Butwal Today

न्यु होराईजनलाई फुटसलको उपाधि

२० माघ २०८१, आइतबार
अ+
अ-

बुटवल, २० माघ । रुपन्देहीमा सम्पन्न दोस्रो आईएसएमटी प्लस टु स्तरीय फुटसल प्रतियोगिताको उपाधि न्यु होराईजनले चुमेको छ । आईएसएमटी कलेजको आयोजनामा मोनालिसा फुटसल एरिनामा शनिबार भएको फाईनल खेलमा होराईजन जिबिएसलाई ५–३ गोल अन्तरले पराजित गर्दै न्यु होराईजनले उपाधि चुमेको हो ।

उपाधिसंगै न्यु होराईजनले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता जिविएस भने १५ हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बिबस मगर, हाई स्कोरर हिमाल मगर र उत्कृष्ट गोलरक्षक मोहित चौधरी घोषित हुदै पुरस्कृत भए ।

एक कार्यक्रमका बिच आईटि एक्सपोर्ट तथा रेयजो टेक नेपालका डाईरेक्टर ई रोहित पोखरेल, आईएसएमटी कलेजका हेड जीवन पौडेलले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । प्रतियोगितामा रुपन्देहीका १३ कलेजले प्रतिस्प्रर्धा गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?