© २०२३
कपिलवस्तु, १९ माघ
कपिलवस्तुको तौलिहवामा ९ दिवसीय श्रीराम कथा महायज्ञ आयोजना हुने भएको छ । जिल्लामा क्रियाशिल आधा दर्जन बढी हिन्दुवादी संघ संगठनको सामूहिक आयोजनामा कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित श्री बुद्धपद्य मावि तौलिहवाको मैदानमा चैत १६ गतेदेखि २४ गते सम्म माहायज्ञ आयोजना गरिने छ ।
महायज्ञमा नेपालकै चर्चित बाचकले राम कथा बाचन गर्ने गरी महायज्ञ आयोजना गर्ने आयोजक बताउँछन् । महायज्ञलाई सफल बनाउनका लागि विरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा ३१ सदस्यीय महायज्ञ आयोजक मूल समिति गठन गरिएको छ ।
जसको उपाध्यक्षमा माया ज्ञवाली, अशोक पाण्डेय र बृजेश भट्टराई, सचिवमा राजेश सोनी, कोषाध्यक्षमा सचिनम त्रिपाठी र सहसचिवमा हेमा थापा रहेका छन । सदस्यहरुमा काशिनाथ पाठक, राकेश यादव, गिरजेशरण चौधरी, सुचिता श्रीवास्तव, अनिल क्षेत्री, शारदा पराजुली लगायत छन् ।
आयोजक समितिको सल्लाहकारमा अनिल कुमार तिवारी, डाक्टर सतिश उपाध्याय, बिजयलक्ष्मी सिंह, मुकुन्दराज सिग्देल लगायत रहेका छन् । वैदिक हिन्दु सनातन धर्म प्रचारका लागि भव्यताका साथ महायज्ञ आयोजना गर्न थालिएकोले जनाउँदै महायज्ञ सफल बनाउन आयोजक समितिका अध्यक्ष चौधरीले सबै सँग आग्रह गरेका छन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी