ट्रेंडिंग:

>> सुडानमा हैजाको प्रकोप: २ हप्तामा ९२ जनाको मृत्यु >> टेकुको ढलमा फसेका व्यक्तिको उद्धार >> राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम शुरु, सुरक्षा व्यवस्था कडा >> भारत-पाकिस्तान सीमामा यात्रा नगर्न अमेरिकाले जारी गर्यो ट्राभल एडभाइजरी >> लुम्बिनीमा प्रादेशिक सडक सञ्जाल गुरुयोजना टुंग्याउन छलफल >> गाैरमा सिंहकाे पक्ष र बिपक्षमा नाराबाजी जारी >> कर्णाली प्रदेशका तीन हिमाली जिल्लामा तारा एअरको उडान बन्द >> नेपालले युगाण्डाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै >> सुनको मुल्यमा सामान्य वृद्धि >> रवि लामिछाने तारिख बुझ्न कास्कीमा >> सकियो त्रिपिटक पाठ समारोह >> पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा स्वागत गर्न राजेन्द्र लिङदेन जादै >> विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन >> सिद्धार्थ क्रिकेट रंगशालामा प्रधानमन्त्री कप शुरु >> लमहीमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुरु >> राष्ट्रियसभाको बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? >> प्रधानमन्त्री ओलीले आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै >> विनिमयदर: डलरको भाउ घट्याे, युराेकाे भाउ बढ्याे >> उत्तर कोरियाले घातक पनडुब्बी बनाउदै >> अमेरिकामा गोली हानेर मृत्युदण्ड >> महिला दौड प्रतियोगिता उपाधि कालिका माविकी प्रकृतिलाई >> ‘विद्यार्थी ड्रप आउट रोक्न आवश्यक’ >> डढेलो नियन्त्रणमा ‘अर्घाखाँची मोडेल’ >> भुकम्पको धक्का बढ्दै बिपद् पूर्व तयारीमा ध्यान जाओस् >> सैनामैना गोल्डकप : आज आयोजक मुर्गिया एफसी र अभिषेक चर्च नवलपुरबीच पहिलो सेमीफाईनल खेल हुने >> कांग्रेसको ‘मिसन रोजगारी’ अभियान आजबाट >> ‘एक्ली महिला रेफ्रि कृति’ >> इलेक्ट्रिक सिगरेट (भेप) तस्करी गर्नेलाई राजस्वको मुद्दा >> ‘गोविन्दे’ हात्तीको आक्रमणबाट ३४ वर्षीय युवकको मृत्यु >> नक्कली कागजातबाटै नेपाली महिलाको तस्करी >> भारत र न्युजिल्याण्ड भिडन्त, कस्को पल्ला भारी ? >> पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना >> बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न >> चौथो खुमबहादुर खड्का भलिबलको उपाधि मणिमुकुन्द क्लबलाई >> लाफाका बिनोद र अरबिनलाई मेन्स डबल्सको उपाधि >> महिला योगदान बारे अन्तरक्रिया >> बृहत् रक्तदानमा १५० जनाले गरे रक्तदान >> नारी दिवसमा स्वस्थ सचेतना कार्यक्रम >> राजावादी सक्रिय भएको भन्दै माओवादीले स्थगित गर्‍यो अभियान >> शान्ति समाजद्वारा नागरिक संवाद  >> सैनामैना गोल्डकपः कपिलवस्तु ११ सेमीफाईनलमा प्रवेश >> सरकार सबै पेशाकर्मीलाई प्रोत्साहित गर्दै अघि बढ्छ : मुख्यमन्त्री आचार्य >> वनै खायो वनमाराले >> नारी दिवस कप: नेपालले आज नामिबियासँग खेल्दै >> केपी ओलीलाई मोरङमा धक्का, विद्या भण्डारीको जितमा विनोद ढकाल ‘नायक’ >> ‘निजी क्षेत्र कमजोर भएर सरकार बलियो हुन सक्दैन’ >> सन्दर्भः ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस >> टिपरका लागि छुट्टै लाइसेन्स व्यवस्था गरौंः सांसद झा >> विद्युतले उद्योगी हैरान >> आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस : अधिकार, समानता र सशक्तिकरणमा जोड

