ट्रेंडिंग:

>> सुडानमा हैजाको प्रकोप: २ हप्तामा ९२ जनाको मृत्यु >> टेकुको ढलमा फसेका व्यक्तिको उद्धार >> राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम शुरु, सुरक्षा व्यवस्था कडा >> भारत-पाकिस्तान सीमामा यात्रा नगर्न अमेरिकाले जारी गर्यो ट्राभल एडभाइजरी >> लुम्बिनीमा प्रादेशिक सडक सञ्जाल गुरुयोजना टुंग्याउन छलफल >> गाैरमा सिंहकाे पक्ष र बिपक्षमा नाराबाजी जारी >> कर्णाली प्रदेशका तीन हिमाली जिल्लामा तारा एअरको उडान बन्द >> नेपालले युगाण्डाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै >> सुनको मुल्यमा सामान्य वृद्धि >> रवि लामिछाने तारिख बुझ्न कास्कीमा >> सकियो त्रिपिटक पाठ समारोह >> पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा स्वागत गर्न राजेन्द्र लिङदेन जादै >> विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन >> सिद्धार्थ क्रिकेट रंगशालामा प्रधानमन्त्री कप शुरु >> लमहीमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुरु >> राष्ट्रियसभाको बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? >> प्रधानमन्त्री ओलीले आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै >> विनिमयदर: डलरको भाउ घट्याे, युराेकाे भाउ बढ्याे >> उत्तर कोरियाले घातक पनडुब्बी बनाउदै >> अमेरिकामा गोली हानेर मृत्युदण्ड >> महिला दौड प्रतियोगिता उपाधि कालिका माविकी प्रकृतिलाई >> ‘विद्यार्थी ड्रप आउट रोक्न आवश्यक’ >> डढेलो नियन्त्रणमा ‘अर्घाखाँची मोडेल’ >> भुकम्पको धक्का बढ्दै बिपद् पूर्व तयारीमा ध्यान जाओस् >> सैनामैना गोल्डकप : आज आयोजक मुर्गिया एफसी र अभिषेक चर्च नवलपुरबीच पहिलो सेमीफाईनल खेल हुने >> कांग्रेसको ‘मिसन रोजगारी’ अभियान आजबाट >> ‘एक्ली महिला रेफ्रि कृति’ >> इलेक्ट्रिक सिगरेट (भेप) तस्करी गर्नेलाई राजस्वको मुद्दा >> ‘गोविन्दे’ हात्तीको आक्रमणबाट ३४ वर्षीय युवकको मृत्यु >> नक्कली कागजातबाटै नेपाली महिलाको तस्करी >> भारत र न्युजिल्याण्ड भिडन्त, कस्को पल्ला भारी ? >> पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना >> बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न >> चौथो खुमबहादुर खड्का भलिबलको उपाधि मणिमुकुन्द क्लबलाई >> लाफाका बिनोद र अरबिनलाई मेन्स डबल्सको उपाधि >> महिला योगदान बारे अन्तरक्रिया >> बृहत् रक्तदानमा १५० जनाले गरे रक्तदान >> नारी दिवसमा स्वस्थ सचेतना कार्यक्रम >> राजावादी सक्रिय भएको भन्दै माओवादीले स्थगित गर्‍यो अभियान >> शान्ति समाजद्वारा नागरिक संवाद  >> सैनामैना गोल्डकपः कपिलवस्तु ११ सेमीफाईनलमा प्रवेश >> सरकार सबै पेशाकर्मीलाई प्रोत्साहित गर्दै अघि बढ्छ : मुख्यमन्त्री आचार्य >> वनै खायो वनमाराले >> नारी दिवस कप: नेपालले आज नामिबियासँग खेल्दै >> केपी ओलीलाई मोरङमा धक्का, विद्या भण्डारीको जितमा विनोद ढकाल ‘नायक’ >> ‘निजी क्षेत्र कमजोर भएर सरकार बलियो हुन सक्दैन’ >> सन्दर्भः ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस >> टिपरका लागि छुट्टै लाइसेन्स व्यवस्था गरौंः सांसद झा >> विद्युतले उद्योगी हैरान >> आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस : अधिकार, समानता र सशक्तिकरणमा जोड

समाज बिथोल्नेदेखि सावधान !

२० माघ २०८१, आईतवार
२० माघ २०८१, आईतवार
आजकल चल्तीमा आएका गीतका शब्दहरू र दृश्य छायाङ्कनले समाजलाई कुन दिशातर्फ डो¥याएका छन् ? आमसञ्चार माध्यम, सामाजिक सञ्जाल, विभिन्न मेला महोत्सव, दोहोरी प्रस्तुतिका समयमा गरिने साँस्कृतिक कार्यक्रमका नाममा प्रत्यक्ष रूपमै समाजलाई गलत सन्देश दिने कार्य भैरहेका छन् । मनोरञ्जन मानिसको न्यूनतम आवश्यकता हो । कला र गला भएकाले मनोरञ्जन प्रदान गर्ने र यसलाई पेशा वा व्यवसायका रूपमा अंगाल्दै आयआर्जनको माध्यम बनाउनुपर्छ । गीत सङ्गीतका धेरै फाइदाहरू छन् । गीतले मनोरञ्जन प्रदान गर्दछ । नारायणगोपाल, फत्तेमान, प्रेमध्वज प्रधान, तारादेवीहरूले धेरै मीठो स्वर, भाव, शब्द र संगीतमार्फत मनोरञ्जन दिएका हुन् । उहाँहरूका गीतमा प्रेम छचल्किएको छ । माया ममता पोखिएको छ । भावना र आवेग संवेग उत्कर्षमा छ तर यी भावको हेक्का गर्न हिम्मत र क्षमता चाहिन्छ । बोमबहादुर थापा, प्रेमराजा महत, झलकमान गन्धर्व, बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने लगायतका गीतले मानिसहरूलाई धेरै नै मनोरञ्जन दिएका हुन् । उहाँहरूका गीतमा बिम्बले काम गरेका छन् । फत्तेमानको “सान्नानीको गालैमा कालो कोठी रहेछ” ले प्रेमिकाको सौन्दर्यबाट मोहित भएको बताउँछ भने नारायणगोपालको ‘म त लालीगुराँस भएछु’ ले आफूलाई प्रिय वस्तुका रूपमा चित्रण गरेका छन् । नारायणगोपालकै एक्लै तिमी नआउनु म मातिएको बेला जस्ता गीतमा खुला प्रेमको अन्तर्य छ । झलकमानको बाबाले सोध्लान् नि खोइ छोरा भन्सालन् मा एउटा लाहुरेको बियोगान्त अवस्थाको युद्ध मैदानको भाग्यको चित्रण गरिएको छ । यसले धेरैलाई रुवाएको छ । बोमबहादुरको ‘डाँडैको देवी देउराली’ जनजनको बोलीमा थियो ।
विशेषगरी समाजलाई सचेत गर्ने वा समाज परिवर्तनका लागि गीतको ठूलो भूमिका हुन्छ । उदाहरणका लागि समाजमा सकारात्मक परिवर्तनका लागि चेतना जगाउने, उत्प्रेरणा जगाउने, समाजका गलत प्रथाहरूका नकारात्मक पक्षको चिरफार गर्दै सामाजिक न्यायका लागि आवाज उठाउँदा समाज परिवर्तनको कार्यमा गीतको भूमिका महत्वपूर्ण मानिन्छ । उदाहरणका लागि प्रकाश सपुतले गाएका जातीय विभेदविरुद्धका गीतहरू सबैका प्रिय बन्न पुगे । बलिदान फिल्ममा राखिएको “पूर्वको मेची नि हाम्रै हो, पश्चिम महाकाली नि हाम्रै हो” बोलको गीतले राष्ट्रभक्तिको भावना बढाउँछ । जीवन शर्माका गीतहरू जस्तै “सिमली छायाँमा बसी भरिया लामो श्वास फेरेको” बोलको गीत निकै लोकप्रीय छन् । उनीले गाएका गीतहरूमा समाजका विकृतिको चिरफार गर्दै सामाजिक राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण माध्यम हुन् । नेकपा माओवादीको नेतृत्वमा भएको १० वर्षे द्वन्द्वका समयमा सामना साँस्कृतिक परिवारका कलाकारहरूको प्रस्तुति धेरै नै सशक्त थिए । लडाकुहरूलाई हौसला प्रदान गर्ने मात्र नभै नरसंहारको नेतृत्वकर्ता पनि कलाकारहरूको गीत सुनेर भावुक हुँदै भक्कानिएका भिडियो क्लिप्स भाइरल भएको थियो । बन्दुकबाट परिवर्तन गर्ने भन्दै हिंडेकाहरू पनि शब्दहरू सुन्दा भक्कानिएका थिए । पञ्चायती ब्यवस्थाका विरुद्ध रामेश, रायन र जे बि टुहुरेहरूले गीत संगीतमार्फत आगो ओकलेका थिए । ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ, ”तिमी देउ तिम्रा हातहरू, म दिन्छु मेरा हातहरू’ लगायतका गीतहरूमार्फत यिनीहरूले मानिसहरूलाई आन्दोलनमा होमिनका लागि उत्प्रेरित गरे । सामाजिक राजनीतिक परिवर्तनका लागिमात्र होइन ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो, “यो नेपाली शीर उचाली संसारमा लम्कन्छ’ जस्ता गीतहरूले नेपालीको अदम्य साहस र कुनैपनि वैरीले जित्न नसकेको गौरवगान गर्दछ । बद्री पंगेनीको “जनताको शासन आएन” गीतले नेपालमा भएका राजनीतिक परिवर्तनका बाबजुद मानिसहरूको अवस्थामा कुनै परिवर्तन नभएको, नागरिकका आवश्यकता वा अपेक्षा पूरा गर्न कुनैपनि सरकार असफल भएको विश्लेषणसहित राजनीतिक दलहरूको आँखा खोलेको छ । हरिदेवी कोइरालाको “पाइनखबर, घर फर्की आउनुहोस् मेरो हजूर” ले विदेशिएका मानिसहरूलाई स्वदेशमै आएर काम गर्न आह्वान गरेको छ । नारायण रायमाझीले गोर्खा पल्टन गीतमा भट्टी पसल गरेर बसेकी युवतीलाई पाहुनाहरूले कुदृष्टि लगाउने र कुकार्य गर्ने हुनसक्ने भएकाले सचेत भै पेशागर्न सम्झाएका छन् ।
विशेषगरी गीत संगीतले मनोरञ्जन र विचार दिने गर्दछन् । मनोरञ्जन प्रधान सामग्रीले मानिसलाई आनन्द दिने र कुनै प्रकारका तनाव वा चिन्ता वा वेचैनी हटाएर मानिसलाई शान्त शीतल रहन मद्दत गर्दछन् । विचार प्रधान सामग्रीले मानिसको मानसिक अवस्था वा सोंचाइ परिवर्तन गरी सामाजिक वा राजनीतिक वा आर्थिक वा शैक्षिक वा कुनैपनि प्रकारका परिवर्तनलाई सघाउने, स्वीकार गर्ने वा नयाँ विचार दिन मद्दत गर्दछन् । मनोरञ्जन स्वच्छ र स्वस्थ हुनुपर्छ । स्वच्छ र स्वस्थ मनोरञ्जनका लागि गीतले सहयोग गर्नुपर्छ । विडम्बना पछिल्ला वर्षहरूमा केही गीतहरूमा प्रयोग भएका शब्दहरू अत्यन्त असभ्य, अमर्यादित र समाजलाई नै बिलोल्ने खालका छन् । ती गीतहरूले समाजलाई गलत दिशातिर लगिरहेका छन् । केही दिन अगाडि मा. डा. चन्द्र भण्डारीले चिन्ता ब्यक्त गर्नुभएको छ । उहाँले पछिल्लो समय निकै लोकप्रीय बनेको “म त ढलें ढलें” गीतको उदाहरण दिंदै हामीले कस्तो समाज निर्माण गर्दैछौं भन्ने प्रश्न गर्नुभएको छ । त्यस गीतमा ‘मलाई’ वा’ आमालाई’ भन्ने शब्द नै विवादित भएको छ । गायकले ‘मलाई’ भनिएको र गीतमा लय मिलाउन ‘आ’ भनेर जोडेको बताएकी छन् । तर पल्लारे साइलाले भन्ने भनाइले सन्देश के दिन खोजेको ? के अब वल्लो घर पल्लो घरको शारीरिक सम्बन्धहरू सामान्य बन्न लागेका हुन् ? म त ढलें ढलें भन्नाले ढलें को अर्थ के हो ? अनि यही गीत सर्बाधिक लोकप्रीय बन्दछ भने वास्तवमा नेपाली समाज कता जाँदैछ ? केही वर्ष पहिला “धोकेबाज हौ तिमी” बोलको गीत निकै लोकप्रीय बनेको थियो । यहाँ ज्योति मगर र दुर्गेश थापाहरूको चर्चा छ । उनीहरूको