ट्रेंडिंग:

>> स्रोत नखुलेको २९ लाख रुपियाँसहित एक व्यक्ति पक्राउ >> सैनामैना गोल्डकप फुटवल : महाबीर क्लव काठमाण्डौं सेमीफाईनलमा प्रवेश >> एसईई परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेल, विद्यालयहरूसँग व्यापक असुली ! >> राष्ट्रिय सभाबाट आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धिसम्बन्धि अध्यादेश स्वीकृत >> होटल सत्यवती शुभारम्भ >> अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ >> सेयर बजार चौथो दिन पनि घट्यो >> अमेरिकी सहयोग बारे श्वेतपत्र जारी गर्न कांग्रेस सांसद खतिवडाको माग >> कुलमान कानुनभन्दा माथि छैनन्-मन्त्री खड्का >> राष्ट्रियसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश स्वीकृत >> जेलेन्स्कीको गृहनगरमा रुसको आक्रमण, चार जनाको मृत्यु >> खाँडाचक्र नगरपालिका चार महिना देखि प्रमुख प्रशासकीय अधिकृत बिहिन >> बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा कम्प्युटर शिक्षक पक्राउ >> दक्षिण कोरियाली लडाकु विमानले गल्तीले ८ बम खसाल्यो, ७ जना घाइते >> ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प >> नेपाल बारको निर्वाचनमा एमाले र कांग्रेसबीच गठबन्धन हुने >> सरोज गुरागाईँलाई काम गर्न दिन काठमाडौं महानगरलाई मन्त्रालयको पत्र >> बुटवल ग्लोरीमा ज्येष्ठ नागरिक सम्मान अभियान >> काठमाडौंका २० प्रतिशत जनता उत्रिने हो भने २५ गते नै राजालाई नारायणहिटी भित्र्याउन सकिन्छ-ज्ञानेन्द्र शाही >> भैरहवामा तीनपांग्रे सवारीसाधनको व्यवस्थापन जटिल बन्दै >> नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन >> बालेनको घरमा पुगेर प्रचण्डले भने- सबै मिलेर यो देश बनाउनु छ  >> काठमाडौँको हाँडीगाउ क्षेत्रका सडक एकतर्फी बनाइयो >> घोराहीमा गहना चोरी गरी बिक्री गर्ने र किन्ने  चार जना पक्राउ  >> खजुरा खोलाबाट ६ वटा ट्याक्टर नियन्त्रणमा >> जनक भट्टराई एआईजीमा बढुवा >> प्रदर्शनको दोस्रो हप्तामा फिल्म ‘लाज शरणम्’ >> सडक दुर्घटनामा शान्ति स्कुलका परियारको मृत्यु >> भुक्तानी प्रणालीमा प्रविधि जोखिम न्यूनीकरणका लागि राष्ट्र बैंकको नयाँ निर्देशन >> गृह मन्त्रालयका ७ सहसचिवको सरुवा >> सामान्य बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? >> जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष पक्राउ >> स्वास्थ्य मन्त्रालयको सचिवमा डा. देवकोटाको बढुवा >> अमेरिकाले थप कर लगाएपछि चीनको जवाफ- अन्तिमसम्म लड्न तयार छौं >> हमासलाई ट्रम्पको अन्तिम चेतावनी >> अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी साझा नगर्ने >> विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरकाे भाउ घट्याे >> चिकित्सकले मनाए ७५औं नेपाली चिकित्सक दिवस >> नदी दोहन नियन्त्रण गर >> पर्यटन प्रवद्र्धन गर्न होमस्टेलाई कुखुरा >> हुलाकी राजमार्गको सास्ती बढ्दो >> थारु लेहङ्गा सिलाएर मासिक डेढ लाख कमाई >> ‘होर्डिङ्गबोर्ड कर’ को करकरले बुटवलका व्यवसायी आजित >> सरकारको पहलमा ८ हजार बचतकर्ताको पौने २ अर्व बचत फिर्ता >> मन्त्रिपरिषद्ले कुलमानलाई सोध्यो तीन दिने स्पष्टीकरण >> दाङमा एक लाख बढी नगदसहित ११ जना जुवाडे पक्राउ  >> जनप्रतिनिधि र कर्मचारीलाई तालिम >> मर्चवारका कृषक आदर्श माध्यमिक विद्यालयमा अनाधिकृत शुल्क असुली, अभिभावकको विरोध >> कर्णालीबाट एसईईमा ३७ हजार सात सय विद्यार्थी सहभागी हुँदै >> नेपालका लागि म्यानमारका राजदूतद्वारा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसँग शिष्टाचार भेट

ब्लड बैक बनाउन ढिलाई नगरौ–नगरप्रमुख पाण्डेय

१९ माघ २०८१, शनिबार
१९ माघ २०८१, शनिबार

बुटवल, १९ माघ । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्लाको १२ औ वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै रक्तदान अभियान र बुटवलको पहिचानबारे प्रकाश पारे । कोभिड संकमणको समयमा रगत अभाव पूरा गर्न यस क्षेत्रमा सामाजिक संघसंस्थाहरुबाट भएको महत्वपूर्ण योगदान स्मरण गर्दै उनले सामाजिक भावनामा बुटवल अगाडी रहेको दाबी गरे । सेवाग्राहीलाई ब्लड बैकमा लाग्ने शुल्कलाई केही पालिकाहरुबाट निशुल्क घोषणा गरेको भन्दै यसमा अभियानको रुपमा सबै पालिकाहरुबाट चलाउन जरुरी रहेको बताए । ब्लड बैकको बैकल्पिक स्थानको बारे चाडो निर्णय गर्न सरोकारवाला निकायहरुलाई उनले आग्रह गरे । ‘ब्लड बैक निर्माणको बारेमा स्थानिय पालिका सकारात्मक छौ ।’– उनले भने । बुटवल स्वस्थ्यको हबको रुपमा विकास हुँदै गर्दा यसमा मन खोलेर सहयोग गर्ने प्रतिवद्घता जनाउदै उनले स्वस्थ्य क्षेत्र, रक्तदानसंग जोडिएका हरेक क्षेत्रमा स्थानिय पालिका सहयोगका लागि प्रतिवद्ध रहेको बताए । ब्लड बैकमा आवश्यक पर्ने उपकरणको विषयमा स्थानिय पालिका सहयोगको लागि अग्रसर रहेको बताए । रक्तदानसंगै रक्तदानमा लाग्ने खर्च समेत सहयोग गर्ने नया अभियानको थालनी समाजका सदस्यहरुबाट भएको उनले बताए । नेपाल सरकारबाट किशोरीहरुलाई पाठेघरको क्यान्सरको रोकथामको निरोधकको लागी बुटवलका ८३ वटा स्थानमा कार्यक्रम गर्न लागेको बताए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रीय उपाध्यक्ष ध्रुव थपलियाले देशभर रक्तदाताहरुलाई संगठित गरि रक्त र रक्तदानका बारेमा सचेतना जगाउने काममा संस्थाबाट महत्वपूर्ण काम भएको बताए ।

कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले स्वार्थबिना अभियान चलाएको धेरै सामाजिक संघसंस्थाहरु मिलेर जानुपर्ने बताए । टोलटोलमा रक्तदान, एक घर एक रक्तदाता अभियान चलाउन आफुहरु लागेको उनले बताए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले संस्थाको प्रगति विवरण पेश गर्दै रक्तअभियानबाट रुपन्देहीले देशविदेशमा पहिचान बनाउन सफल भएको भन्दै यो अभियानमा नया र युवाहरुको आवद्धता जरुरी रहने बताए । समाजबाट १४२ पटक रक्तदान गरेको उनले बताए । १८ वर्षदेखि माथि उमेर समुहलाई रक्तदान अभियानमा जोड्ने काम अघि बढाएको उनले बताए ।
यसैबिच नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र बुटवल शाखामा विगत २६ वर्षदेखि रक्त संकलन, वितरण र सचेतनामा योगदान दिएका निरन्जन राजभण्डारी र रक्तदाता युवाहरु कमल भण्डारी र सुमन घिमिरेलाई समेत सम्मान गरिएको समाजका सचिव अर्जुन पौडेलले बताए ।

कार्यक्रममा रुपन्देही ब्यापार संघका कार्यबाहक अध्यक्ष प्रकाश ढकाल, मानव अधिकारी तथा शान्ति समाजका जिल्ला अध्यक्ष अर्जुन ज्ञवाली, समाजका सल्लाकार डा राजेन्द्रप्रसाद बश्याल, स्वयंसेवी रक्तदाताहरु मिठु टण्डन भण्डारी, प्रकाश खनाल, समाजका उपाध्यक्ष उदय भटराईले रक्त अभियानमा आईपरेका समस्या, स्थानिय सरकारबाट गरिनुपर्ने समाधानका विषयमा प्रकाश पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?