ट्रेंडिंग:

>> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन
१२ औं वार्षिकोत्सव विशेष

कृषि प्राविधिक शिक्षाः अवसर र अवस्था

कृषि कार्यमा जनसंख्याको अनुपात राम्रो देखिएपनि दक्ष जनशक्तिको अभाव भने जहिले पनि छ । स–सानो क्षेत्रमा काम गर्न, कृषि कामदारको रूपमा काम गर्न नचाहने कृषि पढे लेखेका जनशक्तिको कारण पनि कृषिमा जनशक्तिको अभाव देखिएको हो । जसको लागि पढेलेखेकाहरूले कृषि कर्म गर्ने हो भने देशमा कुनै प्रकृतिको जनशक्ति अभाव नहुने देखिन्छ ।
१३ पुष २०८०, शुक्रबार
१३ पुष २०८०, शुक्रबार

२०७५ साल भन्दा पहिला प्राविधिक एसएलसी प्री डिप्लोमा (टिएसएलसी) तर्फको १८ महिनाको कृषि बाल विज्ञान र सोही अवधिकै पशु विज्ञान अध्ययनको लागि विद्यार्थीहरूले पहिला प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था थियो । प्रवेश परीक्षा उत्र्तीण गरेपश्चात मात्रै विद्यार्थीहरूले अध्ययन गर्न पाउँथे । प्रति शिक्षालय ४० जनाको मात्रै काटो निर्धारण गरिएको कारण पनि विद्यार्थीहरू सयौंको संख्यामा प्रवेश परीक्षा दिन्थे ।
तर अहिले त्यस्तो अवस्था छैन । विद्यार्थीहरू अध्यापन गराउने ४० जना पनि प्रवेश परीक्षा दिन नआएपछि लुम्बिनी प्रदेशका अधिकांस निजी स्तरका प्राविधिक एसएलसी अध्यापन गराउने शिक्षालयहरूले कार्यक्रम नै बन्द गरेका छन् ।

आर्थिक बर्ष २०७९/८० मा प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् लुम्बिनी प्रदेश कार्यालयका अनुसार प्री डिप्लोमा तर्फ १३ वटा शिक्षालयले कृषि विज्ञानको कार्यक्रम नै बन्द गरे । सोही आर्थिक बर्षमा भेट साईन्सतर्फ पनि ७ वटा शिक्षालयले कार्यक्रम नै बन्द गरेका छन् ।
डिप्लोमा लेवल तर्फ पनि कृषि विज्ञानको १९ वटा शिक्षालयहरूले कार्यक्रम बन्द गरेका छन् भने एनमल साईन्स तर्फका १३ वटा शिक्षालयहरूले कार्यक्रम नै बन्द गरेका छन् । लुम्बिनी प्रदेशमा प्राविधिकधारका विद्यार्थीहरू सिटीईभीटीका आंगीक १० वटा, टेक्स कार्यक्रम अन्तर्गतका १०४ वटा, नीजी स्तरबाट ७० वटा शिक्षालयहरूले विभिन्न कार्यक्रम चलाउँदै आएका छन् । यसमा साझेदारी शिक्षालयहरू ४ वटा रहेका छन् । ती सबैमा प्राविधिक धारको अध्यापन हुँदै आएको हो ।

सिटीईभीटी लुम्बिनी प्रदेश कार्यालयका सूचना अधिकृत तेज प्रताप दुबेका अनुसार विद्यार्थीहरूको संख्या दिन प्रतिदिन घट्दै छ । यो शैक्षिक सत्र २०८०/८१ मा भर्ना हुने विद्यार्थीहरूको संख्या पनि ज्यादै न्यून छ । चालु शैक्षिक सत्रमा जम्मा प्रि डिप्लोमा तर्फ ५ सय २० जना विद्यार्थीको कोटा १३ वटा मात्रै शिक्षालयमा रहेकोमा जम्मा १५९ जना मात्रै विद्यार्थी भर्ना भएका छन् ।
भेटनरी तर्फ प्रि डिप्लोमा ६ वटा मात्रै शिक्षालयमा कार्यक्रम सञ्चालित छ भने १५ वटा शिक्षालयले कार्यक्रम बन्द गरेका छन् । जसमा कुल २ सय ४० जना विद्यार्थीको कोटा रहेकोमा जम्मा ८८ जना विद्यार्थी भर्ना भएका छन् । अघिल्लो शैक्षिक सत्रमा भेटनरी तर्फ प्रीडिप्लोमा तर्फ २८० कोटामा जम्मा ९० जना, कृषि तर्फ ५२० कोटामा जम्मा २१३ जना विद्यार्थी भर्ना भएका छन् । यो एउटा उदाहरण मात्रै हो । कृषि तथा पशुविज्ञान तर्फ प्री डिप्लोमा र डिप्लोमा तहको अध्ययन गर्ने विद्यार्थीहरूको रुची छैन । स्नातक तह उत्र्तीण गरेका विद्यार्थीहरू समेत रोजगारविहीन भएपछि पछिल्लो समयमा विदेश समेत पलायन भएका छन् ।
देश संघीयतामा विभाजन भएपश्चात लामो समयदेखि लोक सेवा आयोगले अधिकृतस्तरको विज्ञापन नै खोलेन । खोलेपनि संघीय कार्यालयहरू केही सीमित मात्रामा भएका, अधिकांस गाभिए र समायोजन भई प्रदेश र स्थानीय तहमा गएको कारण पनि संघ अन्तर्गतको लोक सेवा आयोगले लामो समयदेखि चौथो स्तर (नायव प्राविधिक सहायक) र अधिकृतस्तरका विज्ञापन नै खोलेन । पछिल्लो केही बर्ष यता मात्रै प्रदेशमा स्थापना भएका प्रदेश लोक सेवा आयोगले केही मात्रामा विज्ञापन खुलाएको भएपनि त्यसको नतिजा नै आउनको लागि लामो समय लाग्ने गरेको छ । जसको कारण पनि अध्ययन पुरा गरेका अधिकांस विद्यार्थीहरू बेरोजगार बनेका छन् ।
कृषि तर्फको प्री डिप्लोमा (१८ महिना) र डिप्लोमा तहको ३ बर्ष कोर्ष पढ्ने विद्यार्थीहरूको खडेरी नै लाग्ने गरेको पाइएको छ । भेटेरिनरी तर्फका डिप्लोमा तर्फको केही विद्यार्थीहरूको रहेपनि प्री डिप्लोमा तर्फ भने विद्यार्थीको खडेरी नै लागेको कारण अधिकांस निजीस्तरका शिक्षालयहरूले कार्यक्रम नै बन्द गरेका छन् । प्रदेश र स्थानीयस्तरमा कृषि तथा पशु तर्फका कर्मचारी व्यवस्थापनको काम प्रदेश लोकसेवा आयोगले गर्दै आएको छ । तर लामो समयदेखि स्थानीय तह प्रदेशमा कृषि तथा पशु, मत्स्य लगायतका प्राविधिक विषयमा कुनै भारी मात्रामा आपूर्ति हुन सकेको छैन ।

