ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

मृत्यु संस्कारमा स्थानीय तीर्थ र हाम्रो समाज

१३ पुष २०८१, शनिबार
१३ पुष २०८१, शनिबार

मानिसको अन्तिम इच्छामध्ये उसको अन्तिम संस्कार एउटा हो । प्रत्येकले आफ्नो अन्तिम संस्कार आफ्नो पारिवारिक धार्मिक परम्परा अनुरूप होस् भन्ने चाहन्छ । युरोपतिर वा खाडीदेशहरमा जहाँ चिहानको परम्परा छ, एउटा चिहान बक्स र अन्तिम सुत्ने स्थानको चिन्ता हुन्छ । पवित्र ठाउँमा सधैं सुतिरहन पाइयोस् भन्ने कामना गरेर मृत्यु पूर्व आफ्नो व्यवस्था गर्छन् ।
र्पिर्सयनहरू अहिले आफ्नो मूल ठाउँ ईरानबाट विस्थापित भए पछि उनीहरू जहाँ जहाँ विस्थापित भए त्यहीं अन्तिम संस्कार गर्छन् । प्रसिद्ध वैज्ञानिक होमी जहाँगीर भाभाको फ्रान्समा टावर अफ साइलेन्स बनाएर अन्तिम संस्कार गरिएको थियो । त्यस ठाउँलाई वर्षेनी ठूलो रकम तिर्नु पर्ने भएकोले उनीहरूले गुजरातमा पनि संस्कार स्थल बनाएका छन् । उनीहरूको परम्परामा लासलाई खुल्ला ठाउँमा राखिन्छ । मरेपछि गिद्ध आदि चराहरूले पेट भर्न पाउन् । जीवन भरि परोपकार गर्दै मृत्यु पछि पनि त्यो हुन जाओस् । यसलाई उनीहरूले आकाशमा बनाएको चिहान भन्दछन् । तर जोरोस्ट्रीयन भइकन पनि रतन टाटाले अन्तिम संस्कार हिन्दु विधिले गरेर लास तीर्थमा जलाउने इच्छा गरेका थिए र सोही अनुसार उनको लास जलाइएको थियो ।
हिन्दु परम्परा मान्नेहरूले लासको अन्तिम संस्कार कुनै तीर्थमा लगेर गरियोस् भन्ने चाहन्छन् । विशेष गरी नदी तीर्थ पवित्रतम मानिन्छ । सनातनी हिन्दुहरूमा गृहस्थलाई जलाउने र जोगीलाई प्रायः गाड्ने परम्परा हुन्छ ।
गीताप्रेसका संस्थापक मध्येका एक स्वामी रामसुखदासले एक सन्तकी वसीयत (नेटमा उपलब्ध) मा उल्लेख गरेका छन्, म मरे पछि सकभर छिटोभन्दा छिटो गंगानदीमा पुर्याएर ज्यादै सादा तरिकाले अन्तिम संस्कार गरियोस् । उनले भनेका छन्, यदि गंगा नदी टाढा रहेछ भने अन्तिम संस्कार यस्तो ठाउँमा गरियोस जहाँ गाईहरू सधै. हिंडछ् र आराम गर्न बस्छन् । त्यो पनि गाईको पाइला परेको ठाउँमा सूर्यको प्रकाशको साक्षीमा बिना तडक भडक अन्तिम संस्कार गरियोस् । कुनै पनि दृष्टिले मेरो लासलाई धेरै बेर राख्ने काम गर्दै नगरियोस् भनेका छन् ।
यस बाहेक उनका कुनै पनि स्मृति चिन्ह, खराउ आदि नराख्न र गौशाला, पाठशाला बनाएर उनको नाम उल्लेख नगर्न पनि निर्देश गरेका छन् । उनले भनेका छन् मेरो कुनै शोक सभा नगर्नु । त्यसको सट्टा भजन कीर्तन गर्नु । अहिलेका प्रतिस्पर्धात्मक शोकसभामा अन्तिम संस्कारमा कहीं नभएको भाषणबाजीका शोक सभा जस्ता गौण कुराहरू प्राथमिक भएको देख्दा स्वामी रासुखदासको वसीयतबाट हाम्रो समाजले सिक्नु पर्ने जरुरी देखिएको छ ।
मानिसको अन्तिम इच्छा महत्त्वपूर्ण मात्र होइन संवेदनशील हुन्छ । बी पी कोइरालाले थाईल्याण्डमा औषधि गराउँदा गाह्रो हुन थाले पछि अन्तिम साँस फेर्न नेपाल पुर्याइदिन अनुरोध गरेका थिए । इतिहासकार दिनेशराज पन्तका अनुसार, राजा पृथ्वीनारायण शाहको मृत्यु जहाँ भयो अन्तिम संस्कार पनि सोही ठाउँ देवीघाटमा गरिएको थियो । जङ्गबहादुरको मृत्यु र अन्तिम संस्कार दुवै पत्थर घट्टामा भएको थियो । राजा महेन्द्रको मृत्यु नारायणी नदीको तीरमा भएको थियो तर अन्तिम संस्कार आर्यघाटमा गरिएको थियो ।
जुद्ध शम्शेरले अन्तिम दिन रिडीमा बिताउन चाहेका थिए तर कुनै कारणले उनले त्यो ठाउँ छोडेर देहरादून बस्न थाले । उनको अन्तिम संस्कार हरिद्वार गंगानदीमा गरिएको छ। आज पनि उनको अस्तु माथि गंगानदी बगिरहेकी छन् । राजा राजेन्द्रले अन्तिम दिन बनारस गंगानदीको छेउमा बिताउन चाहेका थिए । गंगा नदीलाई सबै पुराणहरूमा अत्यन्त महत्त्व दिइएको छ । महाभारतमा स्वर्गबाट जमीनमा राजा भागीरथले आफ्ना पुर्खा तार्न ल्याएको पवित्रतम नदी भनिन्छ ।
तर सबै नदी पवित्र छैनन् । सबै ठाउँ पनि पवित्र मानिँदैन । कर्मनाशा नदी, मानसरोवर नजिकको राक्षस ताल र त्यसबाट निस्कने नदीमा पवित्रताको लागि स्नान गर्नु हुन्न भनिन्छ । आसामको ब्र्रह्मपुत्रलाई स्नान र संस्कारका लागि पवित्र नदी मानिँदैन । भारतको मगहर भन्ने ठाउँमा । पाल्पा माडीको अन्न भात खुवाइ गर्नु हुन्न, अपवित्र हुन्छ भन्ने मानिन्छ ।
भारतमा बनारसमा मर्नेहरू स्वर्ग जान्छन् भन्ने मान्यता भए जस्तै मगहर भन्ने ठाउँमा मर्नेहरू नर्क जान्छन् भन्ने मानिन्छ । यस मान्यता प्रति विद्रोह गर्न कबीरले अन्तिम साँस लिने बेलामा बनारस छोडेर मगहर नै गए र त्यहाँ अन्तिम संस्कार भयो । अहिले मगहर कबीरपन्थीहरूको तीर्थ बनेको छ । त्यहाँ कबीरको समाधि छ ।
स्वर्गद्वारी महाप्र्रभु, शिवपुरी बाबाले जहाँ जहाँ प्रयाण गरे त्यहीं तीर्थ बनेका छन् ।
नेपालमा कालीण्डकी, बागमती पवित्रतम नदी हुन् । गण्डकीको महिमा त पुराणहरूमा प्रश्स्त बतायएको छ । यसलाई भागीरथी गंगाभन्दा पनि पवित्र मानिएको छ । त्यसैले अधिकांश नेपालीले अन्तिम संस्कार गण्डकीको तटमा होस् भन्ने चाहन्छन् । त्यसमा पनि रिडी, रामदी, देवघाट, त्रिवेणी अन्तिम संस्कारका लागि विशेष प्रसिद्ध छन् । मानिस स्वयंको वा परिवारको इच्छा अनुसार नै उसको अन्तिम संस्कार गरिन्छ । अहिले त कैयौंले आफ्नो शरीर मेडिकल कलेजलाई दान दिने अन्तिम इच्छा गरेको पनि सुनिन्छ । तथापि सामान्य अन्तिम इच्छा पवित्र ठाउँमा अन्तिम संस्कार नै हो ।
