Butwal Today

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

६ फाल्गुन २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, फागुन ०६ ।

नेपाली बजारमा मंगलबार सुनको भाउ ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६९ हजार ४ सय रुपैयाँमा कायम भएको छ। यसअघि सोमबार सुन तोलामा १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहेको छ । यससँगै चाँदी १९ सय ७० रुपैयाँमा कायम भएको छ। हिजो पनि चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।