© २०२३
जितपुर, २० माघ ।
वाणगंगा नगरपालिका–९, उत्तम नगर टोल भर्लाबासमा रहेको खुत्खुते सामुदायिक बनको १४औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा समूहका सचिव खड्प्रसाद बुढा मगरले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
कोषाध्यक्ष बसन्ता रायमाझीले आर्थिक वर्ष २०८०/८१ को लागि कुल २ करोड ६५ लाख ९९ हजार रूपैयाँ बराबरको आम्दानी–व्यय सार्वजनिक गरिन सामुदायिक बनका अध्यक्ष भीम बहादुर पुनले खुत्खुते सामुदायिक बनको आगामी नीति तथा कार्यक्रमबारे धारणा राख्दै बन संरक्षण, व्यवस्थापन र दिगो प्रयोगको महत्वलाई उजागर गरे ।
साथै, लेखा संयोजक शुशिला कार्की खत्रीले सुझावसहित लेखा प्रतिवेदन प्रस्तुत गरिन् । साधारणसभाको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत बिपन्न परिवारका ९ जना विद्यार्थीलाई छात्रवृत्तिस्वरूप पाठ्य सामग्री र स्कुले झोला वितरण गरियो । यस कार्यक्रमले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने विश्वास गरिएको छ । साथै सामुदायिक बनले २२ जना एकल महिलालाई पनि दोसल्ला र नगदबाट सम्मानित गरेको थियोे ।वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले सामुदायिक बनलाई वाणगंगा नगरको अमूल्य सम्पत्ति भएको बताउँदै बन व्यवस्थापनमा पारदर्शिता आवश्यक रहेको उल्लेख गरे । उनले वनको सही सदुपयोग गर्दै संरक्षण तथा संवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा वैज्ञानिक वन महासंघकी केन्द्रीय अध्यक्ष रेनु सेनले सामुदायिक बनको मुख्य स्रोत वैज्ञानिक वन व्यवस्थापन भएकाले यसको सही संरक्षण तथा सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गरिन् । यसैगरी, वाणगंगा–९ को सामुदायिक बनको तर्फबाट कोटिहवा सामुदायिक वनका अध्यक्ष धुर्ब बेल्बासे पनि आफ्नो शुभकामना मन्तव्य राखे । शुद्धोदन मावि, जिनुवा, कक्षा ११ की छात्रा अनिशा भाट क्षेत्रीले खुत्खुते सामुदायिक बनले समुदायमा पु¥याएको योगदानबारे कविता वाचन गरेकी थिइन्, जसले कार्यक्रममा विशेष रोचकता थपेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी