ट्रेंडिंग:

>> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी

शिवराजका विपन्न परिवारलाई ‘सुरक्षित आवास’

६ फाल्गुन २०८१, मंगलवार
६ फाल्गुन २०८१, मंगलवार

चन्द्रौटा (कपिलवस्तु), ६ फागुन ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ ले वडालाई खरको छानो मुक्त बनाउने योजना अघि सारेको छ । विगतका वर्ष जस्तै यस बर्ष पनि वडा कार्यालयको गौरवको योजना कार्यक्रम अन्तर्गत १५ लाख बजेट विनियोजन गरी खरको छानोमुक्त बनाउने योजना अघि सारेको हो ।
वडा भित्रका ४५ जना गरिब विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरी खरको छानो मुक्त गराउन योजना ल्याएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताए । खरको छानोले बर्षेनि नागरिक मर्कामा पनुको साथै आगलागीका घटना न्यूनीकरण गर्न यसले अत्यन्तै महत्वपूर्ण भूमिका खेल्ने उनले जनाए । “यो योजना वडा कार्यालयको गौरवको योजना हो ।” वडा अध्यक्ष सापकोटाले भने ।

नगरपालिकामा वडाका कतिपय घरधुरी अझै पनि खरको छानोमै आश्रित छन् । उनले भने “विगतमा हरेक वर्ष आगलागी तथा मौसमजन्य समस्याबाट ठूलो जोखिम बेहोर्नुपरेको थियो ।’ यो योजना लागू भएसँगै स्थानीय बासिन्दाले सुरक्षित आवास प्राप्त गर्ने उनको भनाइ छ ।
खरको छानो हटाउने अभियानले नगरवासीलाई सुरक्षित मात्र होइन, वातावरणीय दृष्टिकोणले पनि लाभ पु¥याउने वडा सदस्य श्यामलाल थारुले बताए । उनका अनुसार यस योजनाले नगरको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । शिवराज नगरपालिकाका उपमेयर शिवकुमारी थारुले यस योजनाको प्रशंसा गर्दै अन्य वडाहरूलाई पनि यस्ता कार्यक्रम ल्याउन आवश्य रहेको बताउँछिन् । आमनागरिकहरूले प्रत्यक्ष लाभ हुने विश्वास व्यक्त गर्दै जनतामा उत्साह थपिएको उनले जनाइन् ।

भितरियाका गाउँका स्थानीय बुधराम थारुले भने– “छानो हरेक वर्ष हावाहुरीले उडाउँथ्यो । अब जस्तापाता पाएपछि धेरै सुरक्षित महसुस हुने भयो ।” नगरपालिकाका अन्य वडाहरूले पनि यस्तै योजनाहरू लागू गरेमा सम्पूर्ण शिवराज नगरपालिका खरको छानोमुक्त बन्न सक्ने अनुमान गरिएको छ । योजनाका लाभार्थी परिवारले यसलाई निकै सकारात्मक रूपमा लिएका छन् । वडा कार्यालयले यस योजनालाई निरन्तरता दिने र आगामी वर्ष थप परिवारलाई समेट्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?