© 2026
काठमाडौं । पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशिला कार्कीले प्रयोग गर्दै आएको सरकारी गाडी शुक्रबार फिर्ता गरेकी छन्। गाडीमा पटक–पटक समस्या देखिनुका साथै अत्यधिक इन्धन खर्च हुने भएपछि गाडी फिर्ता गरिएको बताइएको छ।
कार्कीका पूर्व प्रेस सल्लाहकार राम रावलका अनुसार हाल कार्कीसँग कुनै पनि सरकारी गाडी छैन। साथै, सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा आफूले पाएको गाडीको अवस्थाबारे भने कार्कीले चासो व्यक्त गरेकी छन्। “सर्वोच्चमा हुँदा पाएको गाडी कहाँ छ,भनेर उहाँले सोध्नुभएको थियो,” प्रेस सल्लाहकार रावलले बताएका छन्।
कार्कीको यो कदमलाई सरकारी सुविधा, राज्य सम्पत्तिको उपयोग तथा पूर्वपदाधिकारीलाई उपलब्ध गराइने सेवासुविधाबारे नयाँ बहसको विषयका बन्ने देखिन्छ ।