© २०२३
चन्द्रौटा, १४ पुस ।
“लाहुर ईट्टा, लाहुर शैलीमा निर्मित भएको शिव मन्दिर हो । पुर्खाको पालामा बनेको मन्दिरको अभिलेख अनुसार सन् १२९० मा भोनु र निहाल थिए । उनीहरू निसन्तान रहेका उनी धर्मप्रति आस्थावान थिए । सन्तान नभएपछि धार्मिक प्रवृत्तिका रहेका उनीहरूले जस पाउने हिसाबले पशुपंक्षीका निम्ति ७ वटा मन्दिर २७ वटा कुँवा (ईनार) र २७ वटा पोखरी बनाएर आत्म सन्तुष्टि गरेका थिए ।” : स्थानीय मुक्तेश्वर मिश्रले भने । उनीहरू धर्ममा अति विश्वास गर्ने भएको हुनाले आफ्नो सन्तान नभएपछि आत्मसन्तुष्टि गर्नलाई संरचना निर्माण गरिएको पुर्खाहरूले बताउने गरेका मिश्रको भनाइ छ ।
किंवन्दीका अनुसार करिब ७ सय भन्दाबढी बर्ष पहिले घना थारु बस्ती रहेको थियो । कपिलवस्तुमै बजार लाग्ने ठाउँ नै सिर्सिहवा रहेको हो । जहाँ बजार गर्न दाङ, प्युठान, रोल्पा, अर्घाखाँची लगायतका नागरिक बजार गर्न एक साता पहिले नै कृष्णनगर आएर बस्ने गर्दथे । थारु जमिनदार रहँदै गर्दा तत्कालिन अवस्थामा भारतबाट आएका नागरिकहरूले मूल आदिवासीको रूपमा रहेको थारु जातिहरूलाई सताउने, चन्दा माग्ने जमिन हड्प्ने जस्ता समस्या अत्याधिकरूपमा बढेपछि उक्त स्थान छाडेको थिए ।
पुर्खाका अनुसार कृष्णनगर लगायतका क्षेत्रलाई उर्भरासँगै व्यापारिक केन्द्रको रूपमा विकास गर्न महत्वपूर्ण योगदान रहेको मुक्तेश्वर मिश्रले बताए । उनले भने ः “यो गाउँमा बहुसंख्यक थारु बस्ती थियो ।” मन्दिरको ४ धुर जग्गा रहेको बताउँदै मन्दिर निर्माण गर्ने क्रममा माथि गुम्बा बनाउँदा कालिगढ तल खसेर मृत्यु भएको थियो । त्यसपछि मन्दिरको अवस्था यथावत् रहेको हो । ऐतिहासिक मन्दिर रहेको भएपनि सम्बन्धित निकायको ध्यान जान नसक्दा अवस्था जिर्ण रहेको उनले बताए ।
अन्य मन्दिर, कुँवा र पोखरी कतिपय संरचना पुरातात्विक रहेपनि पुरिएको अवस्था र संरक्षणको अभावमा जीर्ण बन्दै गएको उनको जिकिर छ । शिव मन्दिरको भित्र स्थापना गरिएका कतिपय मूर्ति खण्डित भएको बताउँदै नयाँ मन्दिर मर्मतसँगै मूर्तिको स्थापना गर्नपनि आवश्यक रहेको उनले जनाए । ऐतिहासिक पुरातात्विक महŒव बोकेका स्थालको संरक्षण गर्न नसक्नु विडम्बना रहेको बताउँदै तिनै तहका सरकारलाई संरक्षणमा पहल गर्न मिश्रले आग्रह समेत गरे । जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर–४, सिर्सिहवामा रहेको मन्दिर संरक्षणको अभाव देखिएको छ । यस्तै अर्का स्थानीय साधुप्रसाद उपाध्यायले कृष्णनगर सिर्सिहवामा घना बजार लाग्ने गरेको बताए । पहाडमा बस्ने पहाडी समुदायका नागरिक साता पहिल्यै आउने गर्दथे । उनी हिन्दु धर्मावलम्बीहरूले शिव मन्दिरमा पुजा अराधना गर्ने गरेका उनले बताए । “सिर्सिहवामा मंगलबार हाटबजार लाग्थ्यो । उनीहरू पहाडतिरबाट उत्पादन भएका जडीबुटी, सुन्तला जस्ता वस्तु लिएर कृष्णनगर सिर्सिहवा बजार आउने र यता पाउने नुन, खुर्सानी, तेल, चिनी, चामल जस्ता खाद्य वस्तु किनेर लैजाने गर्दथे ।” उपाध्यायले भने । करिब २००० बर्षतिर बजार कृष्णनगरतिर सरेको जनाउँदै मन्दिर संरक्षण नभएर संरचना कतिपय जिर्ण अवस्थामा रहेको र कतिपय भइ सकेको उनले जानकारी दिए ।
यता लुम्बिनी प्रदेश सभा सदस्य एवं वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसीले ऐतिहासिक मन्दिर रहेको व्यवस्थापन गर्न आश्यक रहको बताए । अत्यन्तै कलात्मक रहेको मन्दिर रहेको बताउँदै तत्कालिन समयमा थारु बस्ती रहेको उनले जनाए । सो मन्दिरलाई व्यवस्थापन गर्न सके पर्यटकसँगै आम्दानीको पाटोसँगै जोड्न सकिने उनको भनाइ छ । प्रदेश सरकारबाट विकास हुनुपर्छ भन्ने कुरा उठी सकेपछि आफूसहित प्राविधिक टोलीले अनुगमन गरेको बताउँदै भग्नावशेष अवस्थामा परिणत हुने भएकोले प्रदेश सरकारबाट आफूले पहल गर्ने प्रतिबद्धता समेत केसीले जनाए ।
यस्तै कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले मन्दिर कृष्णनगर नगरपालिकाको धार्मिक पर्यटकीय स्थल रहेकोले विकासमा पहल गरेको बताए । यस क्षेत्रको पहिचान झल्काउन टेवा पुग्ने जनाउँदै विकासमा सबैको सहयोग जरुरी रहेको मेयर शाहले जिकिर गरे । स्थानीयका अनुसार संरक्षण गर्न सके आर्थिक, सामाजिक, जस्ता हरेक हिसाबले विकासमा सकारात्मक भूमिका खेल्ने देखिन्छ ।