© २०२३
बुटवल, २० माघ । सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा आइतबार शिवनगरस्थित नन्दिनी गौशालामा पशु आहार हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बिच सहकारीका सल्लाहकार तथा बुटवल उपमहानगरपालिका वडा नम्बर–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले गौशालाका व्यवस्थापक रानी कानु बानियालाई गौ आहार हस्तान्तरण गरे । सो अवसरमा बोल्दै वडा अध्यक्ष क्षेत्रीले सम्बन्ध सहकारीले सामाजिक उत्तरदायित्व पूरा गरेको बताए । उनले गौशालालाई सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै आगामी दिनहरुमा पनि पुन्य काममा हात फैलाउन सहकारीलाई आग्रह गरे ।
कार्यक्रममा सहकारीका अध्यक्ष लोकराज शर्माले सहकारीका सदस्यहरुलाई स्वरोजगार बनाउने गरि नीतिगत रुपमा काम गर्दा सहकारी छोटो समयमा सफलता पाएको बताए । सहकारीलाई नमूना बनाउदै सबैको भरोसायोग्य वित्तीय संस्था बनाउन आफूहरु निरन्तर खटिरहेको उनले बताए । कार्यक्रममा सहकारीका उपाध्यक्ष विष्णु कुमारी गौतमले गाई र गौशाला संरक्षण गर्नु सबैको दायित्व रहेको बताइन ।
विगतका वर्षमा पनि रचनात्मक कार्य गर्दै स्थापना दिवस मनाउँदै आइरहेको सहकारीले यस वर्ष गौशालाका गाई वस्तुलाई आवश्यक खाद्यान्न उपलब्ध गराएर आफ्नो स्थापना दिवस मनाएको सहकारीका सचिव कमल नेपालले बताए । सहकारीमा ७५० शेयर सदस्यहरु रहेका छन भने, १ करोड २५ लाख शेयर पूँजी, ५ करोड बचत, ५ करोड ऋण लगानी गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी