ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप
१३ औँ वार्षिकोत्सव विशेष

घोषणामै सीमित हिल स्टेशनहरू

२० माघ २०८१, आइतबार
२० माघ २०८१, आइतबार

लुम्बिनी प्रदेश सरकारले प्रदेशका आधादर्जन बढी ऐतिहासिक तथा पर्यटकीय स्थललाई हिल स्टेशनको रूपमा विकास गर्ने घोषणा गरेको पाँच बर्ष बितिसकेको छ । यो अवधिमा घोषणा गरिएका आधादर्जन बढी हिल स्टेशन निर्माणको काम भने कुनै पनि पूरा हुन सकेको छैन । कहीँ अहिलेसम्म काम समेत सुरु भएको छैन । प्रदेश सरकारले प्रत्येक वर्ष आफ्नो नीति तथा कार्यक्रम र बजेटमा हिल स्टेशन बनाउने योजना राख्दै आएको छ । आवश्यक पूर्वाधार र बिस्तृत अध्ययन विना गरिएको घोषणा कार्यान्वयनमै चुनौति देखिएको छ । प्रदेश सरकारले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने भन्दै आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा प्युठानको स्वर्गद्वारी, रोल्पाको होलेरी, अर्घाखाँचीको नरपानी, पाल्पाको श्रीनगर र गुल्मीको रेसुंगामा हिल स्टेशन निर्माण गर्ने घोषणा गरेको थियो ।

त्यसैगरी आर्थिक बर्ष २०७८/०७९ को बजेटमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न भन्दै पाल्पाको श्रीनगर, रोल्पाको होलेरी र अर्घाखाँचीको नरपानीमा हिलस्टेशनको आवश्यक पूर्वाधार निर्माण गर्ने भन्दै बजेट विनियोजन गरियो । आर्थिक बर्ष २०७९/०८० मा पनि रोल्पाको होलेरी र प्यूठानका बड्डाँडा लगायतका स्थाहरूमा हिल स्टेशन बनाउन सम्भाव्यता अध्ययन गरी हिल स्टेशन बनाउने नीति तथा कार्यक्रममा घोषणा गरियो । आर्थिक बर्ष २०८०/०८१ को बजेटमा पनि रोल्पाको रुण्टिगढी (होलेरी), पाल्पाको ख्याहा, दाङ्ग देउखुरीको देवीकोट, अर्घाखाँचीको नरपानी र नवलपरासी (ब.सु.प.) को महलपोखरी क्षेत्रलाई पर्यटन प्रवद्र्धन गर्न हिल स्टेशनको रूपमा विकास गर्ने भन्दै प्रदेश सरकारले रकम समेत विनियोजन ग¥यो ।पछिल्लो पटक २०८१/०८२ मा पश्चिम नवलपरासीको महलपोखरी, दाङ देउखुरीको देवीकोट,अर्घाखाँचीको नरपानी, रोल्पाको रुण्टीगढी होलेरी र पाल्पाको ख्याहालाई हिल स्टेशन बनाउने घोषणा गरियो ।

प्रदेश सरकारले त्यसका लागि आवश्यक बजेट समेत विनियोजन ग¥यो । तर आर्थिक बर्ष २०७७/०७८ मै घोषणा गरिएको पाल्पाको श्रीनगरलाई हिल स्टेशन बनाउने योजनाको काम अहिलेसम्म सुरु नै भएको छैन ।हिल स्टेशन बनाउन प्रदेश सरकारले स्थानीय पालिका, हिलस्टेशन क्षेत्रमा पर्ने सामुदायिक वन, स्थानीय जनतासंग कुनैपनि सल्लाह र परामर्श विना हिल स्टेशन घोषणा गर्दा ती अलपत्र पर्ने अवस्था देखिएको छ ।तानसेन नगरपालिकाका सूचना अधिकारी भरत शर्माले प्रदेश सरकारले हिल स्टेशन बनाउने भनिएको श्रीनगर क्षेत्रमा स्थानीय सामुदायिक वनको जग्गा पर्ने भएकोले वनसंग समन्वय नहुँदा हिल स्टेशन निर्माणको काम सुरु नै हुन नसकेको बताए ।तानसेनका स्थानीय रमणकुमार भट्टराई प्रदेश सरकारले हचुवाका भरमा श्रीनगरमा हिल स्टेशन बनाउने घोषणा गरेको र सरोकारवाला निकायसंग समन्वयन गर्दा काम अघि बढ्न नसकेको बताउँछन् ।

