ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली

रोटरी तिलोत्तमा रुपन्देहीद्धारा संस्थापक सदस्यहरूलाई सम्मान

२१ चैत्र २०८१, बिहीबार
२१ चैत्र २०८१, बिहीबार

बुटवल, २१ चैत । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले आफ्नो १४ औं वर्ष प्रवेशको अवसरमा संस्थापक सदस्यहरूलाई सम्मान गरेको छ । बुधबार भएको चार्टर्ड नाइट सेरेमनीमा क्लबका संस्थापक सदस्इ तथा पूर्वअध्यक्षहरू नविन श्रेष्ठ, कृष्णप्रसाद शर्मा, निरन्जन पोखरेल, र गोपाल घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

रोटरीको मुलमन्त्रलाई आत्मसात गर्दै क्लबले विद्यालयमा रंगरोगन गर्ने, गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री, कम्प्युटर, बिजुली जस्ता आवश्यक सामग्री वितरण गर्दै आएको क्लबका अध्यक्ष देवीराम पाण्डेले बताए । यसैगरि प्राकृतिक विपत्ति भूकम्प, बाढी–पहिरोको बेलामा राहत सामग्री वितरण गरेको छ ।

क्लब सन् २०१२ मा रोटरी क्लब अफ मञ्जुश्री जावलाखेलको सहयोगमा २५ जना संस्थापक सदस्यहरू मिलेर स्थापना गरिएको थियो। हाल क्लबमा ४७ जना सदस्य रहेका छन् ।

कार्यक्रममा क्लबका एसाइन एजी सुमन गोपालाचार्यले क्लबले १४ वर्षको यात्रामा राम्रो काम गर्दै आएको र आगामी दिनमा अझ बलियो क्लबको रूपमा विकास हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष तथा डिष्ट्रिक सहसचिव कृष्णप्रसाद शर्मा, संस्थापक सदस्य तथा उपाध्यक्ष निरन्जन पोखरेल, सम्मानित सदस्य भुवनसिंह विश्वकर्मा, भगिनी क्लबका अध्यक्षहरू लगायतले शुभकामना दिएका थिए ।

१४औं वर्ष प्रवेशको अवसरमा क्लबले मानव सेवा आश्रममा खाद्यान्न वितरण गरिएको कार्यक्रम संयोजक सरोज पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%