ट्रेंडिंग:

>> रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरुलाई अभिमुखीकरण >> गुल्मीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु >> पश्चिम नेपालमा १३ दिनमा ७ पटक भूकम्पको धक्का >> बुटवल हस्पिटल प्रालि र माछापुच्छ्रे बैकबिच उपचार सम्झौता >> प्रहरीले ग¥यो नागरिक सुनवाई कार्यक्रम >> नियमित सीमा नाका अनुगमन गरिने >> बुटवलमा त्रिपिण्डी श्राद्ध विषय गोष्ठी सुरु >> स्मृतिमा भूपी शेरचन >> मृत्यु संस्कारमा स्थानीय तीर्थ र हाम्रो समाज >> बाणगंगाको बोर्डगाउँमा अब नापी र मालपोत कार्यालय >> ‘३९ बर्षको लौरे सीमी’ >> सीमाबासीसँग सशस्त्र प्रहरीको शैक्षिक सामग्री बाल विकासलाई >> नुवाकोटको शेरा दरबारको १ सय ६३ राेपनी जग्गा सरकारको नाममा ल्याउन सीआईबीको सिफारिश >> ५ प्रदेशको मौसम बदली, कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपात >> लायन्स सयपत्रीसहित ३ वटा क्लबले गरे रात्रीकालीन विद्यार्थीलाई सहयोग >> प्रदेशको आवधिक योजनाबारे नीति संवाद >> लुम्बिनी प्रदेशः सुध्रिएन बजेट खर्चको शैली >> अब स्मार्ट कार्डको सट्टा क्यूआर कोडसहितको सवारी लाइसेन्स >> मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा >> बिना सुचना मेयरले भत्काएर सर्बसाधारणको घर, स्थानिय बिरोधमा >> भारतसँगको चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलिया बलियो अवस्थामा >> लुम्बिनी र कर्णाली प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर >> जनप्रतिनिधिद्वारा अनुदान कटौती नगर्न ध्यानाकर्षण >> राष्ट्रिय किसान आयोगले ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य >> भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधनमा पूर्वराष्ट्रपति भण्डारीको शोक संदेश >> लोभलाग्दो सुन्तला बजार (फोटोफिचर) >> दम बढे पछि मोहन बैध अस्पताल भर्ना >> बिबाद पछि पुष्पाः२ को गीत यु टयुबबाट हटाइयो >> प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ >> म्यासेडोनिया पठाइदिन्छु भन्दै १२ लाख ९१ हजार ठगी गर्ने महिला पक्राउ >> अजरबैजानकाे बिमान रूसले खसालेको दाबी >> कास्की जिल्ला अदालतमा लामिछानेको दोस्रो दिनको बयान सुरु >> मनमोहन सिंहको निधनले सलमान खानको ट्रेलर लन्च स्थगित >> राष्ट्र बैंकले खारेज गर्यो तीन रेमिटेन्स कम्पनी >> शिक्षक सरुवाको बहानामा आक्रमण गराउने प्रवृत्ति बढ्दो >> आत्मनिर्भर अवधारणा सिकाई कार्यक्रम >> भीम रावलले स्पष्टिकरण पनि दिनु भएन, अनुशासनहिन काम गरे पछि कारबाहीः ईश्वर पोख्रेल >> इजरायली हवाइ हमलावाट बालाबाल बचे डब्लुएचओ प्रमुख, तीनको मृत्यु >> मनमोहन सिंह माथी बनेको फिल्मलाइ कांग्रेस नेताले जनाएका थिए आपत्ति >> महोत्सवमा सेलरोटी बेचेर मिलन केन्द्रलाई सहयोग जुटाउदै आमाहरु >> लायन्स क्लब स्टार्सद्वारा संरक्षण केन्द्रमा सहयोग >> सञ्चारकर्मीले गरे बौद्ध संचार यात्रा >> एमपक्स के हो ? रोकथाम र नियन्त्रण कसरी गर्ने ? >> स्वास्थ्यमाथि खेलवाड नगर >> ‘एएनपिआर’ ले बनाउला भैरहवालाई सुरक्षित ? >> कृषि एम्बुलेन्समा सिमेन्टको भारी >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिम का केही ठाउँमा आज र देशका धेरै ठाउँमा भोलि पानी पर्ने >> भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन >> गुल्मीमा स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु >> बाणगंगा नगरपालिकाको अभिनव पहलः आन्द्रा क्यान्सर बिरामीलाई निशुल्क कोलोस्टोमी ब्याग

लुम्बिनी प्रदेशः सुध्रिएन बजेट खर्चको शैली

१२ पुष २०८१, शुक्रबार
१२ पुष २०८१, शुक्रबार

बुटवल, १२ पुस ।

चालु आर्थिक वर्षको ६ महिना बितिसकेको छ । तर लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ को यो अवधिमा पुँजीगत बजेट जम्मा साढे १० प्रतिशत मात्र खर्च गरेको छ । सरकारको खर्च रकम विकासको लागि चिन्ताजनक नै छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा प्रदेश सरकारले समग्रमा १३ प्रतिशत मात्र बजेट खर्च गरेको छ । शतप्रतिशत बजेट खर्च गर्नका लागि प्रदेश सरकारले अबको ६ महिनामा झन्डै ८७ प्रतिशत बजेट खर्च गर्नुपर्ने देखिन्छ । यस्तो अवस्थाले यो पटक शतप्रतिशत बजेट खर्च नहुने देखिएको छ । संघीय सरकारले पटक–पटक बजेट समयमै खर्च गर्न आग्रह गरे पनि त्यसको व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । प्रदेश लेखा नियन्त्रक कार्यालयले वेवसाइडमा राखेको प्रतिवेदनमा मंसिर मसान्तसम्म जम्मा बजेट खर्च १३ प्रतिशत भएको उल्लेख गरिएको छ । मंसिर मसान्तसम्ममा चालुतर्फ १९।४८ प्रतिशत र पुँजीगततर्फ साढे १० प्रतिशत खर्च भएको छ ।

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड बजेट ल्याएको थियो । जसमा अहिलेसम्म ५ अर्ब ३९ करोड ६८ लाख ६४ हजार ९०३ रुपियाँ खर्च भएको छ । जुन खर्च १३.८५ प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । बजेट भएर पनि खर्च गर्न नसक्ने परिपाटी केन्द्रदेखि स्थानीय तहसम्म बढेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको खर्चको विवरण अनुसार पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट रहेकोमा मंसिर मसान्तसम्म २ अर्ब ५९ करोड ४३ लाख ९२ हजार ७ सय ६५ रूपियाँ खर्च भएको छ । जुन पुँजीगत बजेटको साढे १० प्रतिशत हो ।

चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख बजेट रहेकोमा मंसिर समान्तसम्म २ अर्ब ८० करोड २४ लाख ७२ हजार रूपियाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जुन खर्च १३.८५ प्रतिशत हो । यसले आर्थिक वर्षको अन्त्यमा गएर विकास बजेट खर्च गर्ने प्रवृत्ति कायमै रहेको देखाउँछ । यसलाई रोक्ने प्रयास थाले पनि सार्थकता भने पाउन सकेको छैन ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित १० वटा मन्त्रालय रहेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको पुँजीगत खर्च अहिलेसम्म शून्य छ भने सबैभन्दा धेरै खर्च गर्नेमा स्वास्थ्य मन्त्रालय छ । उक्त मन्त्रालयले पुँजीगततर्फ पाँच महिनाको अवधिमा २७ दशमलव ३८ प्रतिशत बजेट खर्च गरेको छ ।

मंसिर मसान्तसम्म उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको पुँजीगत खर्च एक दशमलव ६६ प्रतिशत छ । यस्तै, सामाजिक विकास मन्त्रालयको एक दशमलव ७८ प्रतिशत, वन तथा वातावरण मन्त्रालयको दुई दशमलव ८६ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको दुई दशमलव ९२ प्रतिशत पुँजीगत खर्च छ भने आर्थिक मामिला तथा योजना मन्त्रालयको १९ प्रतिशत बजेट खर्च भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पुँजीगत खर्च पाँच महिनामा नौ दशमलव ४६ प्रतिशत छ भने खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको १२ दशमलव ५७ प्रतिशत छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयले १४ दशमलव ५५ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत खर्च आठ दशमलव ६२ प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?