ट्रेंडिंग:

>> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै

युगका शहिदहरूलाई सतत् नमन्

१६ माघ २०८१, बुधबार
१६ माघ २०८१, बुधबार

के शहिदहरूले यही स्थिति आउने सपना देखेका थिए ? आज प्रातः स्मरणीय शहिद गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराज शास्त्रीलाई सम्झना गर्दा मेरो मनमा यही प्रश्न बारम्वार दोहोरिईरह्यो । मेरो मनमस्तिष्कमा बारम्वार दोहोरिने यस प्रश्नले ती शहिदहरूको चरित्र, त्याग, तपस्या, प्रवृत्ति चिन्तनधारा, संघर्ष अनि जनक्रान्तिको अग्निज्वालामा आफूलाई आहुति दिँदा नेपाली जनताको सर्वतोमुखी उन्नति र नेपाल राष्ट्रको समृद्धिप्रति आफ्नो बलिदान सार्थक वन्ने कुरामा उनीहरू दृढ विश्वस्त थिए । यिनै शहिदहरूको प्रेरणाबाट अभिप्रेरित भई उनीहरू पछिपनि जनता र यो देशको लागि आजसम्म हजारौं नेपालीहरूले प्राण उत्सर्ग गरेर शहादत प्राप्त गरे । अभिव्यक्तिको स्वतन्त्रता, सभा सगंठन गर्ने स्वतन्त्रता, सत्तासीनहरूको निरंकुशता, व्यभिचार तथा देशलाई विदेशी शक्ति राष्ट्रको खेल मैदान वन्न दिने शासकहरूको प्रवृृत्तिका विरुद्ध जनक्रान्तिका हरेक अग्निज्वालामा यसपछि पुनः प्राणको आहुत दिएका तमाम ज्ञात अज्ञात हजारौं शहिदहरू प्रति हृदयदेखि नै श्रद्धाञ्जली अर्पण गर्न हामी सबै नेपालीहरूको कर्तव्य हो । साथै यि शहिदहरू भन्दा पनि विभिन्न प्रसंगमा तत्कालीन शासंकहरूले विभिन्न किसिमबाट प्राण हरेका अज्ञात शहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली दिनु हाम्रो कर्तव्य हो ।

सबै ज्ञात अज्ञात शहिदहरू प्रति हामी नतमस्तक छौं । जततामाथि दमन, अत्याचारको शोषणविरुद्ध शहिदहरूले प्राण उत्सर्ग गरेका थिए । देशको सार्बभौम सत्ताको संरक्षणका निम्ति शहिदहरूले प्राण उत्सर्ग गरेको थिए । सत्तामा वस्नेहरूको निरंकुश प्रवृत्ति र उनीहरूले सत्ता र शक्तिको आडमा जताततै उपद्रो मच्चाई देश र जनतालाई थाङनामा सुताई आफू अजेय शक्ति बनी भ्रष्टाचार र दुराचारको साम्राज्य फैलाउने चाहने निन्दनीय प्रवृत्तिकोविरुद्ध हाम्रा ज्ञात अज्ञात हजारौं शहिदहरूले आफ्नो प्राणको वलिदान दिएर हामीलाई सुशासन र समुन्नतिको उपहार दिएका हुन् । आज दुःखका साथ भन्नुपरेको छ कि शहिदहरूले दिएको त्यो उपहार खोसिएको छ । सभा संगठन गर्ने स्वतन्त्रता त छ तर त्यो सभाका सत्तामा वस्नेहरूले आफ्नो शक्तिको दुरूपयोग गरी राजनीतिक विवाद र गंभीर अशान्तिको पृष्ठभूमि तयार पारिरहेको तथ्यलाई जनतासमक्ष राख्दा यस्ता अभियन्ताहरूलाई अनेक किसिमको मुद्दा लगाएर थुनछेक गरेर ठेगान लगाउने अभ्यास चलिरहेको छ । शासकहरूले विदेशमा त्यहाँका विभिन्न वित्तीय संस्थाहरूमा धमाधम लगानी गर्न थालेका र स्वीस बैक लगायत विभिन्न विदेशी बैंकहरूमा पैसा राखेको कुरा खोज पत्रकारहरूले उदांगो पारिदिएर घाम जस्तै छर्लङ्ग पारिदिएका छन् तर पनि आफ्ना कुकर्मप्रति जनताका समक्ष आत्मालोचना गरी आफ्ना गल्तीहरू सच्याउने पक्षमा छैनन् । वरु खोज पत्रकारहरूलाई देशमा वस्ने नसक्ने अवस्था सिर्जना गरेर देशलाई राँडीको राज भन्ने उखान चरितार्थ पारेको अवस्था छ ।

भुटानी शरणार्थी काण्ड, बालमन्दिर जग्गा घोटाला काण्ड, वालुवाटार जग्गा घोटाला काण्ड, गिरिबन्धु टि स्टेट, टिकापुर जग्गा घोटाला काण्ड जस्ता निन्दनीय अपराधहरूमा सत्तामा वस्ने माथिल्लो तहका व्यक्तिहरूकै प्रत्यक्ष संलग्नता रहेको जान्दाजान्दै पनि उनीहरूलाई नै पुजनीय व्यक्ति मानिदिनु पर्ने संस्कारको विकास भइरहेको देख्दा देशको हालत संकटपूर्ण अवस्थामा छ भन्ने तथ्य जगजाहेर छ । तर, सत्तासीनहरू कुनैपनि हालतमा सच्चिने पक्षमा दखिदैनन् । अहंकार, दम्भ र घमण्डले चुलिएका शासहरू आफ्नो भजन गाईरहने भजनमण्डली वाहेक अरूलाई फुटेको आँखाले देख्न चाहदैनन् । सबैभन्दा ठूलो विडम्वना त के छ भने पार्टीभित्र सीमित कार्यकर्तालाई अलि अलि पकेट खर्च दिएर तथा माथिल्लो ओहदाका व्यक्तिहरूलाई भ्रष्टाचार र लुट धन्दामा खुल्ला छुट दिएर आफ्नो पक्षमा बनाई आफूले सत्ता र शक्तिको दुरूपयोग गरी मच्चाएको उपद्रोका विरुद्ध आवाज उठाउनेहरूलाई पाए कै साधारण सदस्य समेत नरहने गरी निस्कासन गर्ने र त्यस्तो अनुचित कार्यशैली अपनाउने पार्टीका मुखियाप्रति उनको हो मा हो मिलाई मुन्टो हल्लाउने प्रवृत्तिले विकराल रूप लिन थाल्दा लाग्छ के ती हाम्रा ज्ञात अज्ञात हजारौं शहिदहरूले देशमा यही स्थिति ल्याउने सपना लिएका थिए ? तर मुलुकमा आजको जस्तो अवस्था आओस भन्ने संकल्प थियो त हाम्रा शहिदहरूको ? के देशमा यस्तै स्थिति बरकरार रहोस भन्ने कामना गरेर आफनो प्राण उत्सर्ग गरेका थिए ?

