© २०२३
सल्यान, २० माघ ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ४, गाडापानीस्थित गायत्री आधारभूत विद्यालयको नयाँ चार कोठे पक्की भवन उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट आ.व. २०८०/०८१ मा विनियोजित बजेटबाट भवन निर्माण भएको वडा अध्यक्ष मित्र कठायतले जानकारी दिए । शनिबार कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन ।
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भवन निर्माणले विद्यार्थीलाई सुरक्षित र आधुनिक अध्ययन वातावरण उपलब्ध गराउने भएकाले शैक्षिक स्तरमा सुधार आउने विश्वास व्यक्त गरे । उनले आगामी दिनहरूमा विद्यालयमा थप शैक्षिक कार्यक्रम र सामुदायिक विकासका पहल गरिने बताए । कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी लगायतले बोल्दै शिक्षा क्षेत्रलाइ प्राथमिकता दिएर पालिकाले काम गरिरहेको उल्लेख गरे । कार्यक्रममा वडा अध्यक्ष कठायत सहित वडाका जनप्रतिनिधि, नेरामावि किमुचौरका प्राचार्य दामोदर शर्मा र नेपाली कांग्रेसका प्रतिनिधि यगराज वली लगायतको समभागिता थियो । विद्यालय व्यवस्थापन समितिले भवन निर्माणमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी