ट्रेंडिंग:

>> सवारी प्रदूषण नियन्त्रण गर्न नेपालले लागू गर्‍यो युरो ५ र ६ मापदण्ड >> रोहिणी गाउँपालिकाको बजेट ५९ करोड १७ लाख  >> डेंगु नियन्त्रण प्रभावकारी बनाउनु पर्छ: सांसद पौडेल >> टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन >> बालेन र प्रशासकीय अधिकृतबीचको द्वन्द्वले बजेट अन्योलमा >> अर्थमन्त्री पौडेलको संसदमा स्पष्टोक्ति: ‘टेक एन्ड पे’ हटाइयो >> शिवराजको १ अर्ब ३४ करोडको बजेट: शिक्षा र विकासलाई प्राथमिकता >> प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जना विरुद्ध अदालतमा मुद्दा >> रोटरी बुटवलद्धारा ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण >> यूएईमा अब नेपाली श्रमिकको तलब १ हजार दिरामभन्दा कम नहुने >> अवहेलना मुद्दामा विशेष अदालतको अहिलेसम्मकै ठूलो इजलास गठन >> भुटानी शरणार्थीलाई जनही ५ हजार जरिवाना तिराएर डिपोर्ट गर्ने निर्णय >> प्रधानमन्त्री कार्यालयमा चौरसियाविरुद्ध अनुसन्धानको माग >> सरकारी गाडीको रहस्यमय दुर्घटना : पूर्व प्रशासकीय अधिकृतलाई छोडेर फर्किदा के भयो ? >> नेकपा एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक >> कोरोना संक्रमित महिलाको विराटनगरमा निधन >> देशमा ११.६ प्रतिशत बेरोजगारी रहेको मन्त्री भण्डारीको खुलासा >> भिजिट भिसा प्रकरण: समितिलाई ९ वटा कार्यादेश तोकियो >> उच्चस्तरीय छानबिन समिति बनाएकोमा माओवादीले दियो सरकारलाई धन्यवाद >> ट्रम्पद्वारा इरान–इजरायल युद्धविरामको घोषणा >> सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले घट्यो >> रास्वपा सांसद गृहमन्त्रीको सम्बोधन सुन्न तयार >> एसीसी पुरुष यू–१६ मा नेपालको लगातार दोस्रो जित, जापान ९ विकेटले पराजित >> शुभम् खनालको घातक बलिङमा जापान ८० रनमा अलआउट >> भिजिट भिसा प्रकरणमा छानबिनका लागि उच्चस्तरीय समिति गठन >> सप्तरीका एसपी खतिवडामाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति >> बालुवाटारमा सत्तारूढ दलको बैठक जारी >> हरियालीबाट समृद्धितर्फः बाँकेमा चक्ला वनको प्रेरणादायी यात्रा >> ‘हिंसा र विभेदमुक्त बाणगंगा बनाउने योजना’ >> दोस्रो स्मृति कपको संयुक्त उपाधि वडा नं. २ र ९ लाई  >> समावेशी शिक्षा कार्यान्वयनमै चुनौति >> पालिकाहरूको नीति कार्यक्रम र बजेट >> आत्मनिर्भरताको उज्यालोले  खुसी थप्दै विजयनगर >> बजेटको साइड इफेक्टः प्रदेश मन्त्रीलाई काँग्रेसको जिल्ला निषेध  >> जमुनहा–हर्रे डाँडा सडक: पक्की सडकमा ‘टालोले टालटुल’ >> मनसुनी वायुको प्रभाव देशभर, यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना >> एसीसी पुरुष यू–१६ इस्ट जोन कप: आज नेपाल र जापान भिड्दै >> विभेदकारी बजेट, उपेक्षित सांसदहरूः सरकार हाम्रा योजना खोई ? >> एनसिसि क्याडेटलाई प्रेरणादायी प्रवचन >> बुटवल उपमहानगरको बजेट ३ अर्ब ३६ करोड >> लुम्बिनी बजेट : भौतिक पूर्वाधार मन्त्री ढकालले पारे आफ्नै वडामा ६ करोड >> पामिर एकेडेमीमा निःशुल्क आँखा परीक्षण शिविर >> कर्णालीको बजेट विवादमा >> चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी असार १५ देखि बन्द हुने >> जसपाले सरकारलाई समर्थन फिर्ता लिन सक्ने तयारी >> साफ यू–२० महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा >> सेयर बजार ४ अंकले बढ्यो >> राष्ट्रिय योजना आयोग उपाध्यक्ष र बेलायती राजदूतबीच भेटवार्ता >> भारतका पूर्व उपराष्ट्रपति नायडूसँग रास्वपाका सांसदद्वयको भेट >> नेपालमा ओमिक्रोनका पाँच नयाँ सब-भेरिएन्ट पुष्टि