प्रदेश लोकसेवा आयोगले स्थानीयस्तरबाट रिक्त रहेको कोटा विषयमा माग गरेपनि सम्बन्धीत पालिकाहरूले पहिला नै करार दरबन्दीमा मानिस भर्ना गरेर राखेको कारण रिक्त कोटामा दरबन्दी नै नमाग्ने गरेको समेत पाइएको छ । जसको कारण केही सीमित संख्यामा विज्ञापन मागीदा सयौं, हजारौंको संख्यामा आवेदन पर्ने गरेको पाइएको छ ।
केही समय पहिला लुम्बिनी प्रदेशको प्रदेश लोक सेवा आयोगले सहायक स्तर चौथो तह को (नायब प्राविधिक सहायक) कृषि तर्फको २२ जना कोटामा आवेदन मागेको थियो । जसमा १३ हजार भन्दा बढिले आवेदन दिएका थिए । परीक्षामा सहभागी ८ हजार भन्दा बढि रहेको बताईन्छ । जसमा अधिकांस स्नातक तह माष्टर तह पुरा गरेका विद्यार्थीहरू रहेको बताइएको छ । लामो समयदेखि रोजगारविहीन भएर अध्ययन पुरा गर्दै बसेका अधिकांस विद्यार्थीहरूको संख्या थपिदै जाँदा स–सानो क्षेत्रमा पनि हजारौंको संख्यामा आवेदन पेश हुने गरेको पाइएको हो ।
कृषि तथा पशुपालन सम्बन्धी शिक्षा नेपाली माटो अनुसारको शिक्षा समेत हो । तर पढेर नै कृषि क्षेत्रमा काम गर्ने युवा पुस्ताको भने अभाव छ । नेपालमा राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको ६५.६ प्रतिशत जनसंख्या कृषिमा आत्मनिर्भर रहेको भन्ने पाईन्छ । तर कृषि क्षेत्रमा काम गर्ने गरी शैक्षिक जनशक्ति उत्पादन भएपनि त्यसको उपयोग भएको पाइदैन । केही एकाध रूपमा कृषि नै पढेर पेशा नै बनाएर अवलम्बन गर्ने युवाहरूको संख्या रहेपनि त्यहाँ नगन्य मात्रामा छ ।

राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालमा नेपालमा जम्मा ४१,३०,७८९ कृषक परिवारले २२,१८,४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखाएको छ । लुम्बिनी प्रदेशमा ७,६५,०९२ कृषक परिवारले ४,२६,६१४ हेक्टर र रूपन्देही जिल्ला १,१७,३३३ कृषक परिवारले ६५,५५५ हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको छ । कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषि गणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो ।

कृषि कार्यमा जनसंख्याको अनुपात राम्रो देखिएपनि दक्ष जनशक्तीको अभाव भने जहिले पनि रहेको छ । स–सानो क्षेत्रमा काम गर्न, कृषि कामदारको रूपमा काम गर्न नचाहने कृषि पढे लेखेका जनशक्तिको कारण पनि कृषिमा जनशक्तिको अभाव देखिएको हो । जसको लागि पढेलेखेकाहरूले कृषि कर्म गर्ने हो भने देशमा कुनै प्रकृतिको जनशक्ति अभाव नहुने देखिन्छ । खासगरी अदक्ष र अर्धदक्ष जनशक्तिको अभाव कृषिमा बढि छ । यसको साथै दक्ष जनशक्तिले पनि कामदार सरह कृषि क्षेत्रमा ठोस काम गरेको पाईदैन । जसले गर्दा पनि कृषि क्षेत्रमा अवसर भएपनि काम गर्ने प्रवृत्तीको अभाव रहेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?