© २०२३
कीर्तिपुर, २० माघ ।
नेपाल वुमन्स टी-२० अन्तर्राष्ट्रिय ट्राइ–सिरिजको चौथो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध जित हासिल गर्न १४१ रनको लक्ष्य पाएको छ।टस जितेर कीर्तिपुरस्थित मैदानमा ब्याटिङ गर्ने निर्णय गरेको नेदरल्यान्ड्सको महिला टोलीले २० ओभरमा ९ विकेटको क्षतिमा १४० रन बनायो।
नेदरल्यान्ड्सका लागि फेब मकनबोअरले २१, स्टिर क्यालिसले ८, बबिट डी लिडले ४१, रोबिन रिज्कीले २१ र हिथर सिजर्सले २६ रन बनाएका थिए। अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।नेपालकी सीता राना मगरले उत्कृष्ट प्रदर्शन गर्दै एकै खेलमा ५ विकेट लिइन्। यस्तै, मनिषा उपाध्यायले २, र कविता जोशी तथा इन्दु बर्माले समान १-१ विकेट लिए।
अब नेपालले जवाफी ब्याटिङ गर्ने छ। सिरिजमा थाइल्यान्डले दुईवटा खेल जितेर ४ अंकसहित तालिकाको शीर्ष स्थानमा स्थान बनाउन सफल भएको छ, भने नेदरल्यान्ड्स २ अंकसहित दोस्रो स्थानमा रहेको छ। नेपाली टोलीले अहिले सम्म कुनै खेल जित्न सकेको छैन।