ट्रेंडिंग:

>> वाद र सम्मानको मार्ग >> ‘शान्ति र स्थिरताको बर्ष बनोस– नयाँ बर्ष’ >> शिवराजमा नागरिकका घरघरमा स्वास्थ्यकर्मी >> आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु >> आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै >> पेट्रोल, डिजेलको मूल्य बढ्यो >> सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर, उपाध्यक्षलाई सफाइ >> लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु >> सम्राट हाडा र सुनिरा थापा बने च्याम्पियन >> नेप्से ३३ अंकले घटयाे >> एमालेकाे बहुमतको सरकार नबनी देश बन्दैन : महासचिव पाेखरेल >> सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलको बहस, रविसहित सबैलाई थुनामै राख्न माग >> संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर >> खेल पर्यटन झल्किने आर्कषक ट्रफी सार्वजनिक, उपाधिका लागि आठ टिम भिड्ने >> नेपालमा पहिलो पटक वंशानुगत ‘जिन सिक्वेन्सिङ’ परीक्षण सम्भव >> बालबिबाह मुक्त अभियान सुरू, प्रधानमन्त्रीको शुभकामना >> दाँत पहेलो भयो ? यसरी गर्नुहोस् घरमै उपचार >> ताप्लेजुङ-काठमाडौं उडान ठप्प, यात्रुलाई समस्या >> बुटवलमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु (फोटो फिचर) >> सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपालमा >> सुनसरीमा शंकास्पद वस्तु फेला >> दक्षिण कोरियाका पुर्व राष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी >> श्रमको सम्मान आजको आवश्यकता: राष्ट्रपति पौडेल >> सुदूरपश्चिमका पहाडी जिल्लामा ४.६ म्याग्निच्युडको भूकम्प >> साउथ सिनेमाः यस बर्ष मलायम फिल्म उधोगमा ७ सय करोड घाटा >> नेप्से ४ अंकले बढ्यो >> चिनिया ह्याकरले चोरे अमेरिकन डकुमेन्ट >> भैरहवामा अंग्रेजी नयाँ वर्षमा सडक खाना महोत्सव हुदै >> सुन चाँदी दुबैको मुल्य घटयो >> गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थामा पदस्थापन >> नेपाललाई विदेशीको परेड स्थल बनाउने प्रयास >> तालतलैया संरक्षणमा कहिले जान्छ ध्यान ? >> गुरुङ समुदायले बुटवलमा भव्यरुपमा मनाए ल्होसार >> रजत जयन्ती मनाउदै पन्चनगर साना किसान कृषि सहकारी >> स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढ्दै >> प्रदेश सरकारको पहल ‘रैथाने धान’ को व्यवसायिक खेती >> महेशपुरमा नयाँ भन्सार प्रमुखः होला त सधै तस्करी कम ? >> तराई/मधेसका अधिकांश भूभागमा हुस्सु र कुहिरो >> प्याब्सन कपिलवस्तुमा सिंह >> शान्तारानी परियारले ढलाईन बुटवलमा दर्शक >> स्वस्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढ्दै >> बामदेव गौतम नेकपा एसको कार्यालयमा >> न्यू इयर इभमा नान्स होटलमा यमन ब्याण्डको प्रस्तुति, प्रवेश निःशुल्क >> देश निर्माणका लागि दुई दलको सहकार्य : महासचिव पोखरेल >> घाँस काट्न गएकी वृद्धालाई बाघले खायाे >> १६० केजी गाँजासहित ट्रक साहु पक्राउ >> इथोपियामा ट्रक खस्दा कम्तिमा ६० को मृत्यु >> नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता >> स्कलर्सलाई क्यानन सेभेन ए साईड ईन्टर कलेज फुटबलको उपाधि >> बर्दघाट महोत्सवमा आर्टिफिसियल फिस टनेलको आकर्षण, दर्शकहरूको भीड

सिरियाको कुख्यात न्यायाधीश पक्राउ, दिएका थिए हजारौंलाई मृत्युदण्ड

१४ पुष २०८१, आईतवार
१४ पुष २०८१, आईतवार

दमास्कस, १४ पुस ।

सिरियामा बसर अल असदको कार्यकालमा कुख्यात न्यायधिस पक्राउ परेका छन ।
अरब क्रान्तिको क्रममा हजारौंलाइ मृत्युदण्डको फैसाला सुनाउने गरेको तथा पीडित परिवारसँग रकम असुली गरेर न्याय सम्पादन गर्ने गरेको आरोप लागेका कुख्यात मोहम्मद कान्जु अल हसनलाइ पक्राउ गरिएको हो ।

सेडनाया जेलमा हजारौं मानिसहरूलाई मृत्युदण्ड दिने सर्वोच्च सैन्य न्यायाधीश मोहम्मद कान्जु अल हसनलाई पक्राउ गरिएको त्यहाँको नयाँ सरकारले जनाएको छ । कञ्जु हसनको गिरफ्तारी सिरियामा भर्खरै भएको विद्रोहपछिको सबैभन्दा ठूलो गिरफ्तारी हो।

कान्जु अल हसन सन् २०११ देखि २०१४ सम्म सिरियाली सैन्य अदालतको न्यायाधीश थिए। यस अवधिमा उनले हजारौं मानिसहरूलाई मृत्युदण्ड दिएका थिए। कञ्जु हसनमाथि कैदीका आफन्तहरूबाट विभिन्न माध्यमबाट १५ सय करोड रुपैयाँ  भन्दा बढी रकम असुल  गरेको आरोप छ ।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार कञ्जु हसनलाई बिहीबार अन्य २० जनासँग पक्राउ गरिएको हो । सिरियाका अन्तरिम गृहमन्त्री मोहम्मद अब्देल रहमानले तातुन्स प्रान्तमा लुकेर बसेका कान्जु अल हसनलाई पक्राउ गर्ने क्रममा १४ सरकारी सैनिक मारिएको बताएका छन् ।

कान्जु अल हसनलाई बेलायती सरकारले सन् २०२३ मा सिरियामा सर्वसाधारणमाथि दमन गरेको कारण प्रतिबन्ध लगाएको थियो । कञ्जु सेडनाया जेलमा अमानवीय अपराधको लागि जिम्मेवार मानिन्छन ।

न्यायाधीश कञ्जु हसनमाथि मानवअधिकार उल्लंघनको गम्भीर आरोप लागेको छ । कानुन पढेपछि उनले सिरियाली सेनाको सैन्य अदालतमा काम गर्न सुरू गरेका थिए । २०११ मा जब सिरियामा असद विरुद्ध अरब स्प्रिंग सुरु भयो, हसन दमस्कसको क्षेत्रीय सेना अदालतमा न्यायाधीश थिए।

एक साक्षीका अनुसार हसनले गुप्तचर एजेन्सीहरूसँग राजनीतिक बन्दीहरू विरुद्ध अन्य व्यक्तिहरूबाट झूटो बयान लगाउन लगाउँथे । उनको बेञ्चमा जम्मा सुनुवाइ ३० मिनेट मात्र हुने गरेको थियो, जहाँ अभियुक्तलाई बोल्न दिइँदैन्थ्यो । रकम दिनेलाइ उनी छुट दिन्थे तर रकम नदिनेलाइ उनले ३० मिनेट भित्र मृत्युदण्ड र आजिवन कारावासको सजायँ सुनाइ हाल्थे ।

कञ्जु हसनलाई राष्ट्रपतिले माफी दिए पनि कैदीबन्दीलाई रिहा नगरिदिने गरेको थप आरोप पनि छ । त्यसपछि उनीहरुलाई रिहा गर्नका लागी अभियुक्तका परिवारका सदस्यहरुसँग पैसा असुल्ने गरेका थिए । जो अहिले नयाँ सरकारले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?