© २०२३
कपिलवस्तु, १३ पुस ।
कपिलवस्तु जिल्लाको सिमा क्षेत्रमा हुने पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको अबैध ओसारपसार नियन्त्रणका लागि निकायगत तथा संयुक्त रूपमा नियमित नाका अनुगमन गर्ने निर्णय गरिएको छ । पशु क्वारेन्टाईन चेक पोष्ट कृष्ण नगर कपिलवस्तुको आयोजनामा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा आयोजित सुरक्षा निकाय, जिल्ला प्रशासन सँग क्वारेन्टाईन समन्वयन बैठकमा सो निर्णय गरिएको हो ।
सो सगै बैठकले चोरी पैठारी नियन्त्रणका लागी सबै सरोकारवाला बिच सुचना आदानप्रदान गर्ने निर्णय समेत गरेको छ । कार्यक्रममा पशु क्वारेन्टाईन कार्यालय भैरहवाका डाक्टर सन्तोष यादवले कार्यालयले सम्पादन गर्ने कार्य बारे प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा प्रस्तुुत गरिएको तथ्याङ्कमा कपिलवस्तुको कृष्णनगर र सुठौली क्वारेन्टाईन भई पशु आयात नभएको जनाइएको थियो । सो तथ्याङ्कका आधारमा जिल्लाका बिभिन्न स्थानमा पशु हाट बजारमा बिक्री बितरण हुने पाडा, रागा र भैसी स्थानिय कृषकको भन्दा भारतबाट अबैध रूपमा भित्रिने गरेको बताईएको थियो ।
चन्द्रौटाको खसी बजारमा ८० प्रतिशत बढि नेपाली उत्पादनका खसी बोका बिक्री बितरण हुने भेटिएको पशु क्वारेन्टाईन कार्यालय भैरहवाका प्रमुख डाक्टर भक्त निउरेले जानकारी दिए । उनले बहादुरगंजमा लाग्ने पशु हाट बजारमा समेत १५ दिनको अन्तरमा नमुना संकलन गर्ने गरिएको र बिक्री बितरण हुने पशु हालसम्मको परिक्षणमा स्वास्थ्य भेटिएको निउरेले दावी गरे । सीमा नाकाबाट चल्ला र कुखुराको अबैध रूपमा ल्याउने क्रम पूर्ण रूपमा नियन्त्रणमा नआउँदा आफूहरू मर्कामा पर्दै आएको पोल्ट्री व्यवसायी संघका जनकराज खनालले गुनासो पोखे ।
कार्यक्रममा आएका छलफलको जवाफ पशु क्वारेन्टाईन कृष्णनगरका प्रमुख डाक्टर दयाराम चौधरी, भैरहवाका प्रमुख भक्त निउरेले दिएका थिए । समन्वयन बैठकमा बोल्दै प्रजिअ बिश्व प्रकाश अर्यालले सिमा क्षेत्रमा पशुजन्य सामग्रीको अबैध ओसारपसार जनशक्ति र क्षमताका कारण पूर्णरूपमा नियन्त्रण गर्न नसकिएको स्वीकार गरे । अबैध चोरी पैठारीको सुचना प्रवाह गरि नियन्त्रणमा सहयोग गर्न उनले सबै पक्षलाई आग्रह गरे ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी