© २०२३
पुस १३ गते, बुधवार । समय मध्यान्ह । पारिलो घाम लागेको थियो । भूपी शेरचनको ८९ ओैं स्मृति दिवसको अवसरमा भूपी स्मृति प्रतिष्ठानले जिल्लास्तरीय कविता प्रतियोगिता आयोजना गरेको थियो । बुटवल आदर्शनगरस्थित थकाली सेवा समाजको आँगनमा । साथमै थियो भूपी स्मृति पुस्तकालय । कार्यक्रमको प्रमुख अतिथिका रूपमा आमन्त्रित थिएँ म– लुम्बिनी प्रदेश सरकार,मुख्यमन्त्रीको शिक्षा विज्ञको हैसियतमा । विशिष्ट अतिथिका रूपमा थिए– धवलागिरी साहित्य प्रतिष्ठान, बाग्लुङका अध्यक्ष काजी रोशन ।
१४ विद्यालयका २४ विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । विशेषजङ्ग कार्की प्रथम भए । पवन अधिकारीले द्वितीय स्थान हासिल गरे । तृतीयदेखि सान्त्वना स्थानसम्म हासिल गर्ने छात्राहरू नै थिए । उनीहरूका कवितालाई निर्णय गर्ने साहित्यकारहरू ऋषिराम भुसाल र डा.शालिकराम पौड्याल थिए । प्रतियोगितामा विद्यार्थीले गद्य र पद्य कवितामार्फत भूपीलाई सम्झिएका थिए । उनका जीवनगाथा गाईएका थिए । भूपीलाई फेरि जन्मिन पनि अनुरोध गरिएका थिए । समानता चाहने कवि भूपीले व्यङ्ग्य कस्थे भनेर वर्णन समेत विद्यार्थीले आफ्ना कवितामा गरे । भूपीको स्मृति कविताले मनग्यै गरायो । आयोजक संस्था भूपी स्मृति प्रतिष्ठानले अक्षयकोष खडा गरेर आएको व्याजले प्रतियोगितामा विजयीहरूलाई पुरस्कार दिईने सुनाईरहँदा भूपीप्रतिको सम्मान थप चुलियो । प्रतिष्ठानलाई धन्यवाद दिन झन् मन जाग्यो । सुकर्मप्रति शुभकामना प्रकट गर्न मन लाग्यो । भूपीले परिवर्तन नाटक लेखे । सोहीमार्फत युवाहरूलाई देशमै रहन सन्देश दिए । नयाँ झ्याउँरे लेखे । क्रान्तिका गीत ओकले । समाजवाद हुँदै साम्यवादसम्म पुग्ने कल्पना गरे । हुकुमी शासनले जनता खुसी नहुने बताउँदै सर्वहारा उपनाम राखेर कवितामा क्रान्ति उराले । जनता नजागेसम्म देश समृद्ध नहुने सपना उने कवितामा । सामन्तीका विरुद्धमा कविताले जेहाद छेडे । निर्झर र घुम्ने मेचमाथि अन्धो मान्छे कविता संग्रह लेखेर साहित्य आकासलाई फराकिलो बनाएका थिए ।
उनै भूपीपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्य भए । कम्युनिस्ट र कविताले आफू बिग्रिएको बताए । पछिल्लोसमय आफ्नो कविताले पञ्चायती व्यवस्था नै ढाल्ने बताएपनि उनको भविष्यवाणी १० महिनापछि अर्थात् २०४६ को चैत्रमा आएर पूरा भयो । थकाली समुदायका मित्रहरूको बाक्लो उपस्थिति भएपनि कविता प्रतियोगितामा वा कार्यक्रममा कविता सुनाउने एकजना पनि थकाली समुदायका कवि भेटिएनन् । करिव ११÷१२ हजार जनसंख्या रहेको थकाली समुदाय,उन्नत जातिभित्र पर्छ ।
भूपी स्मृति प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा सहभागीहरूले ध्यानपूर्वक कविता सुने । विजयीहरूलाई पुरस्कृत गरे । साहित्य, संगीत र खेलका माध्यमबाट भूपीलाई स्मरण गर्नुपर्नेमा जोड दिएँ । थकाली समुदाय होटल व्यवसाय, ढिकुरी व्यवस्थापन र जातीय उत्थानका क्षेत्रमा क्रियाशील रहेको बताएँ । खासमा थकालीहरू कहिल्यै नथाक्ने जाती हुन् । सोही कार्यक्रममा कवि भूपीसँग आफ्नो भेट,उनको साहित्यिक रचना सुन्ने अवसर मिलेको कुरा बताए काजी रोशनले । भूपीले कवितामा क्रान्ति नै ल्याएको सुनाए ।
क्या. शिवप्रसाद शेरचन लगायतले बढो मिहिनेत गरि प्रतिष्ठान सञ्चालन गरेको थाहा पाईयो । उनीहरूले अक्षयकोष खडा गरि प्रतिष्ठानलाई जोगाउन गरेको प्रयासलाई सलाम गर्न मन लाग्यो । भूपीले कविता, नाटक र गीतहरू लेखे । सो बारेमा नयाँ पुस्तासँग विमर्श आवश्यक रहेको बताएँ । भूपीलाई नयाँ पुस्तासँग परिचित गराउनु पर्ने कुरा उठाएँ पनि । कार्यक्रम समापन हुँदा साँझको पाँच बज्यो । प्रतिष्ठानले सबैलाई सम्मान प्रकट ग¥यो । हार्दिकतापूर्वक विदाई ग¥यो । हामी सबै खुसीले धन्यवाद दिँदै बिदा भयौं ।