ट्रेंडिंग:

>> वाइडेन श्रीमतीलाइ सबैभन्दा महंगो उपहार दिने मोदी, सार्वजनिक भयाे सुची >> अस्ट्रेलियामा ज्याला चोरीलाई अपराध मान्ने नयाँ कानुन लागू >> उत्तरदायी र व्यावसायिक पत्रकारिता आजको आवश्यकताः मुख्यमन्त्री >> मुख्य सचिवको अवधि घटाउने लोकसेवा आयोगको प्रस्ताव >> जिल्ला तहको मर्यादाक्रममा प्रजिअ पहिलो नम्बरमा हुनुपर्छ : लोक सेवा अध्यक्ष >> दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटना >> आयोजक मदन भण्डारीको पहिला जित >> एमसीसी ले थप ६ अर्ब ८० करोड रुपैयाँको सहायता रकम दिने >> ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेलविरुद्ध ठगी आरोप, पदबाट निष्कासन >> एमाले कटहरिया ईन्चार्जमा रामजी साह >> सङ्घीय प्रशासनमा १८ सहसचिवहरूको बढुवा >> सुनचाँदीको मूल्यमा वृद्धि >> मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प >> दुई वर्षपछि गजेन्द्र दासको हत्यामा संलग्न आरोपी पक्राउ >> आतंकवाद बिरूद्द लडने पुर्व सैनिकले नै मच्चाए अमेरिकामा आतंक >> कफी र ग्रीन टी मध्ये कुन पिउँदा मुटु बलियो ? अध्ययन यसाे भन्छ >> कंगनाको ‘इमर्जेन्सी’ले भारतीय कांग्रेसलाइ क्षति गराउने, १७ जनवरीमा हुदैँछ रिलिज >> शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एजीएम आज >> सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ : प्रचण्ड >> रवि लामिछानेलगायत प्रतिवादीतर्फको बहस आजदेखि >> पहिलाे पटक टावररहित माेबाइल सेवा, भारतवाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह >> स्वास्थ्य सचेतनाका लागि दौड गर्दै चिकित्सक संघ >> अस्तीत्व नै संकटमा परेको नन्दनतालको संरक्षणमा जुट्यो पाल्हीनन्दन गाँउपालिका >> खनिज उत्खननमा चीनको १३ अर्ब डलर लगानी, ६० प्रतिशत तामा मात्रै उत्खनन् >> सकियो बुटवलको व्यापार मेला >> एमपक्सको जोखिमविरुद्ध पूर्व सावधानी >> बुटवल मेलामा नेपाल सेरामिक प्रथम >> दुई प्रदेश जोड्दै कालीगण्डकीमा पुल >> गाउँलाई मुकामसँग जोड्दै सरकार >> नगरस्तरिय राष्ट्रपति रनिङ शिल्डमा कालिकाको ह्याट्रिक >> आजको मौसम : तराई र उपत्यकामा हुस्सु >> बझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका ३ सहित ४ जनाको मृत्यु >> दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव हुने >> ईन्स्पेक्टर पृथ्वी खनालले ‘जोरी पारी’ मा लगाए डिएसपीको फुली >> तेश्रो वडाध्यक्ष कप आयोजना हुने >> एन्फा महिला लिगमा आर्मीको सहज जीत >> रबिसहितलाई प्रतिबादी बनाएर काठमाडौं प्रहरीले बुझायो प्रतिवेदन >> प्रदेशले संशोधन गरेको कानुनले महानगरको आय घटयोः बालेन शाह >> दाङमा धारिलो हतियार प्रयोग गरी घाइते बनाउने अभियुक्त पक्राउ >> संकटग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय >> पुस २१ गते देखी सुरू हुने केन्द्रिय समिति बैठकको अजेन्डा तय >> नेप्सेमा ४.६३ अंकको वृद्धि, १५६ कम्पनीको मूल्य बढ्यो >> मोबाईल लोकेसन हेर्दै युवाहरुले समाते ४ चोर, बरामद गरियाे ८ लाख बराबरकाे सामान >> पुस १९ र २० गते बुटवलमा रोट्याक्ट डिष्ट्रिक कन्फ्रेन्स >> न्यु अर्लिन्स र साइबर ट्रक बिष्फोटको कारण खोज्दै अमेरिकन प्रहरी >> कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं : अध्यक्ष तिमिल्सेना >> माओवादीको स्थायी कमिटी बैठकमा पुर्व उपराष्ट्रपति पुन पनि सहभागी >> आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री >> सहकारी अध्यादेश २०८१ सच्याउन जिल्ला सहकारी संघ रुपन्देहीको माग >> एमाले सचिवालय बैठक सुरू

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थामा पदस्थापन

१६ पुष २०८१, मंगलवार
१६ पुष २०८१, मंगलवार

बुटवल, १६ पुस ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था बुटवलको चौथो अधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष एवं सदस्यहरुको पदस्थापन भएको छ ।

यही पुस १० गते सम्पन्न अधिवेशनबाट एजाज आलमको अध्यक्षतामा सर्वसम्मत रुपमा संस्थाको नया नेतृत्व चयन भएको थियो ।

संस्थाको निर्वाचन तालिका अनुसार सोमवार गरिएको उम्मेदवारहरुको मनोनयनमा अध्यक्ष पदमा एजाज आलमको एकल उम्मेदवारी परेको थियो भने सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले उम्मेदवारी फिर्ताको समय सिमा भित्र उम्मेदवारी फिर्ता लिएर निर्विरोध चयन गराएका थिए ।