तिलोत्तमा नगरपालिका दुईवटा पवित्र नदीको बीचमा छ, तिनाउ र रोहिणी । तिलोत्तमा अप्सरा र नदीको उत्पत्तिको कथा पद्म पुराणमा छ । रोहिणी नदीको उल्लेख बौद्ध ग्रन्थमा छ । जुन शाक्य र कोलिय गणराज्यको सिँचाईको स्रोत थियो ।
तर नेपालीहरूलाई गण्डकी प्रतिको जुन अगाध आस्था छ, त्यसले धेरै जनाले गण्डकीको तट खोज्दै कोहीको रिडी, कोही राम्दी र कोही देवघाट कल्पवास नै बस्ने गरेका छन् । सोही अनुसार, देवघाट आदि पवित्र ठाउँहरूमा उनीहरूको इच्छा अनुसार अन्तिम संस्कार गर्ने परम्परा छ ।
मणिग्राम क्षेत्रका पुराना बासिन्दा थारुहरूले यहाँका पवित्र नदी छेउछाउ अन्तिम संस्कार नै गर्छन् यसै गरी भैरहवाका बासिन्दाहरूले प्रायः डण्डाखोलामा र बुटवलका बासिन्दाले तिनाउमा अन्तिम संस्कार गर्ने परम्परा छ।
यी दुवै घटनाले समाजलाई उदाहरणीय दिशा निर्देश गरेका छन् ।
रोमणी प्रसाद पाठक जसले धर्म निरपेक्षताको खिलाफ नेपाल विद्वत परिषद आयोजना गरे, ब्राह्मणहरूलाई वर्ण अनुसार कर्तव्य पथमा लाग्न विविध कार्यक्रम चलाए, स्वयं सनातन वैदिक हिन्दु धर्म आधारित वर्ण आश्रम प्रति समर्पित भएर साधु सन्तहरूलाई सम्मान दिलाउने कुरामा पारिवारिक र संगठनात्मक दुवै दिशामा काम गरे । उनले आफैंले अन्तिम इच्छा देवघाट होइन, तिनाउको तटमा गरियोस् भनेर व्यक्त गरेकोले यहाँ अन्तिम संस्कार गरिएको थियो । यस अघि तात्कालिक गृहमन्त्री बालकृष्ण खाणले आफ्ना बुबाको अन्तिम संस्कार बुटवल नजि तिनाउको मगरघाटमा गरेका थिए । लामो यज्ञ परम्परा, चारैतिर मठ मन्दिर भएको, र ज्यादै पुराना मन्दिरहरूको अस्तित्त्व भएको ठाउँ भएकोल यहाँ मोक्षधाम जस्तो पविध तीर्थ बनाउनु पर्छ भनेर उनले आफ्नो जीवनको अन्तिम समयमा धेरै परिश्रम गरेको धेरैलाई विदितै छ । यस मोक्षधाममा भारतका चार प्रमखु धाम र नेपालका चार प्रमुख धामको प्रतिकृति बनाएर यसलाई पवित्र बनाइरहेने उनको इच्छा अब उनका मोक्षधामका उत्तराधिकारीहरूको जिम्मामा आएको छ ।
यस क्षेत्रका धार्मिक र राजनीतिक व्यक्तिहरूले अन्ति संस्कारका लागि तिनाउ र रोहिणीलाई प्राथमिकता दिने र यी नदीहरूका तटमा थप केही कुराहरू आवश्यक देखिएको छ । तिनाउ र रोहिणीमा पानी बगिरहोस्, नदी छेउमा घाम र पानीबाट सुरक्षाका लागि टहरा होस् र घाटमा जलाउने लकडी र अन्तिम संस्कारका लागि चाहिने पसलहरू नजिकमा होस्, यी कुराहरूका लागि नगरपालिकाले तत्काल नीतिगत कामहरू गर्नु जरुरी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?