ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

भुर्तेल बने दीप गायन तारा

६ फाल्गुन २०८१, मंगलवार
६ फाल्गुन २०८१, मंगलवार

बुटवल (बुटवल टुडे), ५ फागुन– दीप बोर्डिङ हाई स्कुलद्वारा मंगलबार आयोजित बाह्रौँ दीप गायन तारा प्रतियोगितामा ग्रिन प्लान्ट स्कुलका विशेष भुर्तेल दीप गायन तारा बन्न सफल भएका छन् । उनले प्रारम्भिक चरणबाट अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका १९ प्रतियोगीहरूलाई पछि पार्दै उनी दीप गायन तारा बन्न सफल भएका हुन् । प्रतियोगिताको प्रारम्भिक चरणमा माघ २५ गते रूपन्देही जिल्लाभित्रका कक्षा १० सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ३१ जना प्रतियोगीहरूले गीत प्रस्तुत गरेका थिए ।

अन्तिम प्रतिस्पर्धाबाट इन्टेलेक्चुअल एकेडेमीकी निहारिका ढुङ्गाना द्वितीय, सन मोडेल इङ्ग्लिश बोर्डिङ स्कुलकी दीक्षा पुन तृतीय र बुद्धदीप इङ्ग्लिश बोर्डिङ स्कुलकी शान्ति गुरुङ तथा कान्ति मा.वि.की क्रिस्टिना खनालले सान्त्वना स्थान हासिल गरेका छन् ।  प्रतियागितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई/दुई हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यसैगरी बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले प्रतियोगीताको औपचारिक शुभारम्भ गरेकी थिईन् । यस्तै बुटवल उपमहानगरपालिका माध्यमिक शिक्षा शाखाका प्रमुख टीकाराम पन्थीले दीप बोर्डिङले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको गायन प्रतिभा पहिचानमा महŒवपूर्ण भूमिका खेलेकोको बताएका थिए । बुटवल नगर शिक्षा समिति सदस्य तथा तिनाउ अंग्रेजी बोर्डिङ स्कुलका प्राचार्य यज्ञमूर्ति पाण्डेले आफूले दीप बोर्डिङ स्थापनाको सुरुवाती अवस्थामा अध्यापन गरेको बताउँदै दीपले शैक्षिक क्षेत्रमा फड्को मारेको बताए भने दीप बोर्डिङ प्रविधिमैत्री शिक्षामा अगाडि बढ्दै संस्थागत विद्यालयको पंक्तिमा राम्रो नमूना बनिरहेको बताएका थिए ।
त्यसैगरी कार्यक्रममा अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले गुणस्तरीय शिक्षा, प्रतिभा पहिचान, संस्कार र संस्कृतियुक्त शिक्षामा महŒवपूर्ण कार्य गर्दै आइरहको र यसले आगामी दिनमा अझै उन्नति गर्दै जाओस् भन्ने शुभकामना दिएका थिए ।
कार्यक्रममा दीप सांस्कृतिक परिवारका विद्यार्थीहरूले गुरु वन्दना, गणेश वन्दना, स्वागत गीत, नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले दीप बोर्डिङले राष्ट्रिय कलाकार जन्माउने प्लेटफर्म तयार गरेको बताएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ढोँजूको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्य, राष्ट्रिय परीक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारी, अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापा, अभिभावक संघका केन्द्रीय सदस्य तथा रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष यज्ञप्रसाद पङ्गेनी, बुटवल उपमहानगर पालिका माध्यमिक शिक्षा शाखाका प्रमुख टीकाराम पन्थी, राष्ट्रिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारीको सहभागिता थियो । प्राचार्य टीकाराम न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?