संस्थाको निर्वाचन समितिका अनुसार आगामी कार्यकालका लागि सम्मानित सदस्यहरुको तर्फबाट तिल प्रसाद भटराई र होमराज बस्याल, बिशिष्ट सदस्यहरुको तर्फबाट बावुराम बोहोरा र राजेन्द्र सिंह गुरुङ, संस्थागत सदस्यहरुको तर्फबाट उपेन्द्र कुमार अग्रवाल र खुल्ला सदस्यहरुमा दिनेशराज रेग्मी, हिरामणी भटराई, शिव कुमार पाठक, खिमनारायण पराजुली, बोनिन पिया र रुद्र बहादुर हमाल भटराई निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी संस्थाको खुल्ला महिला सदस्यमा रेनुका खरेल र बोनिका शर्मा भटराई तथा लेखा संयोजक पदमा लोकनाथ पाण्डे र सदस्यहरुमा मणिरत्न पाण्डे तथा रविलाल पोखरेल निर्विरोध निर्वाचित भएका थिए ।

त्यसैगरी अस्पताल सञ्चालनमा सहकार्य गर्ने संस्थाहरुबाट पदेन सदस्य हुने ब्यवस्था अनुसार रोटरी क्लव अफ डाउन टाउनबाट जिवन अधिकारी, रोटरी क्लवअफ साउथबाट प्रेम भुर्तेल, रोटरी क्लव अफ बुटवल बाट प्रज्वल थान्जु र रोटरी क्लव अफ सेन्ट्ल बुटवलबाट पुरन ज्ञवाली चयन भएका छन् भने अध्यक्ष आलमले भगवती पाण्डे र सुरज क्षेत्रीलाई सदस्यमा मनोनित गरेका थिए ।

पदस्थापन समारोहलाई सम्वोधन गर्दै लुम्विनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री भूमिश्वर ढकालले संस्थाले स्वास्थ्य क्षेत्रमा गरेको सेवा प्रशंसनीय रहेको बताए । उनले प्रदेश सरकारले गर्नपर्ने स्वास्थ्यका धेरै काममा समुदाय र निजी क्षेत्रले गरेको सहयोग आम नागरिकको स्वास्थ्य उपचारका लागि महत्वपुर्ण रहेको बताए ।

कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री बिष्णु पन्थीले नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै काम गर्न बांकी रहेको उल्लेख गर्दै सरकारले समुदाय संग मिलेर स्वास्थ्य क्षेत्रमा योजनाबद्ध ढंगले काम गर्नु पर्ने बताए ।

कार्यक्रममा संबिधानसभा सदस्य नेत्र प्रसाद पन्थी, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे लगायतले आ आफ्ना भनाई राखेका थिए ।

यसैबिच संस्थाको नव निर्वाचित कार्यसमितीको बैठकले संस्थाको बिधान अनुसार जिम्मेवारी बांडफाड गरेको छ । बैठकले संस्थाको उपाध्यक्षमा दिनेशराज रेग्मी, तथा पदेन उपाध्यक्षमा दिलिप सापकोटा, सचिवमा बावुराम बोहोरा, सहसचिवमा भगवती पाण्डे, कोषाध्यक्षमा प्रेम भुर्तेल, तथा सह कोषाध्यक्षमा उपेन्द्र कुमार अग्रवाललाई जिम्मेवारी दिएको छ ।

२०७० साल पुस १० गते स्थापना भएको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले बुटवलको रामनगरमा मुटु अस्पताल तथा मिर्गौला उपचार केन्द्र सञ्चालन गर्दै आएको छ भने पाल्पाको तानसेन नगरपालिका बन्दी पोखरा, स्याङजाको वालिङ, दाङको लमही र कपिलबस्तुको बाणगंगा नगरपालिका पिपरामा डाईलासिस सेन्टर सञ्चालन गर्दै आएको छ ।

संस्थाका अध्यक्ष एजाज आलमका अनुसार अस्पतालले स्थापना देखि हाल सम्म ओपिडीबाट ३ लाख ७० हजार ८२ जना, ईमरजेन्सीबाट ५१ हजार २ सय ८४ जना र भर्ना बिरामी ३९ हजार दुई सय छ जना गरी ४ लाख ६० हजार ५ सय ७२ जनाको उपचार गरेको छ ।

यसका साथै अस्पतालले ३ हजार ९७ जना बिरामीको एन्जियोग्राफी, १ हजार १३० जनाको एन्जियोप्लाष्ट, ५७८ जनाको अस्थायी पेशमेकर र १०५ जनाको पेरिकार्डियोसेन्टीसिस गरिएको आलमले बताए ।

आलमले अहिले अस्पतालमा बरिष्ठ मुटुरोग बिशेषज्ञ ५ जना मुटुरोग बिशेषज्ञ १ जना,मृगौला रोग बिशेषज्ञ १ जना जनरल फिजिसियन २ जना रेडियोलोजिष्ट एकजना एमडी क्रिटिकल केयर १ जना र मेडिकल अधिकृत १६ जना तथा अन्य सिएमए, अनमी स्टाफनर्स, बिएसी नर्सिङ लगायत गरी ३०३ जना कर्मचारीहरु कार्यरत रहेको बताए ।

आलमले राजधानी बाहिर सबैभन्दा धेरै मुटुरोग बिशेषज्ञ भएको अस्पतालको रुपमा मुटु अस्पतालले फरक पहिचानका साथ सेवा प्रवाह गरिरहेको बताए ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमल भण्डारीले लुम्विनी प्रदेशका करिव ८ सय मिर्गौलाका बिरामी मध्ये ५०१ जना बिरामीले यस अस्पतालबाट निशुल्क उपचार सेवा लिईरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?