‘अण्डर वाटर फिस टनेल’ मा आकर्षण

३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

नवलपुर, ३ मंसिर ।

गैँडाकोटको नारायणी नदी किनारमा सञ्चालनमा आएको ‘अन्डर वाटर फिस टनेल’ मा दर्शकको आकर्षण बढ्दै गएको छ । टनेल सञ्चालनमा आएको तीन दिनमै १० हजार बढी दर्शकहरुले अवलोकन गरेका सञ्चालकहरु बताउँछन् ।

टनेलभित्रको पानीमा राखिएको माछा हेर्ने दर्शकहरुको भीड दैनिकरुपमा बढ्दो क्रममा छ । नवलपुरको गैँडाकोट–५ की सुशीला कुमारी गुरुङले आफूले जीवनमै पहिलोपटक पानी भरिएको टनेलभित्र गएर माछा हेर्न पाएको बताइन् । टनेलभित्र पसेर विभिन्न प्रकारका सानादेखि ठूलासम्म माछाहरु हेर्न पाउँदा आफ्ना बालबालिकाहरुसमेत खुसी भएका उनले बताइन् ।

दुई सय फिट लम्बाइ तथा ६० फिट चौडाइमा निर्माण गरिएको डोमभित्र पानीले भरिएको टनेलमा माछा राखेर टनेलभित्रबाट हेर्ने व्यवस्था गरिएको छ । टनेलभित्रको माछा हेर्नका लागि गैँडाकोट–२ गैरीबाट पुगेका रमेश न्यौपानेले विदेशमा गएर समुद्रभित्र सिसामा पसेर माछा हेर्न पाइन्छ भन्ने आफूले सुनेको भए पनि अहिले प्रत्यक्ष देख्न पाएको बताए । आकर्षक र नौलो अनुभव पाएको उनको भनाइ छ ।

गैँडाकोटमा ‘अन्डर वाटर फिस टनेल’ राख्ने संस्था राजधानी एम्युजमेन्ट राइट्स नेपालका प्रतिनिधि कृष्ण शर्मा पौडेलले टनेल सञ्चालनमा आएपछि दिनप्रतिदिन दर्शकहरुको उपस्थिति बढ्दै गएको बताए । विदेश गएर टनेलभित्रको माछा हेर्न धेरै खर्च लाग्ने भएकाले ‘अन्डर वाटर फिस टनेल’ हेर्ने नेपालीहरुको इच्छा पूरा गर्ने गर्री आफूहरुले काम गरेको बताए ।

टनेलभित्र पानीमा राखिएको माछा वातानुकुलित वातावरण (एसी)मा बसेर हेर्न पाउने व्यवस्था गरिएको पौडेलको भनाइ छ । दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव परिसरमा निर्माण गरिएको टनेलभित्र पानीमा राखिएका माछा ६ फिटसम्म लम्बाइका छन् भने ती माछाहरु चीन एवम् अन्य विदेशी मुलुकबाट ल्याइएका हुन् ।

पूर्वी नवलपरासीको गैडाकोटमा जारी दोस्रो गण्डकी प्रदेश महोत्सवमा स्थानीय परिकार र उत्पादनसंगै ‘अन्डर वाटर फिस टनेल’ सुरुङ्ग मा दर्शकको आकर्षण बढेको हो ।

टनेल सञ्चालनमा आएको चार दिनमै १० हजार बढी दर्शकहरुले अवलोकन गरेको आयोजकले बताएको छ । अन्याधुनिक प्रविधिमार्फत कृत्रिम सुरुङ्ग निर्माण गरेर माछा राखिएको छ । गण्डकी प्रदेश स्तरीय महोत्सव कात्तिक २६ गते देखि मंसिर १० गते सम्म संचालन हुने उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?