ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

वायु प्रदूषण नियन्त्रणमा लापरवाही

५ फाल्गुन २०८१, सोमबार
५ फाल्गुन २०८१, सोमबार

हरेक दिनको विहान नेपालीको दिनचर्या राम्रो भन्दा पनि नराम्रो समाचारबाट सुरु हुने गरेको छ । यो नियती नेपालीले धेरै पहिलेदेखि भोग्दै आएका छन् । त्यसैको निरन्तरतामाझ काठमाडौं विश्वकै प्रदुषित सहरको सूचीको दोस्रो स्थानमा पुगेको समाचार यो बर्ष पनि सुन्न बाध्य हुनुपरेको छ । विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरका अनुसार बिहीबार बिहान साढे ११ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १८३ पुगेको थियो । जसले काठमाडौंको वायुको अवस्था विश्वकै खराब दर्शाउँछ । काठमाण्डौंमात्रै होइन नेपालका ठूला शहरको अवस्था पनि त्यस्तै छ । विपद् पोर्टलले नेपालको विभिन्न सहरहरूको वायुको गुणस्तर अत्यन्त चिन्ताजनक देखाएको छ । त्यसैपनि यो हिउँद याममा पानी नपर्दा पनि वायु प्रदूषण बढेको छ । यसका अतिरिक्त गर्मी नसकिँदै वन डढेलोका घटना बढेका छन् । त्यसले चिन्ता उत्पन्न गरेको छ । देशको संघीय राजधानी काठमाडौं अहिलेमात्रै होइन गत बर्षपनि विश्वकै प्रदुषित सहरकै सूचीमा दर्ज भएको थियो । विडम्वना के छ भने सरकारले वातावरण प्रदुषण नियन्त्रणमा खासै चासो देखाएको छैन् । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने राजधानीको विशेषता नै बन्दै आएको छ । लाखौं नागरिकको स्वास्थ्यसँग सरकारले खेलवाड गर्दै आएको छ । राजधानीभित्र निर्माण हुने भौतिक पूर्वाधारमा सरकारी निकायबीच नै समन्वय नहुँदा सडक निर्माण नहुँदै भत्काउने परम्परा अहिले पनि कायमै रहेको छ । बिहान घरबाट निस्किएका बटुवा साँझ घर फर्किदा सुकिलो अवस्थामा घर फर्किने वातावरण छैन् । उपत्यकामा सरकारले तोकेको मापदण्डभन्दा कैयौं गुणा बढी प्रदुषण हुँदा पनि नियन्त्रणको प्रयास नहुनु चिन्ताको कुरा हो । संघीय राजधानीको अवस्था यस्तो छ भने अरू सहरको प्रदुषण नियन्त्रणमा ध्यान जाने कुरा एकादेशको कथा वन्नु स्वाभाविक छ । राजधानी बाहिरका सहरहरू समेत बायु प्रदुषणको मारमा परेको सुन्दा चिन्ता लाग्नु स्वाभाविक छ । बुटवल, भैरहवा, विराटनगर, बीरगञ्ज, तौलिहवा, नेपालगञ्ज, धनगढी लगायतका सिमावर्ती क्षेत्रका सहरमा बायु प्रदुषण बढेको देखिएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआईसम्मलाई सामान्य मानिन्छ ।

त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ । निर्माणको क्रम चलिरहँदा अदृश्यरूपमा फैलिने धूलो स्वास्थ्यका दृष्टिकोणले पनि हानिकारक मानिन्छ । अत्यधिकरूपमा फैलिएको मसिनो धुलोका कणले सिधै मानिसको फोक्सो र रक्तनलीलाई प्रभावित बनाउन सक्ने भएकाले सरकार नागरिकको स्वास्थ्यका लागि गम्भीर बन्नु अत्यावश्वक छ । धूलोको मसिनो कणले सोझै मानिसको मुख, घाँटी, फोक्सो र रक्तनलीलाई समेत असर पु¥याउने हुँदा यसको जोखिमलाई रोक्न सरकारले बायु प्रदुषण नियन्त्रणतर्फ ध्यान दिनु जरुरी छ । त्यसैपनि यो बर्ष लामो समयदेखि हिउँदे बर्षा नभएका कारण मौसम धुम्म हुने र बायु प्रदुषण बढेको छ । जसका अनुसार पछिल्ला केही महिनायता संघीय राजधानीमा बाताबरण प्रदूषणको समस्या विकराल बनेको छ । बायु प्रदुषण बढाउने मूख्य कारकमध्ये २० बर्ष पुराना सवारीका साधन समेत हुन । मेलम्चीका लागि पाईप राख्ने काममा समेत धुलो उडेका कारण समस्या भएको छ । सडक कहिले मर्मत गर्ने र कहिले भत्काउने भन्ने कुरामा सरकारी निकायबीच तालमेल हुन नसक्दा गम्भीर हेलचेक्राई दोहोरिन थालेको छ । वायुमण्डलमा रहने धूलोको कणका कारण निमोनिया, खोकी, मुटु र दमको रोग संक्रमणसंगै फोक्सोको क्यान्सर बढ्ने गरेको पटकपटक विज्ञहरूले चेतावनी दिदै आएका छन् । चिकित्सकहरूका अनुसार नेपालमा वार्षिक १० हजार व्यक्तिको अकाल निधन वायु प्रदूषणका कारण हुँदै आएको छ । स्वच्छ वातावरणमा बाँच्न पाउनु मानिसको मौलिक हक हो । तसर्थ सरकारले अवको दिनमा बायु प्रदुषण नियन्त्रणमा ध्यान देओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?