© २०२३
चन्द्रौटा, १५ पुस ।
कपिलवस्तुको शिवराज नगरपालिकामा नगरस्तरीय बरघर समिति गठन भएको छ । वडा नम्बर–१, उमरीमा शनिबार भएको भेलाले प्रभु थारुलाई अध्यक्षमा चयन गरेको हो । थारु समुदायको नेतृत्व पंक्तिमा रहेर सामाजिक अगुवाको भुमिका खेल्ने बरघर (अगवा)प्रथालाई अघि सारिएको थारु अगुवा प्रकाश थारुले बताए । उनले भने :“समाजमा रहेको विकृतिलाई हटाउन एक्यबद्धता जरुरी छ ।”
जसको सचिवमा सहाउ थारु रहेका छन्, भने कोषाध्यक्षमा भरोसे थारु चयन भएको समितिले जनाएको छ । १७ सदस्यीय बरघर समिति गठन भएको जनाउँदै अध्यक्ष प्रभु थारुले थारु समुदायलाई सकरात्मक दिशातिर लैजना आफूहरु मत्वपूर्ण भूमिका आवश्यक रहेको जनाए । बरघरले थारु सुमदायमा हुने गरेका स–साना झैझगडा लगायतका क्रियकलापलाई गाउँघरमै सुल्झाउने भएको हुनाले यो परम्परागत चलचलन प्रभावकारी रहेको समेत उनले बताए ।
यसैबीच राम भरत थारुले थारु कला, संस्कृतिलाई संरक्षण गर्न सबैको सहकार्य आवश्यक रहेको जिकिर गरे । उनले भनेः “हाम्रो पुर्खौली कला, संस्कृति रहेन भने हामी रहन्नौँ, धर्म परिवर्तनमा नलागौँ । जहाँ छौँ सकरात्मक सोँचौ, अडिग रहौँ आफ्नो पहिचान जोगाऔँ ।” थारु कल्याणकारीसभा कपिलवस्तुका सभापति पवन थारुले सबै मिलि एकजुट भएर भाषा, कला, संस्कृतिलाई संरक्षण प्रर्वद्धन गर्नुपर्ने बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी