ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण

५ मंसिर २०८१, बुधबार
५ मंसिर २०८१, बुधबार

बुटवल, ५ मंसिर । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही शाखाले सिरुवारी होमस्टे अध्ययन, अवलोकन भ्रमण गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको उदेश्यका साथ होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले नेपालकै पहिलो, उत्कृष्ट गन्त्ब्य र होमस्टेको पाठशालाका रुपमा परिचित सरुवारी होमस्टे अध्ययन भ्रमण गरेको हो ।

स्याङ्जा सिरुबारीमा २५ वर्षअघि गाउँ पर्यटनको अवधारणामा ‘होमस्टे’ को उद्गमका रुपमा सिरुबारीलाई लिईन्छ । भ्रमण अथवा यात्राक्रममा ग्रामीण भेगका घरमा बास बस्ने, स्थानीय खाना परिकार, रहन सहनसहित घरघरमा खाने अर्थमा होमस्टेले जनाउछन । बेलायती र भारतीय सेनामा जागिर भएका र रिटायर्डको बस्ती सिरुबारीमा घरबास पर्यटनका अभियन्ता पूर्वसांसद क्याप्टेन रुद्रमान गुरुङको विशेष पहलमा २०५४ सालमा ‘होमस्टे’ गाउँ सञ्चालनमा ल्याइएको थियो । चिटिक्क मिलेको बस्तीलाई स्थानीयले गुरुङ जीवनशैलीको जीवन्त चित्रणका साथै मौलिक संस्कृतिका माध्यमबाट पर्यटकलाई न्यानो आतिथ्य प्रदान गर्ने गरेका छन । गाउँ सिरानबाट देखिने सूर्योदयका साथै सूर्यास्तका मनमोहक दृश्य सिरुवारी पुग्ने पर्यटकले हेर्न पाएका छन् ।

गुरुङ समुदायको बहुल क्षेत्र सिरुबारी नेपालकै पहिलो ग्रामीण पर्यटकीय क्षेत्र हो । यो क्षेत्र समुन्द्री सतहदेखि झण्डै दुई हजार फिट उचाईमा पर्छ । स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तु प्रयोगबाट तयार गरिएका खानाले सिरुबारी पुग्ने पर्यटकलाई स्वागत र जैविक घरबास अर्थात् ‘होमस्टे’ले स्वागत गरिन्छ ।

पर्यटन ब्यवसायमा रहेका ब्यवसायीहरुलाई आन्तरिक पर्यटन प्रवद्र्धनसंगै सिकाइ हुने गरि भ्रमण योजना बनाएको होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बताए । सिरुबारीमा ‘होमस्टे’ पाठशालाका रूपमा स्थापित भएको उनले बताए । दुई दिने भ्रमणको क्रममा गाउँले व्यवहार, सरसफाइ एवं स्थानीय अर्गानिक परिकारको स्वाद तथा संस्कृति ‘होमस्टे’ ब्यवसायीहरुलाई धेरै सिकाई भएको उनले बताए ।

भ्रमण संयोजक पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेले संघको वार्षिक कार्ययोजना अनुसार समय ब्यवस्थापन गरि अध्ययन भ्रमण कार्यक्रम गरिएको बताए । बाँजागाजासाथ फूलमालाबाट आमा समूह, युवा क्लब तथा पर्यटन समिति पदाधिकारीले गरेको स्वागत, खानेबस्ने व्यवस्था निक्कै उत्कृष्ट रहेको उनले बताए । सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जनलाई अन्य क्षेत्रमा समेत चलाउनु सकिने सम्भावना जगाएको उनले बताए ।

भ्रमण टोलीमा पूर्व अध्यक्ष प्रेम पाण्डे, सल्लाहकार कुलचन्द्र पाण्डे, बाबुराम श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष जिवन कुमार श्रेष्ठसहित ४२ जना रहेका थिए । स्याङ्जा सिरुबारी गुरुङ बस्तीका ३९ मध्ये २७ घरमा ‘होमस्टे’ सुविधा छ । यहाँबाट हिमाल हेर्न डाँडामा चढ्नुपर्दछ । गाउँमाथि देउरालीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे«देखि लमजुङ हिमालको लामो लर्कन देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?