Butwal Today

सेयर बजार  ७० अंकले बढ्यो, कारोबार रकममा वृद्धि

२० माघ २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

आइतबार सेयर बजार परिसूचक (नेप्से) ७० अंकले वृद्धि भई २७२७ बिन्दुमा पुगेको छ। बजार २६६२ बिन्दुबाट सुरु भएको थियो र ठूलो अंकको वृद्धिपछि परिसूचक २७२७ बिन्दुमा उक्लिएको हो।

आजको कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। ३३० कम्पनीका २ करोड ४८ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ।

आइतबार कारोबार भएकामध्ये २०२ कम्पनीको मूल्य बढेको छ भने ७ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। एक मात्र सामुदायिक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो।

आज नेप्सेका सबै उपसमूहको सूचक बढेको देखिएको छ। लघुवित्त उपसमूह ४.९२%, निर्जीवन बिमा ३.७१%, लगानी ३.३८%, र विकास बैंक ३.१५% ले वृद्धि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?