Butwal Today

सुनको भाउ स्थिर रहँदा चाँदी घट्यो

२० माघ २०८१, आइतबार
अ+
अ-

काठमाडौं, २० माघ

नेपाली बजारमा आज सुनको भाउ आइतबार स्थिर रहेको छ। यसैगरी चाँदीको भाउ भने सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार पनि सुन तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ। यससँगै आज चाँदी १ हजार ९१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा चाँदी १ हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?