उता अर्घाखाँचीको नरपानीमाथि मसिने लेकसम्म पुग्न पदमार्ग वनाउने भन्दै आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत प्रदेश सरकारले बजेट विनियोजन ग¥यो । नीति तथा कार्यक्रममा परेको चार बर्ष हुँदा पनि नरपानीको हिल स्टेशन निर्माणको काम अहिलेसम्म पूरा भएको छैन । सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले प्रदेश सरकारले हिलस्टेशन बनाउने भन्दै छुट्टाएको बजेटबाट यो बर्ष काम सुरु हुने भनिएपनि अहिलेसम्म काम सुरु नभएको बताए । उनले भने– योजना सम्झौता भैसकेको छ, अब छिटै काम सुरु हुन्छ । गतबर्ष पदमार्ग निर्माणको केही काम भएपनि बाँकी कामका लागि यो बर्ष काम गर्ने सुरसार बल्ल हुँदैछ । पदमार्गका लागि यो बर्ष १० लाखको काम हुँदैछ । आर्थिक बर्ष सकिने अव ६ महिनामात्रै बाँकी छ, अझै काम सुरु नै नभएकोले समयमै काम सम्पन्न हुन्छ भन्ने कुरामा विश्वास गरिहाल्ने अवस्था छैन । प्रदेश सरकारले हचुवामा बजेट विनियोजन गर्ने तर निर्माणको काममा वेवास्ता गर्ने गरेको अर्घाखाँचीको हिल स्टेशन एक उदाहरण हो ।

उता पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाको छत्र देबालयमा निर्माण गर्ने भनिएको हिल स्टेशनको काम पनि अझै सुरु भएको छैन । प्रदेश सरकारले पाल्पाको ख्याहामा हिल स्टेशन बनाउन आर्थिक बर्ष २०८०/०८१ देखि नै बजेट विनियोजन गर्दै आएको छ तर निर्माणको काम भने अझै सुरु भएको छैन । एक बर्ष अघि विनियोजन गरिएको बजेट गतबर्ष फ्रिज भयो भने यो बर्ष बल्ल योजना सम्झौताको काम हुँदैछ । रिब्दीकोट गाउँपालिका–१ का वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले छत्र देवालयलाई पर्यटकीय गन्तब्य बनाउन प्रदेश सरकारले बजेट विनियोजन गरेपनि यो बर्ष बल्ल ठेक्काको प्रकृया सुरु भएको बताउँछन् । उनले बरु गाउँपालिकाले छत्र देवालयको पर्यटकीय विकासका लागि हरेक बर्ष ५ लाख रूपैयाँको काम गर्दै आएको बताए । छत्रदेवालयलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सक्ने हो भने थुप्रै संभावना छ, प्रदेश सरकारले विकास गर्ने चाहना राखेको छ तर यो बर्ष बल्ल ठेक्का प्रकृया सुरु भएको छ, वडा अध्यक्ष पोखरेलले भने– आशा गरौं काम होला ।प्रदेश सरकारले स्थानीय जनप्रतिनिधि तथा नेताहरूको दबाबमा हिल स्टेशन बनाउने भन्दै नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गर्ने तर कार्यान्वयनमा लापरवाही गर्दा विगत पाँच बर्षदेखि हिल स्टेशन निर्माणको काम सम्पन्न हुन सकेको छैन । पाँच बर्षअघि प्युठानको स्वर्गद्वारी, रोल्पाको होलेरी, अर्घाखाँचीको नरपानी, पाल्पाको श्रीनगर र गुल्मीको रेसुंगामा हिल स्टेशन निर्माण गर्ने कुरा कागजमै सीमित छ ।

उता गुल्मीको रेसुंगामा बनाउने भनिएको हिल स्टेशनको बिषयमा रेसुंगा नगरपालिका र त्यसमा पनि सम्बन्धित वडाकै जनप्रतिनिधिलाई समेत प्रदेश सरकारको योजना अहिलेसम्म जानकारी छैन । पाँचबर्ष अघि रेसुंगामा हिल स्टेशन बनाउने भन्दै प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो तर अहिलेसम्म हिल स्टेशनको रेखा कोर्ने कामसम्म भएको छैन । पर्यटन विकास परिषद लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक रामु जोशीले पनि प्रदेश सरकारले घोषणा गरेको हिल स्टेशन निर्माण गर्ने भनिएको जग्गामा विवाद देखिएकोले केही स्थानमा समस्या भएको आफूले सुनेको बताए । प्रदेश सरकारले आर्थिक बर्ष २०८०/०८१ को बजेटमा पनि रोल्पाको रुण्टिगढी (होलेरी), दाङ्ग देउखुरीको देवीकोट, नवलपरासीको महलपोखरी क्षेत्रलाई पर्यटन प्रवद्र्धन गर्न हिल स्टेशनको रूपमा विकास गर्ने भन्दै बजेट विनियोजन गरेको छ । तर त्यहाँ अहिलेसम्म निर्माणको काम सुरु हुन सकेको छैन । यसैगरी आर्थिक बर्ष २०८१/०८२ मा पनि ती क्षेत्रमा हिल स्टेशन बनाउने भन्दै सरकारले बजेट समेत विनियोजन गरेको छ तर कुनै पनि हिल स्टेशन सम्पन्न हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?