© २०२३
पाल्पा, २२ चैत ।
बगनासकाली–९ चापपानी देउराली डाँडाका शंकर पराजुली परिवारमा खुशीको सपना बुनेर विदेशिए । विदेशको राप र तापमा दिनरात नभनी पसिना बगाउन लागे । यसरी पसिनासँग साटिएको पैसा परिवारमा श्रीमती र छोराछोरीको खुशीका लागि नियमित रूपमा पठाउँथे । पसिनासँग साटिएको पैसाले उनको खुशी लामो समयसम्म अडिन सकेन ।
उनको घरको कोठामा १ छोरा १ छोरी र श्रीमान श्रीमती सहितको ‘ह्याप्पी फेमिली’ लेखिएको तस्बिर भित्तामा छ । सायद फोटो खिच्ने समयमा परिवारकै मुहारमा धेरै खुशी थियो । शंकरको परिवारको अनुहारमा खुशी अहिले उनको परिवारलाई सपना जस्तै भएको छ ।
भित्तामा टाँगिएको तस्बीर मुनि लामखुट्टे छेक्ने झुलभित्रको बिस्तारामा शंकरकी पत्नी सिता पल्टिरहेकी छिन् । उनको चेत गुमेको पातलो शरीर एकमुठी सासको भरमा छ । त्यही सास पनि कृत्रिम रूपमा दिनुपर्छ । बिजुली गएका बेला आफ्नी पत्नीले सास फेर्न पाउँदिनन् कि भनेर शंकरले विद्युतको वैकल्पिक व्यवस्था गरेका छन् । शंंकरको श्रीमती सिता पराजुलीले ३६ बसन्त पार गरिन । श्रीमती र छोरा छोरीको खुशी र सुखी जीवनको शंकर रोजगारीका लागि साउदी अरवमा थिए । शंकरले कमाएर पठाउने, यता सिताले घर ब्यवहार राम्रोसँग चलाउने र छोराछोरी पढाउने । खुशीका साथ जिन्दगी चलिरहेको थियो । दैवको लिला २०८० कार्तिकताका सितालाई रिंगाटा लाग्ने, वाकवाकी हुने लगायतको समस्या भयो । छरछिमेकी र आफन्तहरूको सहयोगमा अस्पतालमा स्वास्थ्य परिक्षण गर्ने क्रममा गर्धनको नशा च्यापिएको पाइयो । अपरेशन नगरे अरू बढी समस्याहरू निस्कन सक्ने चिकित्सकले बताएपछि २०८० मंसिर २३ गते काठमाडौं ट्रमा सेन्टरमा अपरेशन भयो । अपरेशनपछि सिता स्वस्थ होलिन् भन्नेमा परिवार आशावादी थिए । तर समस्या झनै बल्झिएपछि पुनः पुस १ गते सिताको दोस्रो अपरेशन भयो । अपरेशन कक्षबाट निकालेपछि सिताको होस सदाका लागि गुम्यो । होससँगै परिवार र आफन्तको खुशी समेत गुम्यो ।
श्रीमान शंकर बिदेशबाट फर्कदा पत्नीको होस् गुमिसकेको थियो । यसअघि पति शंकरसँग भिडियो कलमा “मैले उपचार गरेर धेरै पैसा खर्च गरे, निको पनि हुनी भएन” भन्दै रुने गरेकी सिता पतिसँग एक शब्द बोल्ने अवस्थामा थिईनन । शंकरले सिता सिता भनेर धेरै बोलाउने कोसिस गरे । तर सिताले न श्रीमानलाई न चिनिन, न बोलिन श्रीमती निको हुने आशले शंकरले अचेत पत्नीलाई धेरै अस्पतालमा लगेपनि । महिनौ अस्पतालमा बित्यो । तर उनमा होस फर्किएको छैन् । १५ महिना वर्ष बढी भइसक्यो शंकर र उनका छोराछोरीले सिता-ममि भन्दै बोलाउछन् तर जवाफ पाउँदैनन् । रोग र ब्यथाले च्यापिदै र थलिदै जादा बोल्न र सुन्न सक्ने क्षमता समेत गुमिसक्यो । श्रीमान शंकर भने अझै पनि पत्नी निको हुने आश पालेर बसेका छन् ।
गरिबी र विपन्ताले च्यापेका शंकर धन कमाउने सपना बोकेर विदेशिय विदेशमा सजिलो त छैन दुख सुख गरेर परिवारको पालन पोषणका लागि महिनामा दुईचार पैसा समस्या कहिल्यै बनेन । त्यहि खुशीमा रमाउदा विदेशमा समय बितेको पनि पत्तै भएन । घर परिवारको खुशीका कारण आफ्नो आम्दानी बचत गर्ने भन्दा भन्दै एकाएक श्रीमतीलाई यस्तो समस्याले च्यापेपछि विदेशको जागिर सधैका लागि छाडेर श्रीमतीको सेवामा समर्पित हुनु परेको उनी बताउँछन् । दुःख र पिडा गनेर र भनेर नै सकिँदैन । यस्तो समस्या जस्ले भोग्यो उसले मात्रै जान्ने र बुझने हो उनले भने । सितालाई श्वास फेर्न घाँटीबाट पाइप लगाइएको छ । पातलो खानेकुरा पनि पाइपबाट खुवादै स्यार सुसारमा उनको दिन बित्ने गरेको छ । शंकर र सिताका दुई वटा छोरा छोरी छन् । छोराले कक्षा १० र छोरीले कक्षा २ मा अध्यनन गर्दछन् । काम गरेर पैसा कमाउने मान्छेनै घरमा बस्न पर्ने भएपछि उपचारमा समेत आर्थिक समस्या छ । विदेशको कमाई सकियो । अब कमाउने समय नै गयो । मासिक रूपमा ६/७ हजारको औषधी मात्रै लाग्छ । महिना सकिन लाग्दा अव औषधीको लागि पैसा कसरी जुटाउने भन्ने चिन्ताको तापले पोल्ने गरेको शंकर बताउँछन् ।