© २०२३
बुटवल, १९ माघ ।
बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २३ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशन अध्यक्षमा उपेन्द्र अग्रवाल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा प्रज्वल थान्जु, महासचिवमा कमल ज्ञवाली, कोषाध्यक्षमा टंक प्रसाद खनाल, सचिवमा यादव प्रसाद भण्डारी तथा सदस्यहरूमा कोसलराज भण्डारी, निश्चल शर्मा र विनोदराज न्यौपाने निर्वाचित भएका छन् । यसैगरि संघमा लक्ष्मी अधिकारीलाई सदस्यमा मनोनित गरिएको छ ।
नवनिर्वाचित नयाँ कार्य समितिलाई लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रमाण वितरण गरेका थिए । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठक तथा निर्वाचन समितिका संयोजक रामबहादुर गुरुङले माला, टिका तथा खादा लगाएर सम्मान गरेका थिए । सो अवसरमा संघकातर्फबाट उत्कृष्ठ उद्योगका रूपमा शिवशक्ति शोप इन्डष्ट्रिज प्रालिलाई छनौट गरि सम्मान गरिएको थियो । सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले उद्योगका सञ्चालक अखिलेश कशौधनलाई प्रदान गरे ।
बुटवल औद्योगिक क्षेत्रमा ७० वटा उद्योगहरू स्थापना भएका छन् भने ६६ वटा उद्योगहरू चालु अवस्थामा रहेका छन् । उद्योगहरूमा करिब ३००० जनाले प्रत्यक्ष रोजगार पाएका छन् । निर्वाचन कार्य तालिका अन्तरगत सबै पदमा एकल उम्मेदवारी परेका कारण नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको थियो ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले हामी मुलुकलाई आर्थिक समृद्धिको बाटो अगाडी बढाउने दिशामा अगाडी बढेका छौ भन्दै जबसम्म आर्थिक विकास हँुदैन तबसम्म मुलुक अगाडी बढ्न सक्दैन भन्ने कुरामा दृढ रहेको बताए ।
नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकले विभिन्न कायरणले नेपालको औद्योगिक बातावरण समस्या देखापरेको उल्लेख गर्दै औद्योगिक क्षेत्रका उद्योगहरूले नीतिगत तथा भौतिक विकासका अप्ठयारा समाधानका लागि राज्यको ध्यान जानु जरुरी रहेको बताए ।
लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमले बुटवल औद्योगिक क्षेत्र प्रदेश सरकारको गहना भएको बताउदै त्यसको भौतिक विकासमा जोड दिन आग्रहगरे । संघका अध्यक्ष हिरामणी भट्टराईले बुटवल धागो कारखानाले ओगटेको १४३ रोपनी जग्गा प्रयोग विहिन अवस्थामा रहेको बताउदै उद्योग बिस्तारका लागि जग्गाको कमी भैरहेको वर्तमान अवस्थामा उक्त जग्गालाई यस औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरूले भोग चलन गर्ने गरि आवश्यक व्यवस्था मिलाउन आग्रह गरे । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष उपेन्द्र अग्रवालले प्रतिवद्धता मन्तव्य राख्दै औद्योगिक क्षेत्रभित्रका समस्याहरूलाई समाधान गर्न आफ्नो नेतृत्वले इमानदारिताकासाथ काम गर्ने र त्यसमा सबैको सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।