उपस्थितिमा आयोजकले धेरै टिकट बिक्री गर्न पाउँछन् । केही दिन अगाडि एउटा कार्यक्रममा ज्योति मगरलाई बोलाइयो । अर्को दिन उनीले कुन गीत गाइन् होइन कि यहाँ त स्टेज बलियो बनाएका रहेछन् ज्योतिले पनि भाँच्न सकिनन् भन्ने चर्चा चुुलियो । अर्थात् मानिसको ध्यान उनीले गाउने गीतमा होइन कि उनी कति जोडले उफ्रिन्छिन् भन्नेमा रहेछ । गीतमा उच्छृंखलता बढेको सँगसँगै तीजजस्तो साँस्कृतिक पर्वको गीतमा पनि प्रभाव परेको छ । तीजको गीत र मायाप्रितीको गीतमा खास भिन्नता पाइन छाडेको छ । केटा केटीको दोहोरी र केटाकेटीको युगल वा सामूहिक नाच तीजमा आएका छन् । शब्द तथा भावमा समेत माया प्रेमले मौलिक तिजलाई विस्थापित गरेको छ । महिनाभन्दा बढी दर खाने चलन आएसँगै दरले मातेका महिलाहरू गीत बजाएर उफ्रिने गर्न थालेका छन् । देउसी भैलोको पनि मौलिकता मेटिएको छ । डेक बजाएर छाती र कम्मर जति बढी हल्लाउन सक्यो त्यति धेरै पैसा उठ्न थालेको छ । अचेल दोहोरी गीतहरू पनि अति छाडा बनेका छन् । हानिदिउँलामात्र होइन मारिदिउँला, ठोकिदिउँला, दुईवटी रहेछन् तेस्रो बनौंला जस्ता शब्दहरूले कुनै गीतको स्वरूपभन्दा पनि मात्तिएर उफ्रिएको आभाष दिन्छ । केहीवर्ष पहिला “अरेली काँडैले” भन्ने गीत त्यहाँ भएको ‘च्वास्सै’ शब्दमा रमाएर धेरैले मन पराए ।
प्रश्न गीतकार र गायकलाई मात्र होइन, नेपाली समाजलाई पनि सोध्नुपर्ने भएको छ । गीतकारहरूले आप्mनो सृजनात्मक क्षमतालाई मानिसलाई सही मार्गदर्शन गर्नका लागि उपयोग गर्नुपर्ने देखिन्छ । गायक एवम् सर्जकहरूले सस्तो लोकप्रियताका लागि उच्छृंखलता प्रदर्शन गर्ने हो भने त्यस्ता ब्यक्तिको लोकप्रियता क्षणिक हुने र समाजका लागि पनि गलत कार्य गरिरहेको हुन्छ । नेपाली समाजले समेत सकारात्मक व्यवहारलाई प्रोत्साहन गर्नुपर्ने भएको छ । गीत संगीतले मानिसलाई आनन्द, सुख र शान्ति दिन्छ तर गलत प्रकारको गीतले मानिसलाई गलत बाटोमा लैजान्छ । एकपटक भारतमा एउटा प्रयोग गरिएको रहेछ । एउटै प्रजातिका उही अवस्थाका दुईवटा विरुवालाई एउटालाई अंग्रेजी जाजम्युजिक र अर्कोलाई रविशंकरको शास्त्रीय संगीत सहितको धुन दिइएछ । अन्य सबै परिस्थिति एउटै तर संगीतको प्रकार अनुसार ती विरुवाको विकास फरकफरक भएछ । जाजम्यूजिक बजाइएको विरुवा जिंग्रिंगको सिस्नुजस्तो र शास्त्रीय संगीत दिइएको विरुवा चिल्लो पातसँग बढेछ । अर्थात् गीत संगीत अनुसार मानिसका ब्यवहार फरक फरक हुन्छन् । विरुवाले त यसरी फरकपना महसुस गर्नेरहेछ भने मानिसले पनि सुनेको गीत संगीत अनुसार आफूलाई परिवर्तन गर्दछ । रोजाइको अवसर प्रचुर भएको वर्तमान समयमा कुन खालको गीत संगीत सुन्ने मानिसको रोजाइमा भर पर्दछ । जस्तो सामग्री हाम्रो रोजाई र उपयोगमा रहन्छ, हामी त्यस्तै प्रकारको बन्दछौं । तसर्थ विकृतिहरूलाई नियन्त्रण गर्नका लागि कानुन वा सामाजिक, नैतिक र मानवीय बन्धन वा वैयक्तिक चेतना हुनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?