ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन
१३ औँ वार्षिकोत्सव विशेष

माता मायादेवी सुत्केरी मार्ग नयाँ पर्यटकीय प्रोडक्ट

२० माघ २०८१, आइतबार
२० माघ २०८१, आइतबार

लुम्बिनीको बगैंचामा माता मायादेवीको कोखबाट सिद्धार्थ गौतमको जन्म भयो । लुम्बिनीबाट दरबार फर्केको बाटोलाई ‘माता मायादेवी सुत्केरी मार्ग’ को नामाकरण गरिएको छ । जुन बुद्ध जन्मस्थल लुम्बिनीदेखि बाल्यकाल बिताएको शुद्धोधनको राजधानी रहेका तिलौराकोटसम्म पर्दछ ।यो मार्ग बुद्ध जन्मस्थल लुम्बिनीबाट पडरिया हुँदै मनौरी, सिवलवा, विजुवा, सिसहनिया, दोहनी, निग्लिहवा, टुईन स्तुप हुँदै शाक्य वंशिय राजधानी तिलौराकोट सम्म पुग्छ । यो मार्गमा यात्रा गर्दा धुलौटे, ग्राभेल, खेत, कुलो र कालोपत्रे बाटो हुँदै ३९ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ । लुम्बिनी र कपिलवस्तुको पर्यटन विकासका लागि नयाँ गन्तब्यका रूपमा ८ वर्ष अघि मायादेवी सुत्केरी मार्ग पहिचान गरिएको थियो । सुत्केरी मार्गलाई पर्यटन प्रोडक्ट बनाउने अवधारणा लुम्बिनी विकास कोषका सद्भावना राजदूत तथा पर्यटनविद् विक्रम पाँडेकाजीले ल्याएका हुन् ।
मायादेवी राजधानी घर फर्केको बाटोको रुट भने लामो समयदेखि बुद्धस्थलबारेमा पुरातात्विक अध्ययन अन्वेषणमा लागेका वरिष्ठ पुरातत्वविद् वसन्त विडारीले पत्ता लगाएका हुन् । मायादेवी राजधानी घर फर्केको बाटोको रुटबारे धेरै अध्ययन अनुसन्धान गरेर उनले उजागर गरेका हुन् । बुद्ध जन्मस्थल लुम्बिनीमा ठूलो संख्यामा पर्यटक आउने गरेको भएपनि गौतम बुद्धका पिता शुद्धोधनको गणराज्य कपिलवस्तुमा झिनो संख्यामा आउने गरेका पर्यटकलाई दृष्टिगत गरि सो मार्गलाई नयाँ पर्यटकीय प्रडक्टको रूपमा बिकास गर्न थालिएको हो । कपिलवस्तुमा आउने पर्यटकको बसाइँ अबधी समेत कम हुँदा स्थानीयले पर्यटन क्षेत्रबाट चाहेको आम्दानी गर्न सकेका छैनन् । लुम्बिनी आएका पर्यटकमध्ये करिब १३ प्रतिशत मात्रै कपिलवस्तु आउने गरेका छन् ।

माता मायादेवी सुत्केरी मार्गलाई पर्यटकीय प्रोडक्टको रूपमा बिकास गर्न सकिए तिलौराकोट आउने पर्यटकको संख्या बृद्धि गर्न सकिने र उनीहरूको बसाइँ लम्ब्याउन सकिने देखिएको छ । जस्ले यहाँको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने अपेक्षाका साथमा मार्गलाई पर्यटनको नयाँ प्रोडक्टको रूपमा बिकास गर्न शुरु गरिएको हो ।यस मार्गको प्रबद्र्धन गर्न पर्यटनविद् विक्रम पाँडेकाजीको अगुवाईमा नयाँ पर्यटकीय गन्तब्यका रूपमा विकास गर्न तत्कालिन नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी, बोर्ड अन्तर्गत बुद्ध सर्किट टुरिजम प्रमोशन समितिका २० जना पदाधिकारी यात्रामा सहभागी भएका थिए । उनीहरूले ५ घण्टामा करिब ३६ किमी बाटो यात्रा गरेका थिए । सुत्केरी मार्गको विकास गर्न युनेस्कोका तत्कालिन नेपाल प्रतिनिधि क्रिस्चियन म्यानहर्ट र परामर्शदाता थोमश स्क्ररोमले उक्त बाटोमा साईकल यात्रा गरेका थिए ।
विश्व बैंकले मायादेवी सुत्केरी भएर पहिलो पटक दरबार फर्केको बाटोलाई मायादेवी ट्रेलका रूपमा विकास गर्न रुचि देखाउँदै आएको छ । सो रुटमा तिलौराकोटदेखि लुम्बिनी सम्म युएसएडले २०८० सालमा मायादेवी ट्रेल रनको आयोजना गरेको थियो । बुद्धिष्ट सर्किट डट कमको आयोजनामा यसै बर्ष मंसिर महिनामा १० जना लेडी बाईक राईडरले बाईक राईडिङ्ग गरेका थिए । सो मार्गमा महिला बाईक राईडरको समूह (दुई पाग्रें क्विन्स) ले शान्ति यात्रा गरेका हुन ।
‘बिगतमा यो मार्ग ओझेलमा थियो । यो मार्गलाई नयाँ पर्यटकीय प्रोडक्टको रूपमा बिकास गरेर कपिलवस्तुमा समेत पर्यटक भित्राउन र उनीहरूको बसाइँ लम्ब्याउन सकिन्छ’ पाँडेकाजीले भने । ‘नयाँ काम गर्नुपर्छ भनेर मैले यो अवधारणा ल्याएको हुँ । यसको प्रचार प्रसारका लागि बिभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा यसको बिशेषता उल्लेख गर्दै आएको छुु,’ उनले थपे । संसारका ५० करोड बुद्धिस्ट महिला बौद्ध धर्मावलम्बी रहेको र उनीहरूको आस्थाको केन्द्र लुम्बिनी पनि रहेकाले माता मायादेवी सुत्केरी मार्गको ३ रात ४ दिनको प्याकेजको पैदल यात्राको योजना गरेर यो रुटलाई नयाँ रुटको रूपमा बिकास गर्न सकिने उनको बुझाई छ । बिश्वभरि यो मार्गको महत्व स्थापित गरेर यो मार्गलाई पर्यटनको महागन्तब्य बनाउन सकिनेमा उनी बिश्वस्त छन ।

