो अत्यधिक लाग्ने स्थान नजिकै ठूला वस्तीहरू रहेका छन् । डढेलोको कारणले ति वस्तीका वासिन्दाहरू गर्मीको समयमा सधै आतंकित भैरहनुपर्ने अवस्था छ । वर्षेनी डढेलो दोहोरिएर लाग्नाले पशु चरिचरन र घाँसपात संकलनमा समेत समस्या उत्पन्न हुने गरेको पाइन्छ । डढेलो फैलिएर खेतबारी र गाउँसम्म आउँदा खेतीपाती र घरगोठ जलेर नष्ट हुने गरेका छन् । वनको बाटो हुदै आवतजावत गर्दा र डढेलो निभाउन जादा आगोमा जलेर मानिसको मृत्यु भएका दुखद स्मृतिहरू पनि लुम्बिनी प्रदेशमा छन् । वन डढेलो कार्बनडाइअक्साइड ग्याँस उत्सर्जनको मुख्य श्रोत हो । विगतमा डढेलो लागेको समयमा सुनवल, देवदह, बुटवल, गोरुसिंगे, लमही, कोहलपुर र दाङ उपत्यकामा धेरैदिनसम्म धुँवा फैलिएर दृश्यावलोकन र श्वास प्रश्वासमा समेत समस्या हुने गरेको थियो ।
डढेलोेलाई वन क्षयीकरणको प्रमुख कारण मानिन्छ । डढेलोको कारणले नयाँ बिरुवाहरू हुर्कन बढ्न नपाउने, पुराना बिरुवाहरू सुक्दै जाने र जमिन सुख्खा भएर नयाँ बिरुवा उम्रन नसक्ने प्रक्रिया केही वर्ष दोहोरिईरहँदा जंगल उजाडिदै जान्छ र अन्ततः जंगलमा मरुभूमिकरण प्रक्रिया शुरु हुन्छ । यस्तो समस्या दाङका चुरेमा धेरै देखिन्छ । डढेलो लाग्दा वन्यजन्तुको वासस्थान र चरन क्षेत्र विनास हुन्छ । धेरै जीवहरू डढेलोबाट जोगिन सक्दैनन् । डढेलो लाग्दा वन्यजन्तुको रतिक्रिया र प्रजनन हुन पाउँदैन र हुर्कदै गरेका जीवजन्तुहरू पनि गुँड र वासस्थानसंगै जलेर खरानी हुन् पुग्छन् । यस्ता घटनाहरू वर्षेनी दोहोरिइरहँदा जीवजन्तु र वनस्पति प्रजातिहरूको विकास र विस्तारमा कमी आई वनमा मरुभूमिकरण बढ्दै गएको छ ।
हिड्नुपर्ने बाटोः
वर्षेनी डढेलोेका घटनाहरू दोहोरिनु र डढेलोेबाट मानवीय, भौतिक र प्राकृतिक क्षति बढ्दै जानुलाई स्वाभाविक प्रकोप मानेर बस्न सकिदैन । डढेलोबाट हुने क्षति घटाउनको लागि वन मन्त्रालय-डिभिजन कार्यालयको मुख ताकेर बसिरहने हो भने समस्या झनझन जटिल हुदै जानेछ । ठाउँ, जंगलको प्रकृति र कारणको आधारमा डढेलोको जोखिम फरक फरक हुने भएपनि सामान्य साबधानीले सबै डढेलोेबाट हुने क्षति घटाउन सकिन्छ । डढेलो लाग्ने सम्भाव्य कारणहरू बेलैमा नियन्त्रण गर्ने, वनमा अग्नि रेखा निर्माण गर्ने वन सरसफाई गर्ने, वनमा पानीका श्रोतहरूको संरक्षण गर्ने, नयाँ पोखरीहरू निर्माण गर्ने जस्ता कामहरू गर्न सकेमा वनलाई डढेलो लाग्नबाट जोगाउन सकिनेछ । डढेलो निभाउन जाँदा हावाको दिशा र गति विचार गरेर तथा पर्याप्त साबधानिका उपाय अपनाएर जाने, वन र वस्तीको विचमा सदावहार विरुवा लगाउने हो भने डढेलोेबाट हुने मानवीय र भौतिक क्षतिलाई घटाउन सकिन्छ । यस्ता कामहरू जनसहभागितामा स्थानीय सरकार र सामुदायिक वन समूहहरूले नै गर्न सक्ने भएकोले बेलैमा ध्यान दिनु आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?