ट्रेंडिंग:

>> विद्यार्थीका अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न आवश्यक- मन्त्री यादव >> शिक्षक महासंघले गर्यो थप आन्दोलनको घोषणा >> सेयर बजारमा लगातार गिरावट, नेप्से २७५१ मा पुग्यो >> वीरेन्द्रनगरको होटलमा आगलागी >> मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै पर्सामा एक जना शिक्षकले आत्मदाहको प्रयास >> बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न प्रधानमन्त्रीको आग्रह >> स्ववियु निर्वाचनमा अवरोध गर्न खोजिएको भन्दै अनेरास्ववियु रुपन्देहीको आपत्ति >> उत्तर कोरियाले अज्ञात ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको आरोप >> परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान >> मुलुकभित्रै रोजगारीका अवसर सृजना गर्न निजी क्षेत्रको असाधारण महत्व छ- प्रधानमन्त्री ओली >> तीन घन्टादेखि इसेवा अवरुद्ध, ग्राहकलाई सास्ती >> आगलागीमा जलेर जाजरकोटमा १२ वर्षीय बालकको मृत्यु >> वीर अस्पतालमा दुबै सिफ्टमा अप्रेसन सेवा सुरू >> राप्रपाले बुझायो महानगरले गरेको एक लाख जरिवाना >> परालको घुरले सप्तरीमा तीन घर जले, लाखौं क्षति >> राजतन्त्रको पक्षमा माहोल देखेको छैन- देउवा >> ६.५९० किलो चरेससहित पर्सामा तीन जना पक्राउ >> अदालतको अवहेलना गर्दै बद्री केसी, पूर्व अध्यक्षहरुलाई बोलाएर छुट्टै बैठक गर्दै >> राप्रपाले ज्ञानेन्द्रलाई फर्काउन चैत १ बाट फेरि आन्दोलन थाल्ने >> शाहरुख खानलाई आयकर विवादमा राहत >> महोत्तरीका स्थानीय तहको कार्यसम्पादन निक्कै कमजोर, विधुतीय प्रविष्टिमा शुन्य अंक >> ज्ञानेन्द्र शाहीलाई विष्णु रिमालले भने- यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन >> युक्रेन रुससँग अमेरिकी योजना अनुसार युद्धविराम गर्न तयार >> कमल थापाले बोलाए पार्टीको पदाधिकारी बैठक >> आज कति पुग्यो सुनचाँदीको मुल्य ? >> ज्ञानेन्द्र शाहीको आरोप: आदित्यनाथको फोटो विष्णु रिमालले राख्न लगाएको पाइयो >> कस्तो छ आजको विदेशी मुद्राको विनिमयदर ? >> मुहानश्रोत संकलन केन्द्रमै अटोमेटिक क्लोरिनेशन >> प्रतापपुरको सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई >> युएसआईडी सहयोगमा भ्रष्टाचारीको कनेक्सन >> पूर्वराजालाई स्वागत गर्दा फोहोरमैला गरेको भन्दै काठमाडौँ महानगरको राप्रपालाई एक लाख जरिवाना >> पालिका अस्पताल सञ्चालनमा वेवास्ता >> लुम्बिनी प्रदेशमा सडक सञ्जाल गुरुयोजना: कुरा जहिले, काम कहिले ? >> वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दै >> बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २७ वर्षीय युवक एयरपोर्टबाट पक्राउ >> ‘देवगाव’ प्राचीन स्थल ! >> सडकमा फोहोर गरेको भन्दै महानगरद्वारा राप्रपालाई एक लाख जरीवाना >> पश्चिमी वायुको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना >> सरकारी लेटरहेडमै पूर्वराजालाई ‘श्री ५’ को सम्बोधन, मन्त्रालयले सोध्यो २४ घण्टे स्पष्टीकरण >> सैनामैना गोल्डकपः अभिषेक चर्च रजहर फाइनलमा प्रवेश >> दार्जिलिङ घुम्न लैजाने भन्दै महाराष्ट्रको कोठी पुर्‍याएर दुई महिला डेढ लाखमा बिक्री >> पूर्वराजाको स्वागतमा राजावादीले बोके आदित्यनाथको तस्वीर >> पीएम कपमा लुम्बिनी, एपीएफ र कर्णालीको विजयी शुरुवात >> गेटा मेडिकल कलेज चाँडै विश्वविद्यालयमा स्तरोन्नति हुन्छ- प्रधानमन्त्री ओली >> पूर्वराजा ज्ञानेन्द्रको त्रिभुवन विमानस्थलमा भव्य स्वागत >> चैतको पहिलो सातादेखि तिलोत्तमा गोल्डकप >> मानव बेचबिखन मुद्दामा सर्वाधिक खोजीमा रहेका व्यक्ति ६ वर्षपछि पक्राउ >> युगाण्डाविरुद्ध नेपालको संघर्षपूर्ण एक विकेटको जित >> सेयर बजारमा सामान्य गिरावट >> गणतन्त्रवादीहरु एकजुट हुन चित्रबहादुर केसीको प्रस्ताव

स्वर्गद्वारी गुठीका मोही किसानले न्यायको लागि माइतीघरमा अनिश्चितकालीन धर्ना

२० माघ २०८१, आईतवार
२० माघ २०८१, आईतवार

काठमाडौँ ।

दाङको स्वर्गद्वारी गुठीका मोही किसानहरूले न्यायको माग गर्दै काठमाडौँको माइतीघरमा धर्ना शुरू गरेका छन्। हलो, कुटो, कुदालसहितका कृषि औजार लिएर आएका गुठी पीडित किसानहरूले माइतीघरको सडकमा केहीबेर प्रदर्शन गरेपछि अनिश्चितकालीन धर्नामा बस्न थालेका हुन्।

गुठी पीडित मोही किसानको हितमा गुठी ऐन जारी गर्नुपर्ने माग गर्दै उनीहरूले आजदेखि अनिश्चितकालीन धर्नामा बस्न थालेका छन्। स्वर्गद्वारी आश्रमका मोही किसानको मोहीयानी हक प्रमाणपत्र अनुसारको जग्गा प्राप्तिको कानून निर्माणका लागि दबाब दिन आफूहरू धर्नामा उत्रिएको संघर्ष समितिका सचिव भरत गिरीले जानकारी दिनु भएको छ।

२०४५ सालदेखि नै जिल्ला केन्द्रित आन्दोलन गर्दै आएको भएपनि आफ्नो मागको सुनुवाइ नगरेपछि अहिले काठमाडौँ आएर धर्ना बस्नुपर्ने अवस्थामा पुगेको गिरीले बताउनुभयो।

स्वर्गद्वारी गुठीको मोहीमा दाङका १२ गाउँमा ३ हजार ५ परिवारका १६ हजार जनसंख्या बसोबास गर्दै आएको छ। किसानहरूले खेतीपाती गर्दै बसोबास पनि गर्दै आएका छन्, तर उनीहरूको जग्गा स्वर्गद्वारी गुठीको नाममा रहेको छ। आफूहरूसँग भएको मोहीयानी हक सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेशसमेत जारी गरी खारेज गरिएको पीडितहरूको गुनासो रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?