गौतम बुद्धको जन्म भएको स्थान र मायादेवीको आशीर्वादले यो स्थान बौद्ध धर्मावलम्बीहरूको लागि पवित्र तीर्थस्थल बनेको अध्यात्मिक महत्व छ । त्यसैगरि यो मार्गले प्राचीन समयका जनजीवन, यात्रा, र संस्कृतिको झलक दिएर एतिहासिकता झल्काउँछ । त्यस्तै विश्वभरका श्रद्धालुहरू र पर्यटकहरूको आकर्षण केन्द्र बन्दै जानु यसको पर्यटकिय महŒव हो । माता मायादेवीको सुत्केरी मार्ग नारी शक्तिको सम्मानको प्रतीक हुनुका साथै यस्ले एउटा आमाको त्याग र प्रेमलाई झल्काउने भएकाले यसलाई नारी सम्मान र मातृत्वको प्रतीकको रूपमा लिने गरिन्छ । यो मार्गलाई पर्यटकीय प्रोडक्टको रूपमा बिकास गर्न सुरक्षित र सुबिधाजनक पदमार्ग निर्माण, साइकल ट्रेल, विश्रामस्थल, स्थानीयस्तरमा होमस्टे र इको–लजको सुबिधा थप्न आवश्यक रहेको लुम्बिनी बिकास कोषका परिषद सदस्य गोपीकृष्ण शर्मा बताउँछन । सो मार्गमा बुद्ध र मायादेवीसँग सम्बन्धित मूर्तिकलाको स्थापना, स्थानीय कला, संगीतको झल्को, श्रद्धालुका लागि ध्यान केन्द्रनिर्माण गर्न आवश्यक रहेको उनी बताउँछन । प्रबिधि मार्फत प्रचार गर्न मार्गको भर्चुअल टुर, मोबाइल एप्स, र वेबसाइटमार्फत प्रचार गर्न मल्टिमिडिया सामग्रीको उत्पादन आवश्यक रहेकोमा शर्माको जोड छ ।

लुम्बिनी र कपिलवस्तु क्षेत्रमा पर्यटक बृद्धि गर्न मार्गको परिकल्पनाले भूमिका खेल्ने तर पर्यटकको बसाइँ बढाउन सुबिधा भने बृद्धि गर्न आवश्यक हुने लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राई बताउँछन । “यो मार्गलाई पर्यटकीय प्रोडक्टको रूपमा अगाडि बढाउँदै गर्दा अहिलेको सुबिधाको नक्सांकनसँगै सुबिधाको उपलब्धता सुनिश्चिताले लुम्बिनी आउने पर्यटकको बसाइँ बृद्धि गर्न भूमिका खेल्छ । यसले पर्यटन प्रबद्र्धनमा सहयोग पुग्छ ।” बरिष्ठ निर्देशक राईले भने । यसको बिकास र प्रबद्र्धनमा परिकल्पनाकार पाडेँकाजी सँगै नेपाल पर्यटन बोर्ड र युएसएडले समेत चासो राख्दै आएको उनले जानकारी दिए । “एक तहको नक्सांकनको काम भएको छ । लुम्बिनीदेखि तिलौराकोट पुग्दा सम्म के–के सुबिधा छ र कति कति दुरीमा छ । कस्तो खालको लगानी भित्राउन सकिन्छ भन्ने बिषयमा युएसएडले अध्ययन गरिराखेको छ,” उनले भने । माता मायादेवी सुत्केरी मार्गलाई नयाँ पर्यटकिय प्रोडक्टको रूपमा अगाडि बढाउँदा लुम्बिनी र कपिलवस्तु क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानमा सहयोग पुग्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?