© २०२३
बुटवल, २० माघ ।
पूर्व राष्ट्रिय खेलाडी तथा एन्फा एकेडेमी बुटवलका प्रशिक्षक दिलिप क्षेत्रीले अखिल नेपाल फुटबल संघ एन्फाबाट महत्वपूर्ण जिम्मेवारी पाएका छन । चिनीया नयाँ वर्षको अवसरमा फागुन ३ गते दशरथ रंगशालामा हुने चीनको युनान युथ क्लब विरुद्ध खेल्ने नेपालको युथ टोलीको गोलकिपिङ प्रशिक्षकमा क्षेत्रीले नियुक्त पाएका हुन ।
यसैगरि अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल र चीनको युवा टिम बिच हुने मैत्रीपूर्ण फुटबल प्रतियोगिताको हेड कोचमा दिपक भुषाल, सहायक कोचमा शैलेस कर्मचार्यलाई नियुक्त गरेको छ । एन्फा कम्प्लेक्समा कार्यक्रम गरि एन्फाका महासचिव किरण राईले नियुक्तपत्र हस्तान्तरण गर्दै उत्कृष्ट नतिजा ल्याउने गरि लाग्न सुझाव दिए । विगत लामोसमयदेखि स्थानिय फुटबल क्लब हुदै ए डिभिजनमा समेत गोलकिपरको रुपमा उनले पहिचान बनाएका छन ।