© २०२३
काठमाडौं, २० माघ।
प्रहरीले ललितपुरबाट एक भारतीयसहित २५ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई एक भारतीय अनलाइन साइटमार्फत एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा शनिबार राति पक्राउ गरिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-२ स्थित एक घरमा छापा मारेको थियो। यहाँ अनलाइन जुवा खेलाइरहेकाहरूलाई पक्राउ गरिएको कार्यालयका एक अधिकारीले जानकारी दिए।
“ठूलो रकमको अनलाइन जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि दुई घरमा छापा मारे र संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो,” अधिकृतले भने। “विस्तृत विवरण भने अहिले सम्म प्राप्त भएको छैन।”
यो अपरेशन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका नयाँ प्रमुख एसएसपी रमेशकुमार बस्नेतको नेतृत्वमा गरिएको पहिलो ठूलो कार्यवाही हो। कार्यालयका अधिकृतका अनुसार जुवा खेलाइने कोठा भाडामा लिइएको थियो।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी