Butwal Today

तिलोत्तमा व्यापार मेलामा ब्यूटी एक्स्पोको आकर्षण

७ मंसिर २०८३, सोमबार
अ
अ+
अ-

तिलोत्तमामा ।

रुपन्देहीको तिलोत्तमामा जारी नवौँ राष्ट्रिय औद्योगिक व्यापार मेलामा ब्यूटी एक्स्पोले आकर्षण थपेको छ। सौन्दर्य व्यवसायको प्रवर्द्धन र ब्युटिसियनको सीप प्रदर्शन गर्ने उद्देश्यले ६ वटा पार्लरका स्टल निःशुल्क राखिएका छन्।

ब्यूटी एक्स्पोअन्तर्गत मंसिर १२ गते जिल्लास्तरीय मेकअप प्रतियोगिता आयोजना गरिने भएको छ। प्रतियोगितामा १० जना ब्युटिसियनले नाम दर्ता गराइसकेको एक्स्पो संयोजक अञ्जना केसीले बताइन्।

मेलामा उद्योग, व्यापार, कृषि, प्रविधि र पर्यटनसँगै कला, संस्कृति तथा मनोरञ्जनका कार्यक्रमसमेत समेटिएका छन्। आयोजकका अनुसार मेलामा पाँच लाख दर्शकले अवलोकन गर्ने र १२ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?