© २०२३
बुटवल, २० माघ ।
विप्लव नेतृत्वको नेकपा बाट विभाजित भएर नेकपा बहुमत र त्यसबाट पनि विभाजन भएर गठन भएको श्रमीक कम्युनिष्ट पार्टीको रूपन्देहीको देवदहमा सम्पन्न विशेष राष्ट्रिय सम्मेलनबाट पार्टीको नाम परिवर्तन सहित महासचिव केन्द्रीय सल्लाहकार कमिटि गठन गरिएको छ ।रूपन्देहीमा सम्पन्न उक्त पार्टीको विशेष भेलाबाट समाजवादी कम्युनिष्ट पार्टी नेपाल नाम परिवर्तन गरिएको उक्त पार्टीका महासचिव पूर्ण बहादुर सिंहले जानकारी दिए । उनका अनुसार केन्द्रीय विशेष सम्मेलनबाट २५ बुँदे विशेष प्रस्तावना समेत पारित गरेको छ । पार्टीले बैज्ञानिक समाजवादको यात्रा तय गर्ने दिर्घकालिन उद्देश्य सहितको योजना बनाएको महासचिव पूर्ण बहादुर सिंहले बताए ।
केन्द्रीय विशेष सम्म्मेलनबाट अन्तराष्ट्रिय तथा राष्ट्रिय सत्रु र मित्र पहिचान गर्ने, बैज्ञानिक समाजवादको कार्यदिशा पारित गर्ने, सम्मेलनबाट मानध्वज श्रेष्ठलाई सल्लाहकार समितिको अध्यक्षमा निर्वाचित गरेको छ । यस्तै पार्टीले ५५ सदस्यीय केन्द्रीय समिति, स्थायी कमिटि, राजनीतिक ब्युरो, पाँच सदस्य सल्लाहकार समिति, विज्ञ सल्लाहकार समिति सहित ७७ सदस्य केन्द्रीय सांगठनिक परिषद् निर्वाचित गरेको छ ।
नेपाली जनता राजनीतिक रूपमा वितृष्ण फैलिएको परिपेक्षमा बर्तमान संघीदीय व्यवस्था नै खारेजको माग समेत यो सम्मेलनबाट माग समेत गरिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी