ट्रेंडिंग:

>> भारतमा जारी कराँतेमा नेपाललाई पहिलो स्वर्ण >> राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी >> सिरियाको कुख्यात न्यायाधीश पक्राउ, दिएका थिए हजारौंलाई मृत्युदण्ड >> पिताको स्मृतिमा जग्गा दान, बन्ने भयो खेल मैदान >> सर्वोच्च अदालतमा सबै मुद्दाको सुनुवाइ स्थगित >> नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ तरलता खिच्ने >> स्पोर्टस सुजका कारण जागिर गुमाएकी बेलायती युवतीले पाइन ३० हजार पाउन्ड >> पोखरामा ‘नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस फेस्टिभल’ >> क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यलाई आइसीयुमा सारियो >> सामुहिक बलात्कारको आरोपमा दुई जना पक्राउ >> नियन्त्रित लागूऔषधसहित विभिन्न स्थानहरूमा ७ जना पक्राउ >> नेपाल भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठक बर्दिबासमा >> पर्यटन मन्त्रीले पोखरा बिमानस्थल नचलाएकोमा सञ्चारमन्त्रीको गुनासो >> आज सुन चाँदी दुबैको मूल्य घट्यो >> माओवादी निकट बिधार्थी संगठनमा फेरी बिबाद, रोकियो मतगणना >> अपडेटः कोरियामा बिमान दुर्घटना, ज्यान गुमाउनेको संख्या ६२ पुग्यो >> तिनाउ नदी संरक्षणका लागि साझा प्रतिवद्वता >> भैरहवामा लक्ष्मी सनराईज बैंकको डिजिटल संवाद >> मेलामा दर्शकको थामिनसक्नु भिड >> एकपटक आफैलाई जाँच्ने हो कि ? >> विदेश पलायन रोक्ने योजना ल्याउ >> सहकारीको कोसेली घर संचालन योजना >> संरक्षणको पर्खाइमा ऐतिहासिक धरोहर >> साढे तीस करोडले नथिग्राउने भो गण्डकको बालुवा >> आजदेखि मौसम सुधार हुने >> दाताको जग्गामा बन्यो, फर्साटिकर क्लबको कार्यालय भवन >> मेलामा पछ्यौरीदेखि चौका दाउ लगाउदै शान्तिश्री परियार >> रोहिणीमा चल्यो डोजर, घरटहरा भत्काइए  >> छत्रेश्वरी गाउँपालिकाले एक करोडमा विद्यालय भवन निर्माण गर्दै >> पर्यटन प्रवद्र्धन गर्न सरोकारवालाको माग >> रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरुलाई अभिमुखीकरण >> गुल्मीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु >> पश्चिम नेपालमा १३ दिनमा ७ पटक भूकम्पको धक्का >> बुटवल हस्पिटल प्रालि र माछापुच्छ्रे बैकबिच उपचार सम्झौता >> प्रहरीले ग¥यो नागरिक सुनवाई कार्यक्रम >> नियमित सीमा नाका अनुगमन गरिने >> बुटवलमा त्रिपिण्डी श्राद्ध विषय गोष्ठी सुरु >> स्मृतिमा भूपी शेरचन >> मृत्यु संस्कारमा स्थानीय तीर्थ र हाम्रो समाज >> बाणगंगाको बोर्डगाउँमा अब नापी र मालपोत कार्यालय >> ‘३९ बर्षको लौरे सीमी’ >> सीमाबासीसँग सशस्त्र प्रहरीको शैक्षिक सामग्री बाल विकासलाई >> नुवाकोटको शेरा दरबारको १ सय ६३ राेपनी जग्गा सरकारको नाममा ल्याउन सीआईबीको सिफारिश >> ५ प्रदेशको मौसम बदली, कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपात >> लायन्स सयपत्रीसहित ३ वटा क्लबले गरे रात्रीकालीन विद्यार्थीलाई सहयोग >> प्रदेशको आवधिक योजनाबारे नीति संवाद >> लुम्बिनी प्रदेशः सुध्रिएन बजेट खर्चको शैली >> अब स्मार्ट कार्डको सट्टा क्यूआर कोडसहितको सवारी लाइसेन्स >> मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा >> बिना सुचना मेयरले भत्काएर सर्बसाधारणको घर, स्थानिय बिरोधमा

पर्यटन सरोकारवालाको प्रश्न : चिनिया बौद्धमार्गीलाई लुम्बिनी भ्रमणमा तान्ने योजना खोई ?

८ माघ २०७९, आईतवार
८ माघ २०७९, आईतवार

बुटवल, ८ माघ । पर्यटनसंग सरोकार राख्ने संघसंस्थाका प्रतिनिधिहरुले छिमेकी मित्र राष्ट्र चीनका बौद्धमार्गीहरुलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आकर्षित गर्न सरकारको योजना र पहल नभएको औंल्याएका छन् ।
नेपाल–चीन मैत्री समाज लुम्बिनीले भैरहवामा चिनियां नयां वर्षको अवसरमा गरेको अन्तरक्रियामा सरोकारवालाले चीनमा ५५ करोड बढी बौद्धमार्गी रहेकाले उनीहरुलाई लुम्बिनीमा आकर्षित गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
चीनमा ५५ देखि ६० करोड बौद्धमार्गीहरु रहेको अनुमान छ । हरेक वर्ष २ प्रतिशत चिनियांलाई नयां वर्षको विदा मनाउन लुम्बिनीमा आकर्षित गर्न सकियो भने प्रदेशलाई मात्र हैन देशकै अर्थतन्त्रलाई नै लाभ हुने सरोकारवालाको सुझाव छ ।
अन्तरक्रियामा लुम्बिनी वौद्ध विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. हृदयरत्न बज्राचार्यले चीनले आफ्नो नयां वर्ष साताव्यापी राष्ट्रिय विदा सहित दुई हप्तासम्म मनाउने भएकाले उक्त विदामा बौद्धमार्गीहरुलाई लुम्बिनी भ्रमणमा आकर्षित गर्न सरकार र निजी क्षेत्रले प्रभावकारी पहल गर्नुपर्ने बताए ।
चिनिया बौद्धमार्गीलाई लुम्बिनीमा बौद्ध दर्शन र बौद्ध शिक्षाको जानकारी एवं नेपाली संस्कृति आदान प्रदान मार्फत चिनियालाई लुम्बिनीमा आकर्षित गर्न सकिने प्रचूर सम्भावना भएपनि सरकार र पर्यटन व्यवसायीको प्रभावकारी पहल नपुगेको बज्राचार्यले औंल्याए ।
उपकुलपति बज्राचार्यले सरकार र पर्यटन व्यवसायीले चिनियां नयां वर्षलाई लक्षित गरेर लुम्बिनी टुर प्याकेज बनाई मार्केटिङ गर्न चुकेको औंल्याउंदै यसतर्फ ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा प्रश्रित प्रतिष्ठानका अध्यक्ष प्रा.डा. कपिलदेव लामिछानेले विशेषगरी चिनिया नयां वर्षको लामो विदाको अवसरमा चिनिया बौद्धमार्गीलाई लुम्बिनी भ्रमणमा ल्याउन सरकारले पहल गर्नुपर्ने र केरुङ–काठमाडौं–लुम्बिनी रेल मार्ग छिटो कार्यान्वयनमा ल्याउन पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने आग्रह गरे ।
नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले राजनीतिक स्थायित्व, नेतृत्वको कुशलता र जनताको मिहिनेत एवं अनुशासनले चीनले आर्थिक समृद्धि र विकासमा छलाङ मार्दै विश्वकै पहिलो अर्थतन्त्र बन्ने होडमा रहेको भन्दै चीनको आर्थिक प्रगतिबाट नेपालले पाठ सिक्नुपर्ने बताए । उनले चीनले अघि सारेको बीआरआई परियोजनामा नेपाल सहभागी भएर भौतिक पुर्वाधारको विकासमार्फत लाभ लिनुपर्ने सुझाए । अध्यक्ष सापकोटाले चिनिया नयां वर्षको अवसरमा नेपालस्थित चिनिया राजदुतावासमार्फत चिनिया राष्ट्रपति,चीन सरकार र चिनिया जनतामा शुभकामना व्यक्त गरेका छन् ।
अन्तरक्रियामा साहित्यकारहरु विजयसागर श्रेष्ठ,डिल्लीराज भट्टराई,लुम्बिनी प्रेस क्लबकी उपाध्यक्ष सम्झना शर्मा,समाजका वरिष्ठ उपाध्यक्ष गोबिन्दप्रसाद रेग्मी, महासचिव मनिष जोशी लगायतले चीनले उत्तरी नाकाहरु खेलिदिनुपर्ने,नेपालसंग जनस्तरमा सम्बन्ध अझ विस्तार गर्नुपर्ने खांचो औंल्याए ।
चिनियाँ नयाँ वर्ष जनवरी २१ देखि फेब्रुअरी २१ को बीचमा पर्दछ । चिनियांहरु नयां वर्षलाई स्प्रीङ फेस्टिवलका रुपमा मनाउंछन् । चिनियां नयां वर्ष नेपालका गुरुङ, तामाङ, शेर्पा जातिको जस्तै १२ वटा जनावरसंग सम्बन्धित हुन्छ । यो वर्ष खरायो वर्ष परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?