हाम्रा प्रातः स्मरणीय पुजनीय शहिदहरूले संगठनको अधिकार लगायत सबै मानव अधिकार जनतालाई दिलाएरै छाड्ने संकल्प लिएका थिए । अभिव्यक्ति लेखन र अन्य तमाम पक्षहरूमा स्वतन्त्रता हासिल गराएरै छोड्ने प्रण गरेर आफूलाई आहुती दिएका थिए । शोषित पीडित जनताको कल्याण एवं उत्थान उनीहरूले दिएको बलिदानको अंग हो । राष्ट्रको सार्वभौमिकता, स्वाधीनता, अखण्डता उन्नयनको सपना उनीहरूको बलिदानीको पूर्व सर्त थियो । शहिदहरूका यी पूर्व सर्तहरूलाई हामीले आज कति कापालन ग¥यौ ? देशको समृद्धि र जनताको कल्याण हाम्रा शहिदहरूका जुन आकांक्षा हुन् आज हाम्रा कृयाकलापहरू त्यसतर्फ लक्षित छन् कि छैनन् भनेर मनमनै प्रश्न गरौ । हामी र हाम्रा शासकहरू त्यस्ता आकांक्षा पूरा गर्नु त परै रहोस् बरु त्यसको उल्टो बाटो हिडिरहेका छौं । शासकहरू मनपरी गर्छन, हामीहरू पार्टीका आँखाले हेर्छौं । आफ्नो पक्षले गरेको भएजस्तै जघन्य अपराधप्रति पनि चुपचाप वस्दछौं । विरोधी पक्षले भने सानो गल्ती गरेको भएपनि तिललाई पहाड वनाएर बोल्छन् । देशमा भ्रष्टाचारको कहालीलाग्दो स्थिति दिनानुदिन वढ्दै जाँदा हामीलाई मतलब छैन् । देशमा राष्ट्रघातको स्थिति कहालीलाग्दो अवस्थामा रहँदा हामीलाई आज मतलबै छैन । देशमा अनेकौ विसंगतीका लहर चल्दा हामीलाई त्यसप्रति कुनै चासो छैन । के हाम्रा शहिदहरूले देशमा यस्तै स्थिति आओस भन्ने चाहना गरेर आफनो बलिदान दिएका हुन् ? के देशको अर्थतन्त्र डुवाउने, तस्करीतन्त्र बढाउने र भ्रष्टाचार फैलाउने माफियातन्त्र मौलाउने लुटतन्त्र मौलाउने काम बढोस भनेर नै शहिदहरूले ज्यान दिएका थिए त ? देशमा आज जस्तो स्थिति छ, जनताको जस्तो अवस्था छ, यसैको निम्ति उनीहरूले संघर्ष गरेका हुन् त ? चाहे शासक वर्ग होस्, चाहे हामी आफूलाई प्रबुद्ध नागरिक सम्झनेहरू नै किन नहाऔं, हामी सबै शहिदहरूका आदर्श र शहिदका सपनाको विपरीत बाटो हिँडिरहेका छौं । । हामी शहीदहरूको जीवनचरित्र धारणा र मान्यताबाट जुन उल्टो बाटो हिडिरहेका छौं यसले हामीलाई कहिल्यै गन्तव्यमा पु¥याउदैन र शहिदका सपना पनि पूरा हुन कहिल्यै दिदैन । त्यसैले आज शहिद दिवसका दिन हाम्रा शहिदहरूको त्यो चरित्र, हाम्रा शहिदहरूको त्यो त्याग, हाम्रा शहिदहरूको त्यो तपस्या एवं प्रवृत्ति तथा चिन्तनधारा र संघर्षका पृष्ठभूमिहरूको सम्झना गर्दै आ–आफ्ना त्रुटी पक्षहरूको आलोचना आत्मालोचना गर्दै सच्चिन र सुधारिनका निम्ति दृढ अठोट तथा वलियो प्रण गर्न वेला आएको छ । हामीहरू सारै विग्रियौं । अब नबिग्रौं । शासकहरूले मनपरी गर्ने, हामीले पार्टीको आँखाले हेर्ने गलत प्रवृत्तिले गर्दा देश रसातलतिर जानलाग्यो । जनता दयनीय अवस्थामा बाँच्न विवस वनेका छन् । यही स्थितिलाई तोड्न इमान्दार प्रयत्नले लाग्नु शहिदका सपना पूरा गर्न लाग्नु हो । अब हामी मन, वचन र कर्मले शहिदका सपना पूरा गर्ने कार्यमा लागौं । हाम्रा व्यावहारिक उदाहरणले हामी त्यसतर्फ इमान्दार प्रयत्नले लागेको सबैले प्रत्यक्ष रूपमा देख्न पाउन् । फोस्रा भाषणले शहिदका सपना पूरा हुँदैनन् । हाम्रा चटके शासकहरूले मञ्चबाट गर्ने जादुगरी भाषणले र कविहरूका कविता तथा फोस्रा श्रद्धाञ्जलीले शहिदका सपना पूरा हुदैनन् । उनीहरूका सपना पूरा गर्न अव हामी व्यवहारबाटै लागौं । श्रद्धेय शहिदहरूलाई श्रद्धाञ्जली । युगका शहिदहरूलाई सतत् नमन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?