© 2026
अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० मा निर्माणाधीन विमानस्थलमा भलिबल तथा क्रिकेट प्रतियोगिता सुरु भएको छ । स्थानीय स्तरमा खेलकुदको विकास, युवाबिच आपसी एकता र सद्भाव कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको वडा सचिव अध्यक्ष मोहनसिंह ठकुरीले बताए ।
साबिकका वडा स्तरीय समूहहरूको सहभागिता रहने प्रतियोगिताको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले खेलकुदले युवामा अनुशासन, एकता, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने बताए । उनले स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्दै युवालाई सकारात्मक र सिर्जनशील कार्यमा जोड्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका–१० का वडा अध्यक्ष मोहनसिंह ठकुरी, पूर्व वडा अध्यक्ष लक्ष्मी चुदालीलगायत स्थानीय जनप्रतिनिधि, खेल प्रेमी तथा युवाहरूको उपस्थिति रहेको थियो ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १० को आयोजना तथा युवा सञ्जाल सन्धिखर्क–१० को समन्वयमा प्रतियोगिता सञ्चालन गरिएको वडा सचिव अनन्तमणि पोख्रेलले बताएका छन् ।
प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटन गर्न तथा खेलकुदप्रति युवाको आकर्षण बढाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।