Butwal Today

 एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा २५ जना पक्राउ

२० माघ २०८१, आइतबार
अ+
अ-

काठमाडौं, २० माघ।

प्रहरीले ललितपुरबाट एक भारतीयसहित २५ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई एक भारतीय अनलाइन साइटमार्फत एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा शनिबार राति पक्राउ गरिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-२ स्थित एक घरमा छापा मारेको थियो। यहाँ अनलाइन जुवा खेलाइरहेकाहरूलाई पक्राउ गरिएको कार्यालयका एक अधिकारीले जानकारी दिए।

“ठूलो रकमको अनलाइन जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि दुई घरमा छापा मारे र संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो,” अधिकृतले भने। “विस्तृत विवरण भने अहिले सम्म प्राप्त भएको छैन।”

यो अपरेशन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका नयाँ प्रमुख एसएसपी रमेशकुमार बस्नेतको नेतृत्वमा गरिएको पहिलो ठूलो कार्यवाही हो। कार्यालयका अधिकृतका अनुसार जुवा खेलाइने कोठा भाडामा लिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?