ट्रेंडिंग:

>> अर्जुन ट्रफीः सिवाईसी अत्तरिया र डिसिए धनगढीको जित >> हराउदै एतिहासिक घरहरु >> २७ वर्षकी युवतीलाई पाँच मुद्दा >> घोषणामै सीमित हिल स्टेशनहरू >> नेपालको लगातार तेस्रो हार, नेदरल्यान्ड्ससँग १५ रनले पराजित >> बुटवलका दीलिपलाई युथ टिमको गोलकिपिङ प्रशिक्षकको जिम्मा >> १५ औ संस्करणको दुई दिने सामुहिक ईहि शुरु >> विश्व सिमसार दिवस: प्राकृतिक क्षेत्रको संरक्षणको आह्वान >> नेवारी संस्कृति नै नेपालको सभ्यता भएको दाबी >> स्वर्गद्वारी गुठीका मोही किसानले न्यायको लागि माइतीघरमा अनिश्चितकालीन धर्ना >> सेयर बजार  ७० अंकले बढ्यो, कारोबार रकममा वृद्धि >> ‘घुमौं लुम्बिनी, बसौं बुटवल’ >> चितवन राष्ट्रिय निकुञ्जले एक पोथी गैँडा स्थानान्तरण गर्यो >> नेपाललाई नेदरल्यान्ड्सविरुद्ध जितका लागि १४१ रनको लक्ष्य >> सम्बन्धको स्थापना दिवसमा गौ आहार हस्तान्तरण >> टाइगर कप भलिबल:पोखराले जित्यो ५औं संस्करणको महिला भलिबल उपाधि >> लुम्बिनी प्रदेशमा सोमवार सार्वजनिक बिदा >> न्यु होराईजनलाई फुटसलको उपाधि >>  आम जनता पार्टीका अध्यक्ष साहविरुद्ध अवहेलना मुद्दा दर्ता >> क्यानडाले अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय >> केन्द्रीय बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै >>  एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा २५ जना पक्राउ >> मेरिकी डलरको भाउमा सामान्य वृद्धि, अन्य मुद्राको अवस्था कस्तो छ? >> नेपालविरुद्ध टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोज्यो >> गुल्मीमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु >> सुनको भाउ स्थिर रहँदा चाँदी घट्यो >> ग्रामीण सडकमा झुन्डिएर जोखिम यात्रा >> फोहर बटुलेर थारुले जिते ५५ हजार >> खुत्खुते सामुदायिक बनको १४औं वार्षिक साधारणसभा >> सुरक्षित र आधुनिक अध्ययन वातावरणका लागि नयाँ विद्यालय भवन >> समाज बिथोल्नेदेखि सावधान ! >> मासिँदै सीमसार क्षेत्र, बढ्दै चुनौति >> श्रमिक कम्युनिष्ट पार्टी बन्यो समाजवादी कम्युनिष्ट पार्टी >> ‘ब्राण्ड’ बन्दै स्कुलका प्रतियोगिता >> शिक्षालाई प्रभावकारी बनाउन नीतिगत परिवर्तन जरुरी >> गृहणी महिलाको अचार उद्यम >> साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गयो >> तीन प्रदेशको मौसम बदली >> माता मायादेवी सुत्केरी मार्ग नयाँ पर्यटकीय प्रोडक्ट >> राधाकृष्ण युवा क्लबमा नया नेतृत्व >> नर्सहरुलाई एक दिने मृगौला उपचार अभिमुखिकरण >> प्रेस चौतारी दाङको अध्यक्षमा ढकाल >> लाफा समूहले आयोजना गरेको दोस्रो मेयर कपको उपाधि कास्कीका बिधान र पबिनलाई >> प्रेस चौतारी रुपन्देहीको अधिवेशन माघ २८ मा >> ऐनमा छुटेका बिषयलाई नियमावलीले सम्वोधन गर्छौंः मुख्यमन्त्री आचार्य >> ह्वील अफ् लुम्बिनीद्वारा आर्थिक सहयोग वितरण >> पर्यटक तान्ने केन्द्र बन्ला ? घ्यूसँग नून साट्ने ‘बटौली’ >> महाकुम्भ मेलाबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते >> श्रीनगर डाँडामा विवाद >> तौलिहवामा श्रीराम कथा महायज्ञ आयोजना गरिदै

गुल्मीमा बजार अनुगमनमा तिब्रता

११ आश्विन २०८१, शुक्रबार
११ आश्विन २०८१, शुक्रबार

गुल्मी, ११ असोज ।
चाडपर्वहरू नजिकिँदै जाँदा गुल्मीमा बजार अनुगमनलाई तिब्रता दिईएको छ । दशै, तिहार जस्ता मुख्य चाडपर्वहरूको पुर्व सन्ध्यामा बजारमा म्याद गुज्रिएका सामानहरूको बिक्री बितररण हुन सक्ने अबस्थालाई ध्यान दिँदै जिल्लामा अनुगमनलाई तिब्रता दिईएको हो ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा सानाउद्योग कार्यालय र स्थानीय पालिकाहरूले मुख्य मुख्य बजार क्षेत्रका पसलहरूको अनुगमन गरि म्याद गुज्रिएका सामानहरू बरामद गरि व्यावसायीहरूलाई त्यस्ता सामानहरू बिक्री बितरण नगर्न निर्देशन दिएका छन ।

बजार अनुगमनका क्रममा कतिपय व्यावसायीहरूले व्यावसाय दर्ता नगरी पसल सञ्चालन गर्दै आएको, स्थानीय पालिकाहरूमा व्यावसाय दर्ता नगर्ने, समयमा राजस्व नबुझाउने, पान नम्बर दर्ता नगरेको, लेवल नलगाई सामानहरू प्याक गर्नेे, उपभोग्य मिति नभएको र म्याद सकिएका सामानहरू राख्ने गरेको पाईएको छ ।

जिल्लाको रेसुङ्गा, मुसिकोट, धुर्कोट, कालीगण्डकी, सत्यवती, मदाने, सान्तिपुर, मालीका लगायतका पालिकाहरूमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएका दाल, मैदा, सुजी, चुरोट, बिस्कुट, चाउचाउ, कुरमुरे, चिउरा, दालमोड, आसक्रिम, मिठाई, कोक, तेल, लगायतका दर्जनौ सामग्रिहरू जफत गर्नुका साथै व्यापारी र उपभोक्ताहरूलाई सचेत गराईएको घरेलु तथा सानाउद्योग कार्यालय गुल्मीका प्रमुख राजिब अर्यालले जानकारी दिए ।

चाडपर्वको समयमा बजारमा कृतिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, महँगी सृजना गर्ने, अस्वस्थ खाद्य वस्तुहरूको बिक्री बितरण गर्ने जस्ता गुनासाहरू आउन नदिनका लागि दशै शुरुहुनु अघिनै बजार अनुगमनलाई तिब्र पारिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । उनले अनुगमनको क्रममा ठूलो कसुर गरेको भेटीए उपभोक्ता संरक्षण ऐन र कालोबजारी ऐन अनर्तगत कारर्वाही समेत गरिने बताए ।

अनुगमन समितिले पछिल्लो समयमा कालीगण्डकी गाउँपालिका अन्र्तगत पुर्तिघाट, फोक्सिङ् र सत्यवती गाउँपालिका अन्र्तगत भार्से, जुनिया, जोहाङ् खैरेनी, साहघाट र रुद्रवेणी लगायतका मुख्य बजारहरू क्षेत्रका दुइ सय ५० भन्दा बढी पसलहरूको अनुगमन गरेको छ । जिल्ला प्रशासन, घरेलु कार्यालय र पालिका सहितको संयुक्त टोलीले अनुगमन गर्दा बजार अनुगमन थप प्रभावकारी देखिएको सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले बताए ।

अनुगमन समितिले दुई साताको अबधिमा जिल्लाको रेसुङ्गा, धुर्कोट, मदाने, मालिका, मुसिकोट, चन्द्रकोट, कालीगण्डकी र सत्यवती गरी आठ वटा पालिकाका पाँच सय भन्दा बढी पसलहरूको अनुगमन गरिसकेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तारानाथ फुल्देलले जानकारी दिएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?