ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

नेवारी संस्कृति नै नेपालको सभ्यता भएको दाबी

२० माघ २०८१, आइतबार
२० माघ २०८१, आइतबार

बुटवल, २० माघ । नेवारी संस्कृतिले समग्र नेपालको सभ्यतालाई चिनाउने एक कार्यक्रममा बोल्ने बक्ताहरुले दाबी गरेका छन । केवल एउटा जातीको मात्र नभई समग्र नेपाल र नेपालीहरुको सभ्यतालाई यसले चिनाउने उनिहरुले दाबी गरे । नेवा देय दबू लुम्बिनी प्रदेशको भेला तथा तेस्रो अधिवेसनमा लुम्बिनी प्रदेशका पुर्व स्वस्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले नेपाली सभ्यतालाई चिनाउने नेवारी संस्कृति जर्गेनामा सरकारबाट आवश्यक पहल जरुरी रहेको बताए । ‘नेपाली सभ्यता जोगाउने अभिभारा अब सबै नेपालीको हो ।’– उनले भने । बुटवल नगरको बिकास र यसमा नेवार समुदायका अगुवाहरुको योगदानबारे समेत प्रकाश पार्दै विकासमा राजनीति गन्ध ल्याउन नहुने उनले बताए । नेवार र नेवार संस्कृतिको योगदानकै कारण नेपाल भाषाको रुपमा मान्यता दिने काम सरकारबाट गरिएको उनले बताए । छरिएर रहेका नेवा संघसंस्थाहरुलाई एकिकृत गर्ने काममा ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा प्रदेश अध्यक्ष बिजुला श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा भएका गतिविधिबारे प्रकाश पारे । ३ वर्षको कार्यकालमा १२ जिल्लामा संगठन बिस्तार र संस्कृति जगेर्नाको अभियान चलाएको बताईन ।

कार्यक्रममा संरक्षक नरेश ताम्राकारले नेवारहरुको साझा गान निर्माणको बारेमा प्रकाश पारे। यसैगरि नेवार संस्कृति जगेर्ना गरि भेषभुषा, भिमसेनको मन्दिर स्थापना लगायतको बारेमा प्रकाश पारे ।

कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले प्रदेश संगठन बिस्तारबारे प्रकाश पारे। पदभन्दा पनि कामलाई महत्व दिनु सुझाव दिदै समयमा नै संस्कार संस्कृति जगेर्नामा लाग्न सुझाव दिए। लुम्बिनी प्रदेशका अधिकाश क्षेत्रमा संगठन बिस्तार भएको भन्दै यसलाई थप प्रभावकारी बनाउने गरि लाग्न सुझाव दिए ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक नरेशराज भण्डारीले नेतृत्वमा आउदा त्यस पद र संस्थाको गरिमालाई उचाईमा लग्ने गरि आउनुपर्ने सुझाव दिए । हरेक संस्थामा पालिका कमिटि महत्वपुर्ण हुने भन्दै विकास काम अघि बढ्ने उनले बताए ।

नेवा देय दबुको प्रदेशमा बाबुराम श्रेष्ठ सर्वसम्मत

शनिबार भएको नेवा देय दबू लुम्बिनी प्रदेशको भेला तथा तेस्रो अधिवेसनबाट बाबुराम श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय नया नेतृत्व चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा रुद्र प्रसाद श्रेष्ठ, महिला उपाध्यक्ष सुशिला श्रेष्ठ, उपाध्यक्ष डा अरुण कुमार श्रेष्ठ, प्रमुख सचिव अशोक कुमार श्रेष्ठ, महिला सचिव सशी श्रेष्ठ, सचिव उपेन्द्रमान प्रधान, कोषाध्यक्ष बसन्ता श्रेष्ठ, महिला सदस्य निर्मला श्रेष्ठ, शिवा श्रेष्ठ, सदस्य बसन्त कुमार श्रेष्ठ, हरि कुमार श्रेष्ठ, विष्णु कुमार श्रेष्ठ, मुक्तप्रसाद श्रेष्ठ, युज्ञ प्रसाद श्रेष्ठ, समी प्रसाद श्रेष्ठ, सुशिला श्रेष्ठ, ठाकुर कुमार श्रेष्ठ, जीवन श्रेष्ठ, डम्मर कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन ।

नया नेतृत्वलाई पद हस्तान्तरण कार्यक्रम समेत गरिएको महासचिव चिरञ्जीवी श्रेष्ठले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?