ट्रेंडिंग:

>> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान

गृहणी महिलाको अचार उद्यम

घर परिवारको जिम्मेवारी सम्हाल्दै समय निकालेर अचार उत्पादन गरिरहेका छ्न् । अकबरे खुर्सानी, लसुन, आँप, मेथी, मासु लगायतका अचार उत्पादन गरिरहेको उक्त महिलाको समूहलाई अचार नियमित आम्दानीको स्रोत भएको छ ।
२० माघ २०८१, आइतबार
२० माघ २०८१, आइतबार

चन्द्रौटा, २० माघ ।
कुनै तालिमपछि रोजगारी र आम्दानीको पाटोसँग जोडिनुपर्छ भन्ने सबैको मनमा हुन्छ । तर जोडिरहेको कमै भेटिन्छ । तर कपिलवस्तुको एक महिला समूहले कठिन परिस्थितिलाई सहज तुल्याउँदै उद्यम गरी उदाहरण दिएको छ । शिवराज नगरपालिका वडा नम्बर–३, का ५० जना महिलाहरूले करिब एक बर्ष अघि अचार बनाउने ५ दिनको तालिम लिएका थिए ।ती तालिम लिएकामध्ये ५ जना मिलेर सामूहिक रूपमा अचार व्यावसायमा लागेका छन् । उनीहरू घर परिवारको जिम्मेवारी सम्हाल्दै समय निकालेर अचार उत्पादन गरी गरिरहेका छन् । घरपरिवारसँगै श्रीमानको बोझ कम गर्दै रोजगारीसँगै आम्दानीको पाटोमा लागेको सञ्चालक जानुका भुसाल बताउँछिन् । उनका अनुसार यतिबेला उनीहरू दैनिक १० देखि २० किलो आचार उत्पादन गर्ने गरेका छन् ।

अकबरे खुर्सानी, लसुन, आँप, मेथी, मासु लगायतका आचार उत्पादन गरिरहेको सञ्चालक भुसालले बताइन् । घर गृहिणीको काम सकाएर रोजगारीसँग जोडिएर सामूहिकरूपमा काम गर्न पाउँदा आफू निकै खुसी भएको उनको दाबी छ । समाजका अग्रज व्यक्तित्वसँग चिनजानसँगै अचार व्यवसायबाट आम्दानीको प्रत्यक्ष लाभ लिन पाउँदा खुसीको लागेको उनले जनाईन् ।“पहिले हामीले बाहिर बिक्री गर्न सम्भव होला भनेर सोचेका थिएनौँ । तर, अहिले स्थानीय बजारमै राम्रो माग छ” आचार व्यवसाय सञ्चालक भुसालले भनिन् । घरायसी काम सकेपछि सामूहिक रूपमा व्यवसायमा संलग्न हुँदा आत्मनिर्भर बन्न पाएकोमा उनी खुशी छिन् । समूहले भविष्यमा उत्पादन वृद्धि गर्दै अन्य महिलालाई पनि रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।

“महिलाले आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्दा मात्र समाजमा सशक्तीकरण सम्भव छ”, भुसाल भन्छिन् । दैनिक महोत्सवमा आउने दर्शकहरूलाई उद्यमी महिलाहरूले उत्पादन गरेका अर्गानिक अचार उनीहरूको स्वादको मुख्यआकर्षणको केन्द्रबिन्दु समेत बनेको छ । उनीहरूले यसअघि खरेन्द्रपुरमा अचार उत्पादन गरी सामाजिक सञ्जालमार्फत ग्राहकको माग अनुसार होम डेलिभेरी गर्ने गरेका छन् ।

स्थानीय उत्पादनलाई स्थानीय सरकारले प्रभावकारी रूपमा सहजीकरण गरेको समुहकी अर्की सदस्य ममता खनालले बताईन् । उत्पादनमूलक कार्यमा महिलालाई प्रोत्साहन गर्न सरकारले समेत अझ प्रभावकारी भूमिका खेल्न आवश्यक रहेको उनको भनाई छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न स्थानीय सरकारको सहयोग प्रभावकारी भएको खनाल बताउँछिन् । उनले भनिन्: “महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन अझ बढी सहुलियत योजना आवश्यक छ” ।
यहि माघ ९ गते देखि व्यापार संघ कपिलवस्तुको आयोजनामा सञ्चालन रहेको ९औँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक महोत्वमा व्यापारिक स्टल राखिएको खनालले जनाईन् । महोत्सवमा २७ नम्बर स्टलमा शिवराज महिला उद्यमी अचार समूको स्टलमा आएर अचारको स्वाद लिन आग्रह समेत उनले गरिन् । मेलामा दैनिक करिब १५ हजार रकम बराबरको कारोबार हुने गरेको उनले जिकिर गरिन् ।उनीहरूले उत्पादन गरेको अचार २ सय देखि एक हजार ५ सयसम्मका एक पाउदेखि १ केजीको प्याकेजमा स्थानीय बजारमा उपलब्ध रहेको समूहले जनाएको छ । सम्बन्धित निकायले थप तालिम प्रदान गरे व्यापकरूपमा जिल्ला बाहिरसमेत व्यापार गर्ने उनीहरूको योजना छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?