‘ब्राण्ड’ बन्दै स्कुलका प्रतियोगिता

२० माघ २०८१, आईतवार
२० माघ २०८१, आईतवार

बुटवल, २० माघ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेको दीप बोर्डिङ्ग माविले १२ औं पटक दीप गायन तारा गर्दैछ । विद्यालयको ४४ औं स्थापना दिवससको अवसरमा आयोजना गर्न लागिएको यो प्रतियोगितामा रूपन्देही जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १० सम्मका विद्यार्थी सहभागी हुन पाउँछन् ।छनौट चरणबाट २० जना प्रतियोगी छानिएपछि फागुन ५ गते प्रतियोगीताको मुख्य समारोह आयोजना हुनेछ, जसमा विजेताले ३० हजार नगद सहित सिल्ड, मेडल प्रमाणपत्र पाउनेछन् । विद्यालयका विद्यार्थीहरू सहभागी नहुने यो प्रतियोगितामा विगत लामो समयदेखि रूपन्देहीका विद्यालयका विद्यार्थीहरूले सहभागीता जानाउँदै आएका छन् ।यहाँबाट राष्ट्रिय स्तरका कलाकारहरू अक्सर अली, प्रीया भण्डारी, अस्मिता चापागाई, नविन परियार लगायतका कलाकार जन्मिएका छन् । विद्यालयका प्रधानाध्यापक टिकाराम न्यौपानेका अनुसार विद्यालयले दीप गायन तारा लाई आफ्नो ब्रान्डको रूपमा उभ्याउने प्रयास गरिरहेको छ । आन्तरिक विद्यार्थीहरूको लागि दिप सिंगीङ्ग आईडल आयोजना गर्दै आएको विद्यालयले वाह्य विद्यालयहरूको लागि दिप गायन तारा गर्दै आएको हो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरमा रहेको एभरेष्ट माविले पनि विगत लामो समय देखि बादविवाद प्रतियोगीता आयोजना गर्दै आएको छ । प्रत्येक बर्ष जसो विद्यालयले आयोजना गर्ने विद्यालयस्तरिय बादविवाद प्रतियोगीतामा विद्यार्थीहरूले उल्लेखनिय रूपमा सहभागीता जनाउँदै आएका छन् । गत मंसिर महिनामा सम्पन्न भएको प्रतियोगीतामा कान्तीका विद्यार्थी प्रथम भएकी थिईन् । विद्यालयले छात्रा भलिबल प्रतियोगीता संगै बादविवाद प्रतियोगीतलाई विद्यालयको ‘ब्रान्डको रूपमा’ अगाडी बढाईरहेको विद्यालयका प्रधानाध्यापक कृष्ण न्यौपाने बताउँछन् ।
विद्यालले प्रत्येक बर्ष छुट्टा छुट्टै शिर्षक राखेर बादविवाद प्रतियोगीता गर्दै आएको छ । विद्यार्थीहरूको वाक कलालाई प्रस्फुटन गराउने उद्देश्य राखीएको यो प्रतियोगीता आफैमा एभरेष्टको लागि गतिलो ब्रान्डको रूपमा स्थापीत भैसकेको छ । जिल्लाभरीका ४६ विद्यालयको सहभागीता रहेको यो प्रतियोगीतालाई विद्यालयले नियमित रूपमा आयोजना गर्ने योजना बनाएको विद्यालयका सहप्राचार्य तथा कार्यक्रम संयोजक भिमसेन गौतम बताउँछन् । प्रतियोगीतामा विजेता विद्यार्थीले २० हजार सहित सिल्ड, कप, प्रमाणपत्र प्राप्त गरेका थिए ।बुटवलकै अर्को विद्यालय न्यु होराईजन माविले प्रत्येक बर्ष प्रदेश स्तरिय विद्यालय स्तरको क्वीज प्रतियोगीता आयोजना गर्दै आएको छ ।न्यु होराईजन मावि बुटवलको आयोजनामा ३१ औंं संस्करणको प्रदेशस्तरिय हाजिरीजवाफ प्रतियोगिता यहि मंसिरमा समापन गरेको छ । २०५० सालमा जिल्लास्तरीयबाट शुरु भएको प्रतियोगिता निरन्तररूपमा अञ्चल स्तरीय हुँदै गत वर्षदेखि प्रदेशस्तरीय हुँदै आएको छ ।

प्रथम हुने विद्यालयले प्रथम पुरस्कार ४० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले २० हजार नगद तथा सिल्ड, ट्रफी र प्रमाण पत्र प्रदान गरिँदै आएको विद्यालयका प्रधानाध्यापक लोकनाथ उपाध्याय बताउँछन् । यसको अलवा होराइजन माविले गुणस्तरीय शिक्षासँगै खेलकुद, अतिरिक्त क्रियाकलाप, लोकदोहारी प्रतियोगिता समेत आयोजना गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक लोकनाथ उपाध्यायका अनुसार लोकसंस्कृतिको जगेर्नाका लागि विद्यालय स्तरिय लोक दोहोरी गीत प्रतियोगीतालाई पनि ब्रान्डको रूपमा अगाडी बढाउने योजना बनाइएको छ । उनी भन्छन्–‘हामी प्रदेशस्तरीय हाजिरी जवाफ र विद्यालयस्तरीय लोक दोहोरी गीत प्रतियोगीतालाई ब्रान्डको रूपमा अगाडी बढाउने गरी योजना बनाएका छौं, हेरौ यसमा कतिको सफल हुन्छौ ।’बुटवलकै अर्को विद्यालय कालिका मानवज्ञान माविले अन्तर मावि रनिङ्गशिल्ड प्रतियोगीता आयोजना गर्दै आएको छ । पालिका स्तरमा रनिङ्ग शिल्ड आयोजना हुँदै आएकोमा विद्यालय एक्लैले जिल्ला स्तरिय अन्तर मावि रनिङ्ग शिल्ड प्रतियोगीता आयोजना गर्दै आएको विद्यालयका प्रधानाध्यापक दिनेश थापा बताउँछन् । जसलाई विद्यालले ब्रान्डको रूपमा स्थापित गराउँदै आएको छ । यसमा जिल्ला स्तरिय अन्तर विद्यालय भलिवल छात्र, छात्रा प्रतियोगीता आयोजना गरिदै आएको हो । जसबाट विद्यार्थीहरूको अन्तरनीतिह खेलकुद प्रतियोगीता अगाडी बढ्ने अपेक्षा गरिएको विद्यालयका प्रधानाध्यापक थापाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?